मलाई अझै बीस वर्ष केही हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकले आफूलाई अझै बीस वर्ष ठीक रहने आश्वासन दिएको बताएका छन् ।

सिंगापुरमा स्वास्थ्य परीक्षण गरी फर्केपछि फेरी स्वास्थ्य खस्किएको समाचार आईरहेका बेला प्रधानमन्त्री ओलीले आज शुक्रबार बिहान आफूलाई भेट्न आएका झापाली कार्यकर्तालाई आश्वस्त तुल्याउँदै यसो भनेको उनका प्रेस सल्लाहकारले खुलासा गरेका छन् ।

प्रेस सल्लाहकार कुन्दन अर्यालले केहीबेर अघि आफ्नो फेसबूकमा सचित्र विवरण पोष्ट गरेका छन् । उनले भनेका छन्- ‘आज विहान ११ बजे झापा क्षेत्र नं ५ का कार्यकर्ताहरुसँग कुराकानीको प्रारम्भमै ताजगी मुद्रामा प्रधानमन्त्रीले भन्नुभयो- म सिकिस्तै भएँ भनेर आउनु भयो कि क्या हो ? हिजो केही बेर ९९ डिग्री ज्वरो आएको थियो, ठीक भयो। डक्टर भन्छन- अझै बीस वर्ष ठीक रहने छौ, प्रचार अर्कै ढंगले भइदिन्छ।’