एकसातासम्म किन लुकाईयो प्रधानमन्त्रीको स्वास्थ्य अवस्था

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था’bout देश र देशवासीलाई एकसातासम्म अन्धकारमा राखेको छ ।

सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराएका ओलीको स्वास्थ्य अवस्था के कस्तो छ भन्ने ’boutमा अस्पतालले नियमित रिपोर्ट उपलव्ध गराएपनि प्रधानमन्त्रीको सचिवालय र सरकारी सन्यन्त्रले त्यस’bout नेपाली जनतालाई अवगत गराउनुपर्छ भन्ने कुरा सम्झन पनि चाहेको देखिएन ।

देशको कार्यकारी प्रमुखको स्वास्थ्य अवस्था’bout जानकारी पाउनु जनताको अधिकारको बिषय हो । यही मान्यता अनुसार प्रधानमन्त्रीको सचिवालय र सरकारी सन्यन्त्रले संवेदनशील बाहेकको सूचनाबाट जनतालाई अपडेट गराउनु पर्नेथियो । तर दुर्भाग्यवस त्यसो गरिएन ।

प्रधानमन्त्रीसँग रहेका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल र उनको सचिवालयले किन प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको सूचना लुकाउनु नै उपयुक्त ठान्यो भन्ने कुराले सबैलाई आश्चर्यमा पारेको देखिएको छ ।

पारदर्शिताको पक्षपाती प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था’bout देश र जनतालाई एकसातासम्म कुहिरोमा राखिएको कारण बुझेर जिम्मेवार व्यक्ति वा सन्यत्रलाई सोधपुछ गर्दा अन्यथा हुने छैन ।

ओली स्वदेश फिर्ता

राससका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी आज अपराह्न स्वदेश फर्किए । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । उनी स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ गएका थिए ।

प्रधानमन्त्री ओलीको सो हस्पिटलमा साउन १९ गतेदेखि स्वास्थ्य परीक्षण शुरु भएको थियो । उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गरेका थिए । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए ।