चलखेल


सत्तामा हुँदा फुट्ने
बाहिर हुँदा जुट्ने
गज्जवको छ राजनीति
उद्देश्य नै केबल लुट्ने !
हिजो थियो बहुमतमा
कुरा चल्यो पसलमा
एउटा बलियो बाघ पनि
हेर्दाहेर्दै फस्यो दललदलमा
कुकुर बिरालो सरी एकआपसमा बेमेल
विश्वास थाँती राखी जहिल्यै जालझेल
चौबिसै घण्टा बनाए वाक्क र दिक्क
कहिलेसम्म हेर्नु हो ? सत्ताको चलखेल ।
अभिलाषा थियो देख्ने उन्नति
भोग्नु प¥यो सँधै अधोगति
घरमै आगो सल्काउने भएपछि
नसुध्रिने नै भयो देशको नियति ।