मिका शिंहलाई बलिउडमा प्रतिबन्ध !

एजेन्सी-भारतका चर्चित गायक मिका सिंहले अब बलिउडमा गीत गाउन पाउने छैनन् ।

अल इण्डिया सिने वर्कर्स एसोसिएसनले मंगलबार मीकामाथि कारवाही गर्दै उनलाई बलिउड उद्योगमा प्रतिबन्ध लगाएको हो । उनीसँग सम्बन्धित प्रोडक्सन हाउस, म्युजिक कम्पनी र उनका सबै संघ संस्थाहरुलाई पनि बहिष्कार गरिएको छ ।

एसोसिएसनका अध्यक्ष सुरेश श्यामलाल गुप्ताले भारतीय फिल्म उद्योगमा कोहीले पनि मीकासँग काम नगरुन् भन्ने सुनिश्चित गर्न प्रयास गरिने बताए । यदि प्रतिबन्धपछि कसैले मीकासँग काम गरेमा उसले पनि कानुनी कारवाही भोग्नु पर्नेछ ।

मीकाले केही समयअघि पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफका आफन्तको विवाह कार्यक्रममा प्रस्तुती दिएपछि उनीमाथि यस्तो कारवाही भएको हो । अध्यक्ष गुप्ताले मिकाले देशलाई भन्दा धेरै महत्व पैसालाई दिएको आरोप लगाए ।