भारतीय फिल्म प्रतिबन्ध

एजेन्सी-पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिवन्ध लगाउने घोषणा गरेको छ । सूचना तथा प्रसारणका लागि प्रधानमन्त्रीका विशेष सहायक डा. फिरदोस आशिक अवानले विज्ञप्ति जारी गर्दै पाकिस्तानमा कुनै पनि फिल्म प्रसारण नगर्न आग्रह गरेका हुन् ।

जम्मु कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकारले सोमबार खारेज गरेपछि पाकिस्तानले भारतसँग राजनीतिक तथा सांस्कृतिक सम्बन्ध कम गर्नको लागि कदम चालिसकेको छ ।

डा. फिरदोसले कश्मीरको पक्षमा पाकिस्तानले सबै किसिमको विकल्प अपनाउने बताएका छन् । उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई समेत कश्मीरको अवस्था’bout जानकारी लिन आग्रह गरेका छन् । यसका साथै पाकिस्तानले कश्मीरको दुर्दशाको ’boutमा उजागर गर्ने बताउँदै आएको छ ।

योभन्दा अगाडि पनि पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिबन्ध लगाएको थियो । सन् २०१९ को फेब्रअरीमा भारतीय सेनाले गरेको हवाई प्रतिबन्ध ‘एयर स्ट्राइक’ पछि पाकिस्तानले भारतीय फिल्म रिलीज गर्न प्रतिबन्ध लगाएको थियो । पाकिस्तानका तत्कालीन सूचना तथा प्रशारण मन्त्री चौधरी फवाद हुसेनले बलिउड फिल्म प्रसारण नगर्न सूचना जारी गरेका थिए । उनले भारतीय फिल्मका साथसाथै ‘मेड इन इन्डिया’ विज्ञापन समेत बहिस्कार गरेको घोषणा गरेका थिए । यता, भारतले पनि ‘पुलवामा आग्रमण’ पछि पाकिस्तानी अभिनेता तथा अभिनेत्रीलाई भारतमा प्र