पर्यटनमन्त्री नियुक्त हुँदै योगेश भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार योगेश भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गर्न लागेको जानकारी उनको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दिएका छन्।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएपछि ओलीले पर्यटन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका थिए।

रिमालका अनुसार ताप्लेजुङबाट सांसद निर्वाचित योगेश भट्टराई पर्यटन मन्त्री नियुक्त हुन लागेका हुन्।

भट्टराई लमजुङबाट फर्किएपछि अपराह्ण चार बजे शपथ ग्रहण गर्ने बुझिएको छ।