हुतीहारा

मिच्ने गरिन्छ यहाँ तथ्य
बिश्वास गर्न गाह्रो कथ्य
जब रातारात बोली फेरिन्छ
ओझेलमा पर्ने गर्दछ सत्य ।

देशका ठेकदारहरु निस्किए रद्दी
आजीवन चाहिने सबैलाई गद्दी
सँधै रडाकोमै रमाउन पल्किएपछि
खै, कहिले पाइएला देख्न सम्बृद्धि ?

सोचिएको थियो होलान तगडा
निरास बनाए, मचाएर झगडा
कोरोना जस्तो महामारीमा पनि
गलफद्दीमै बित्यो यिनका खोपडा ।

एउटा कुटे जस्तो गर्छ
अर्को रोए जस्तो गर्छ
ए हुतीहारा हो ! यसरी
यो देश कहिलेसम्म चल्छ ?

गफ कति लडाउँछौ ?
सपना कति देखाउँछौ ?
घरभित्र भाँडा ठटाएर
लोकलाई कति हसाउँछौ ?