आलिया मेरी सौतेनी बहिनी हुन्

एजेन्सी-आलिया भट्टका सौतेनी दाइ राहुल भट्टले रणबीर कपुरसँग उनको विवाहको खबर’bout मुख खोलेका छन् । बलिउड फिल्ममा ठूल्ठूला कलाकारलाई फिटनेसको तालिम दिने राहुल भट्टले निकै अचम्मित गरिदिने खुलासा गरेका छन् ।

राहुलले यदि उनलाई बोलाएको खण्डमा आफू पक्कै पनि विवाहमा जाने तर आलिया र उनको जीवनमा कुनै लेनदेन नभएको बताएका छन् । महेश भट्ट र किरण भट्टका छोरा राहुल भट्ट आलियाका सौतेनी दाइ हुन् ।

राहुलले भने, ‘उनी मेरो सौतेनी बहिनी हुन् । म उनीसँग बस्दिनँ । मलाई उनको जीवन’bout खासै केही थाहा छैन । यद्यपि, म यो जोडी (रणबीर–आलिया) लाई मनपराउँछु । यदि उनले मलाई विवाहमा बोलाउँछिन् भने निश्चित रुपमा म जानेछु ।’

राहुल भट्टको यो बयानबाट स्पष्ट हुन्छ कि महेश भट्ट र सोनी राजदानको परिवारसँग उनकी जेठी श्रीमती किरण भट्टका छोरासँग खासै झुकाव छैन ।

दंगलमा आमिर खानको बडीको पछाडि राहुलको हातः

राहुल भट्ट एक व्यावसायिक फिटनेस ट्रेनर हुन् । उनले बलिउडका विभिन्न हस्तीको बडी बनाएका छन् । यहाँसम्म कि अहिलेसम्म बलिउडको सबैभन्दा ठूलो शारीरिक परिवर्तन गर्ने आमिर खानले आफ्नो फिल्म ‘दंगल’ को बडी बनाउने बेला राहुल भट्टको मद्दत लिएका थिए । जबकी अजुर्न कपुरले आफ्नो तौल कम गर्न र सुगठित बनाउन राहुल भट्टको मद्दत लिइसकेका छन् ।