पन्ध्र वर्षपछि

व्यक्तिगत सम्पत्तिको लोभ नै शोषणको मूल कारण हो । मित्रे भन्थ्यो शान्तिपूर्ण तरिकाले सवै रुपान्तरण हुन्छ, विस्तारै उन्नति हुन्छ , स्वार्थी नेताहरु आफै किनारा लाग्दै जान्छन । यस्तै कुरा हुँदा हुँदै ठट्टै ठट्टामा जब्बरेले भनेको थियो, ” एकदिन मन्त्री हुनेछु र तिमीलाई पीए राख्नु पर्ला । यस्तो सोझो मान्छे अर्को कता पाउनु । ” मित्रे पनि हाँसेको थियो । भनेको थियो पहिले मन्त्री बनेर देखाउ न, पीए त कति पाइन्छन कति ! ”
भागवत खनाल
राति एघार बजिसक्यो । मित्रलाल अझै निदाएको छैन । ऊ मित्रलाल पाण्डे, नेपाल सरकारको उपसचिव । सिंहदरवारमा ठूलै मन्त्रालयमा काम गर्छ । शान्त रातको नीरवतामा सारा संसार निद्रामा छ तर मित्रलाल जागा छ । आज उसलाई निद्रा नलागेकोमा चिन्ता छैन, बरु निद्रा लाग्यो भने मानसपटलमा जीवन्त भएर तरंगित भएका भावहरु फेरि यही रुपमा तरंगित होलान नहोलान ! आज विशेष रात छ उसको जीवनको । ऊ केही आश्चर्यमा, केही हर्षमा, थोरै पछुतोमा र अलिकता आक्रोशमा पनि छ । आश्चर्यमा छ, ’cause जब्बरे मंत्री भयो । हर्षमा छ, ’cause जव्वरे उसको अनन्य मित्र हो । पछुतोमा छ, ’cause ऊ जव्वरे बन्न सकेन । आक्रोशमा छ, ’cause यही तमासा गर्न जनयुद्ध र जनआन्दोलनको नाटक मन्चन गर्दै देशमा लोकतन्त्र र गणतन्त्र ल्याइएको हो ? यही हो त सत्र हजार मानव जीवनको समाप्तिको परिणाम ?
पश्चिम नेपालको बिकट गाउँमा जन्म्यो मित्रलाल । ऊ धनी परिवारमा जन्मेन, किनकि जुन गाउँमा ऊ जन्म्यो त्यहाँ धनी हुन सम्भव थिएन । गाउँमा सवै परिश्रमी थिए । रुखो अनुर्वर भूमि उत्पादन गर्न नमान्ने, किसान उत्पादन लिनको लागि हरेक उपाय गर्ने । दिन नमान्ने प्रकृति र जीवन निर्वाहको लागि केही न केही लिनै पर्ने मानववीचको संघर्षमा मानवले जितेको थियो त्यहाँ । छुच्चो प्रकृति परिश्रमी मानवको अगाडि लाचार हुँदै थोरै थोरै दिन्थ्यो ।
मित्रलालका बाबु सोझा, धर्मभिरु र परिश्रमी थिए । कडा मिजासका तर दयालु बाबु उसलाई मित्रे भनेर बोलाउंथे । ऊ बाबु भनेपछि थुरुरु हुन्थ्यो । सानै हुँदा मित्रेलाई कसैले यो संसारमा सवैभन्दा खराव मान्छे को हो ? भनेर सोधेको भए उसले ” मेरो बाउ ” भनेर जवाफ दिन्थ्यो होला । आज उसलाई लाग्दछ, मेरो जस्तो बाबु सवैले पाएको भए संसार कति सुन्दर, सुखी र शान्त हुँदो हो ! उसले सात कक्षासम्म आफ्नो टोलकै स्कूलमा पढ्यो । ऊ अनुशासित र जेहन्दार थियो । सारा बाल्यकाल उसले शान्त र शालीन रुपमा बितायो । रातदिन कुटोकोदालो गर्दा पनि बाह्र महिना पेटभरि खान हम्मे पर्ने परिवारमा जन्मेको मित्रेले कसैले नभनिकनै घरको अभाव र गरिवी वुझ्यो । उसले कहिलै पनि मलाई भोक लाग्यो भनेन । जे जति जुनबेला पायो, त्यही खाएर सन्तुष्ट भयो ।
सात पास गरेपछि बाबुले उसलाई डेढ घण्टा परको हाई स्कूलमा भर्ना गरिदिए । उसलाई आज पनि संझना छ, भर्ना गरेर फर्कंदा बाटोमै बाबुले भनेका थिए ” हेर मित्रे ! अव टाढाको स्कूलमा पुगियो , ठूलो किलासमा गइयो, तन्नेरी हुन लाइयो , बाले पनि देख्दैनन् भनेर बाठो बन्न खोजिस भने मलाई बा नभनेस मित्रेले यसो गरो उसो गरो भन्ने सुन्नु परो भने कि तँ घर छोडेर जालास, कि म जाम्ला सधैका लागि ”, यो सुनेर मित्रे थर्र काँपेको थियो । उसले मनमनै सोचेको थियो ” यस्तो पनि बाउ ” ! मित्रेलाई आज पनि झल्झली सम्झना छ, यही स्कूलमा त हो उसको र जब्बरेको भेट भएको ।
एसएलसी पास भएको सुन्नासाथ मित्रे खुसी हुँदै बाबुको नजिकमा गएको थियो । बाबुले सोधेका थिए ” कति लम्बर ल्याएर पास भइस् त ? ” उसले भनेको थियो ” सेकेन्ड डिभिजन आयो बा ” । बाबुले केही बुझेनन, तर मित्रेतिर हेर्दै भने ” तोभन्दा ठूलो पास पनि हुन्च कि तेइ ठूलो हो ? ” मित्रेले त्योभन्दा ठूलो पास फस्ट डिभिजन भन्ने हुन्छ् भनेपछि बाबुले भनेका थिए ” हो, तो पास भएपछी मात्र खुसी हुन्चु ” ।
जब्बरे मित्रेभन्दा एक कक्षा माथिको हो । तर गत वर्ष विषय लागेको हुँदा दुवैजना एकैपल्ट एस एल सी पास भए । जब्बरे र मित्रे एउटै गाउँ पन्चायतमा जन्मेका थिए, वडा मात्र फरक । जब्बरेको गाउँ अलि होचो ठाउँमा भएको हुँदा उर्वर थियो, जब्बरे एक मानो खान पुग्ने परिवारमा जन्मेको थियो । तर जब्बरेको बाबु जुवा, रक्सी र मौका परे अरु अवान्छित क्रियाकलापमा समेत संलग्न हुने हुँदा सम्पति सकिँदै थियो । रवाफ भने उस्तै । जब्बरे पनि कम रवाफिलो थिएन । ऊ पनि सानै उमेरमा तास जुवा खेल्न सिकिसकेको थियो । जंड्याहा भए पनि जब्बरेका बाबु बाठा थिए । उनलाई थाहा थियो, मित्रे बहुतै अनुशासित र परिश्रमी छ । यसैसंग पठायो भने जब्बरे पनि अलि सप्रला ।
उनी एकदिन सांझपख मित्रेको घरमा आएर भने ” पांडे बा जब्बरे र मित्रलाललाई काठमाडौँ पठाम् । त्यता गएर पढेपछि कोही सरकारी नोकरीमा लाग्छन, कोही नेता हुन्छन, कोही विदेश गएर पैसा कमाउछन् । ” मित्रेका बाबुले भनेका थिए ” हजुरसंग पो पैसा छ, म कंगालसंग के छ र ? तैपनि पठाउँचु , एकछाक पाकोगास र अर्कोछाक सातु खाएर भए पनि मित्रेलाई सकेको खर्च भर्चु । ” पांडे बाले मित्रे र जब्बरे दुवैलाई काठमाडौँ लिएर गए । क्षेत्रपाटीमा सानो र सस्तो कोठा भाडामा खोजिदिए । उनीहरु संगै पढ्न थाले ।
एकदिन अचानक उसले जब्बरेलाई सम्झ्यो । उसलाई कता कता जब्बरेप्रति माया लागेर आयो । किशोर अवस्थादेखि उर्लदो जवानीसम्मको महत्वपूर्ण समय उसले जब्बरेसंग बितायो । काठमाडौँमा धेरै वर्षसम्म एउटै कोठामा बसे । जब्बरे लफंगो हो, तर सहयोगी, सरल र मिलनसार पनि थियो । खास कुरा उसमा धैर्य र सहनशीलता कम थियो । उसलाई आफ्नो बाबुप्रति अपार घृणा थियो । ऊ केही बन्न चाहन्थ्यो, केही गर्न चाहन्थ्यो, केही कमाउने इच्छा थियो, तर कुनै कुरामा पनि स्थिरता थिएन । कहिलेकाहीं ऊ भन्थ्यो ” पढेर केही हुनेवाला छैन”।
मित्रेले एसएलसी गर्नु अगाडि देशमा प्रजातन्त्र आयो । शहर गाउँ सवैतिर राजाको निरङ्कुश शासनको कारण विकास नभएको हो । अव खुव विकास हुन्छ, जनता सुखी हुन्छन भन्ने हल्ला चल्यो । अनेक प्रकारका नेता आए गए, सरकार आए गए । नेताहरुले जुन आशा देखाएका थिए त्यो पूरा गर्न सकेनन । नेताहरु नै कुलंगार र बेइमान निस्के भन्ने हल्ला चल्यो । यत्तिकैमा देशमा अशान्ति र अराजकता छाउन थाल्यो । राजनीतिक दलहरुले एकले अर्कोलाई दोष दिएर आफू चोखो भएको दावी गर्न थाले । यही मेसोमा कलेज पढ्दा पढ्दै मित्रेले सुन्यो, नेपालमा शुद्ध कम्युनिस्ट पद्धति कायम गरेर गरिव र निमुखा जनताको मुक्तिको लागि भन्दै जनवादी क्रान्ति सुरु भयो रे !
मित्रे र जब्बरे निकै मिलेर बसे । आर्थिक रुपमा जब्बरे बलियो भए तापनि जड्याहा बाबुले समयमै पैसा पठाउदैनथे । कुनै कुनै महिनामा त मित्रेले बाबुले पठाएको थोरै पैसाले जब्बरेको भात खर्च समेत जेन तेन धान्यो । जब्बरेको कुनै कुरामा पनि गम्भीर हुन नसक्ने बानी थियो । पढाइमा चासो नराख्ने, कसरी पैसा कमाउने होला भन्ने चिन्ता गर्ने । तर केही समयपछि उसमा एकाएक परिवर्तन आएको थियो । उसले भन्न थालेको थियो, यो देशमा जवसम्म यो राजा, यो संसदीय व्यवस्था र पुँजीवादी पद्धति रहन्छ ,तवसम्म गरिव , निमुखा र शोषित जनताको मुक्ति सम्भव छैन । व्यक्तिगत सम्पत्तिको लोभ नै शोषणको मूल कारण हो । मित्रे भन्थ्यो शान्तिपूर्ण तरिकाले सवै रुपान्तरण हुन्छ, विस्तारै उन्नति हुन्छ , स्वार्थी नेताहरु आफै किनारा लाग्दै जान्छन । यस्तै कुरा हुँदा हुँदै ठट्टै ठट्टामा जब्बरेले भनेको थियो, ” एकदिन मन्त्री हुनेछु र तिमीलाई पीए राख्नु पर्ला । यस्तो सोझो मान्छे अर्को कता पाउनु । ” मित्रे पनि हाँसेको थियो । भनेको थियो पहिले मन्त्री बनेर देखाउ न, पीए त कति पाइन्छन कति ! ”
दुवैजना ब्याच्लर पढ्दै थिए । मित्रलाल पढाइमा अव्वल थियो, तर जब्बरको पढाइ राम्रो थिएन । जब्बरे कहिले निराशाका कुरा गर्दथ्यो, आफ्नो बाबु नराम्रो प्रवृत्तिको भएकोमा रोष प्रकट गर्दथ्यो, कहिले पढ्न नसकेकोमा पछुतो मान्दथ्यो भने कहिले साराका सारा शोषक सामन्तलाई सखाप पारेर वास्तविक जनवाद कायम गर्ने दिन आउँदै छ भन्दै जोसिला कुरा गर्दथ्यो । एकदिन बेलुका अवेरसम्म जब्बरे डेरामा आएन । मित्रेले धेरै सोधखोज गर्यो तर केही पत्तो लागेन । उसले गाउँमा रहेको टेलिफोन बुथमा फोन गरेर पनि सोध्यो, तर जब्बरे गाउँमा पनि थिएन । केही दिनपछि उसलाई बाबुको चिठी आयो । चिठीमा लेखिएको थियो, ” तिम्रो छोरासंग एउटै कोठामा बस्ने मेरो छोरो गायव भयो । कि सास देउ कि लास देउ भनेर जब्बरेका बाबुले हैरान पार्दैछन् । ”
मित्रेले निरन्तर परिश्रम गरिरह्यो । ब्याच्लरको अन्तिम वर्षमै ऊ निजामती सेवाको नायवसुव्वा पदमा नाम निकाल्न सफल भयो इ अव उसका बाबु पैसा पठाउने झन्झटबाट मुक्त भए भने ऊ पनि आत्मनिर्भर भयो । एकदिनको कुरा हो शुक्रबारको दिन साँझ अबेर कसैले उसको कोठाको झ्यालतिरबाट मधुरो आवाजमा बोलायो । सुरुमा त उसले ध्यान दिएन तर आवाज आइरह्यो । उसले विस्तारै ढोका खोल्यो, अँध्यारोमा एकजना व्यक्ति प्रकट भयो । ऊ आवाज नदिइकन हतार हतार कोठाभित्र पस्यो र ढोका पनि आफै बन्द गर्यो । लामो दारी पालेको, रामनाम लेखेको खास्टो ओढेको, घाँटीमा रुद्राक्षको माला भिरेको, गेरु रंगको लुंगी लगाएको, पट पट फुटेको नाङ्गो खुट्टा, अत्यन्त दुब्लो र कमजोर जोगी थियो ऊ । उसले आफ्नो मैलो झोला कोठाको कुनामा राख्यो । जोगीले मित्रेसंग हात मिलाउदै भन्यो ” मलाई चिनेनौ ? म जब्बर ” । मित्रे आश्चर्यमा पर्यो । उसले केही कुरा गर्न नपाउंदै जब्बरले भन्यो, ” मलाई हतार छ, आज रातभरि पशुपतिमा किर्तन गर्ने कार्यक्रम छ, म अहिले जान्छु । यो झोला भोलि बिहान आएर लैजान्छु । ” ऊ हावाजस्तो निस्केर गयो ।
अर्कोदिन शनिबार । जब्बरे जोगी करिव दश बजे आइपुग्यो त्यही रुपमा । ऊ टुसुक्क मुढामा बस्यो । मित्रेले उज्यालोमा जब्बरेको अनुहार हेर्यो, दुब्लाएर पच्केका गाला र भित्र पसेका आँखाभन्दा बाहिर उसको लामो नाक परसम्म पुगेको देखिन्थ्यो । उसका हात पाखुरा मैला थिए, तिघ्राको छाला हाडको वरिपरी बेरिएको प्रतीत हुन्थ्यो । तर उसमा तेज थियो, इनार जस्ता आँखा चम्किला थिए, बोलीमा ओज र गरिमा थियो । उसले आफ्नो झोला तान्दै भन्यो ” मेरो झोला खोलेर त हेरेनौ मित्र ? मित्रेले भन्यो ” हेरिन । किन र, हेर्नु पर्थ्यो ” जब्बरेले बाहिरबाट अत्यन्त थोत्रो देखिने झोलाको चेन खोल्दै भन्यो ” मलाई थाहा थियो तिमी हेर्दैनौ । यही त तिम्रो विशेषता छ साथी ” ।
मित्रेले देख्यो झोलामा हजार हजारका नोटका बन्डल छन् । जब्बरे भन्दै गयो ” म जोगी हैन, क्रान्तिकारी हुँ । यहाँबाट हिड्नु अघिनै सम्पर्कमा थिएँ । हाम्रो महान संग्रामले अव आफ्नो उचाइ लिंदै छ । हेर्दा हेर्दै गाउँ गाउँका अग्ला अग्ला महल खाली हुँदैछन् । दुश्मनका सरकारी भवन, पुल र संरचनाहरु महान क्रान्तिकारीहरुले ध्वस्त पारिसके । अव पुराना नास पारेर नया बनाउने हो । अव नेपाल मुक्तिकामी जनताको हातमा आउने छ । शोषक सामन्तहरुको सातोपुत्लो उडिसक्यो, अव शहरी सामन्तलाई पनि भागाभाग गराउने हो। ”
मित्रेले सोध्यो ” यत्रो पैसा कहाँबाट पायौ ? कति पैसा छ झोलामा ? यो पैसा के गर्छौ ? ” जब्बरेको उत्तर थियो यो पैसा कहाँबाट आयो, कति छ, कहाँ जान्छ मलाई थाहा छैन र थाहा पाउनु आवश्यक पनि छैन । तर यति थाहा छ, यो महान क्रान्तिमा उपयोग हुन्छ । मित्रेले तिमी यहाँबाट गइहाल, म सरकारी कर्मचारी हो, मलाई खतरा हुन्छ मात्र के भनेको थियो जब्बरे झोक्कियो ” थाहा छ तिमी सुब्बा साहेव भएका छौ । तिमीलाई तिम्रो जागिरको यत्रो माया छ, मलाई हेर ! मलाई मेरो ज्यानको पनि माया छैन । यही फरक छ तिमी र ममा । अनि सुन, मलाई मेरो बाउले तिम्रो बाउलाई छोराको सास या लास चाहियो भनेर थर्काएको पनि थाहा छ । अरु साथीहरु कहाँ कहाँ छन् र के गर्दै छन् भन्ने पनि थाहा छ । तिमी डराउनु पर्दैन तिम्रो सरकार त बसमा यात्रा गर्ने सर्वसाधारण जनतालाई काँडे तारको घेरामा खानतलासी गर्दै छ । मलाई भेटाउन्न । मर्न तयार छु, बाचेँ भने तिमीलाई कज्याउने पदमा पुग्नेछु । ”
यत्तिकैमा थप केही वर्ष बिते । देशमा उथलपुथल हुँदै थियो । बहुदलीय सरकारहरु असफल भए, संबिधान असफल भयो । मुलुकमा बाधा अड्काउ फुकाउने धारा हावी भयो, अध्यादेशराज लागू भयो । बिहान घरबाट बाहिर निस्केको मान्छे बेलुका सुरक्षित फर्कन नपाउने अवस्था पैदा भयो । सर्वसाधारण जनता दोहोरो चपेटामा परे । यही वीचमा मित्रलाल शाखा अधिकृत पदमा नाम निकाल्न सफल भयो । निरन्तर लगन र परिश्रम गर्दै उसले स्नातकोत्तर उपाधि समेत प्राप्त गर्यो । एसएलसी पछिका सवै परीक्षा उसले प्रथम श्रेणीमा पास गर्यो । उसलाई बाबुले भनेका ” हो त्यो पास भएपछी बल्ल खुसी हुन्चु ” भन्ने शव्दहरु झलझली सम्झना थियो, तर उसले ” बा म त्यही पास भएँ ” भनेर सुनाउन पाएन । बा अथक परिश्रम गर्दागर्दै एक्कासी हृदयाघात भएर गए।
आज सारा कर्मचारीले अकस्मात बडो महत्वपूर्ण र सोर्सवाला व्यक्तिको रुपमा हेरे मित्रलाललाई । कतिले त ऊसंग गाढा सम्बन्ध बनाउन नसकेकोमा मनमनै पछुतो माने । यता मित्रलाल भने अचम्भित, विस्मित र प्रताडित महसुस गर्दै थियो । मन्त्रीको पदबहाली भयो । सचिवले मन्त्रीलाई विनम्रतासाथ् सोध्यो ” माननीय मन्त्रीज्यू, हजुरको सचिवालयको निजी सचिवमा उपसचिवको दरवन्दी छ । हजुरको कोही छ कि म नै तोकिदिउं हजुर ” जब्बरले भन्यो, ” मित्रलालजीलाई खटाइदिनुस्”।
एकदिन अचानक उसले जब्बरेलाई सम्झ्यो । उसलाई कता कता जब्बरेप्रति माया लागेर आयो । किशोर अवस्थादेखि उर्लदो जवानीसम्मको महत्वपूर्ण समय उसले जब्बरेसंग बितायो । काठमाडौँमा धेरै वर्षसम्म एउटै कोठामा बसे । जब्बरे लफंगो हो, तर सहयोगी, सरल र मिलनसार पनि थियो । खास कुरा उसमा धैर्य र सहनशीलता कम थियो । उसलाई आफ्नो बाबुप्रति अपार घृणा थियो । ऊ केही बन्न चाहन्थ्यो, केही गर्न चाहन्थ्यो, केही कमाउने इच्छा थियो, तर कुनै कुरामा पनि स्थिरता थिएन । कहिलेकाहीं ऊ भन्थ्यो ” पढेर केही हुनेवाला छैन” । त्यही व्यक्ति यति अठोटसाथ बिना कुनै तर्क बितर्क र बहस अविचलित रुपमा क्रान्तिकारीको सेवामा लागेको देख्दा मित्रलाक विस्मित थियो ।
शनिबारको दिन थियो । केहीदिन अगाडि क्रान्तिकारी र मूलधारका पार्टीवीच संझौता भई संयुक्त जनआन्दोलन सुरु भएको थियो । मित्रलाल नया सरेको कोठामा सामान मिलाउदै थियो । अकस्मात जब्बरे आइपुग्यो । आज जब्बरे जोगीको भेषमा थिएन । एउटा धनी बाउको बिग्रेको छोरो जस्तो भएछ जब्बरे । लामो लामो कपाल, महंगा लुगा, चस्मा , घडी र सानदार जुत्ता । जोगी भेषमा हुँदा भित्र पसेका ख्याउटे गाला अहिले कुप्प भएका, गोरो अनुहार, सफाचट दारी र मसिना मनमोहक जुँगा । उसले भन्यो ” मेरो बाउ रक्सी खाई खाई मरे, मलाई कुनै असर परेन । तिम्रो बाउ पो बाउ, चट्टान जस्तो अटल र अविचल । दयालु भएर पनि दृढ, कडा मिजास भए पनि इमान्दार, वचनका पक्का । अविरल रुपमा कर्मक्षेत्रमा डटेर मर्ने अवसर थोरैले मात्र पाउँछन । उहाँलाई मेरो ससम्मान सलाम छ । ”
मित्रेले भन्यो ” तिम्रो यस्तो रुपान्तरण कसरी भयो ? क्रान्ति कता गयो ? मैले तिमीमा यो हिरो रुपमा भन्दा त्यो जोगी रुपमा गरिमा देखेको थिएँ । त्यो ख्याउटे जोगीमा अपार सम्भावना, इमान, लगन र आफ्नो कामप्रतिको अठोट देखेको थिएँ । मलाई थाहा थियो तिमीले लिएको बाटो मेरो हैन, मेरो गन्तव्य तिम्रोसंग मेल खादैन । तर ममा तिमीप्रति सम्मान थियो । ” जब्बरेले भन्यो ” तिमीले यसो भन्नु स्वाभाविक हो । हजारौं कार्यकर्ताहरु वास्तविक रुपमा मुक्ति हुन्छ भन्ने अभिलासाले त्यता लागे । धेरै धेरै गरिवका छोराछोरीले यति मात्र बुझे कि यो क्रान्ति सफल भयो भने जनताको मुक्ति हुन्छ, शोषण, दमन, अन्याय अत्याचारको अन्त हुन्छ । आनन्दले पेटभरि खान पाइन्छ । एउटा सुखी र समृद्ध समाज निर्माण हुन्छ । तर त्यताको संसार पनि स्वार्थी नै रहेछ । त्यहाँ पनि व्यक्तिगत ईर्ष्या, डाह, पदलोलुपता, षड्यन्त्र र लोभको बोलबाला रहेछ ।
पैसाको विरुद्धमा सुरु भएको क्रान्ति पैसाकै कारणले विकृत हुँदै गयो । कतिपय असली योद्धा मरेर गए, कति भागे र कति कारवाहीमा परे । गाउँ खाली भए । अनि म के गरम त ? म पढाइमा ध्यान नदिने, तिमीले जस्तो अध्ययन पनि गरेको छैन । मेरो लागि राजनीति नै मलिलो छ । रटेका कुरालाई मज्जाले ताली पाउने गरी भाषण गर्न सिकेको छु । नेपालमा केही जान्नु पर्दैन शोषकहरुको नास गर्छौं, जनता महान छन्, जनतालाई हेप्न पाइन्न, जनता विरोधी पार्टीलाई जनताले नै ठेगान लाउछन भन्ने वित्तिकै ताली पाइहालिन्छ । म त सधै अस्थिर र विचलित मान्छे, त्यही क्रान्तिले मलाई स्थिर बनाएको थियो, त्यो पनि टिकेन । हुन त अहिले यसो बिचार गर्दछु, क्रान्ति सफल भएको भए तापनि वास्तवमा जनताले जे पाउछन भनिन्थ्यो त्यो पाउने थिएनन । त्यस्तो पाउनु सम्भव नै छैन । तथापि म त्यसबेला इमान्दारीसाथ काममा खटेको थिएँ ।
त्यो बेला म तर्क गर्दिनथें, काम गर्थें । अव त धेरै कामरेडहरुले लिएको बाटो फरक भइसक्यो । लवाइ जस्तो भए तापनि खवाइ र गराइ मेरो जस्तै हो । हो, अझै पनि केही बाँकी छन् पुरानै धुनमा, तर उनीहरुको संख्या धेरै कम छ । कमरेड हरुले कितावमा लेखे जस्तो कम्युनिस्ट शासन सम्भव छैन भन्ने कुरा भित्रभित्र बुझिसके, तर बाहिर भन्न गाह्रो छ । भित्रभित्र जे गरे तापनि क्रान्ति र त्यत्रो नरसंहारको औचित्य स्थापित गर्न भनाइहरुमा त चुक्नै नहुने अवस्था छ । एउटा कुरा भने पक्का छ । यो क्रान्तिले गाउँ गाउमा चेतनाको दियो बालेको छ, शोषण र दमनको अन्त गर्नमा थोरै सफल भएको छ । मजस्तालाई बोल्न जान्ने बनाएको छ । त्यसैले हामी सारा प्रयत्न खेर गएको मान्न तयार छैनौ । ”
देशमा लोकतन्त्र आयो, लगत्तै गणतन्त्र पनि । धेरै सरकार बनिसके । अव फेरि अर्को सरकार बन्ने हल्ला छ । नया प्रधानमन्त्रीको नेतृत्वमा नया सरकार बन्ने रे । त्यो सरकारमा उर्जावान युवा नेताहरुको बाहुल्य रहने रे । मिडियामा मंत्री बन्ने प्रवल सम्भावना रहेकाहरुको नाम पनि छापिएको छ । उपसचिव मित्रलाल ती नामहरु पढ्दै छ । अनायास उसका आँखा ” जब्बर बहादुर ” भन्ने नाममा पुगेर अडिन्छन । ऊ विस्मित हुन्छ । ऊ मनमनै सोच्दछ, के यो सम्भव छ ? जब्बरे उसको वचपनको साथी ! जब्बरे कुनै स्थिर मति र चरित्र भएको मान्छे हैन । उसको अध्ययनको दायरा अति नै सीमित छ । ऊ अलिकता स्थिर र दृढ भएको भनेको त्यही असली क्रान्तिकारी हुँदाको समयमा हो । त्यो पनि पानीको फोका जस्तो हरायो र जस्तो थियो फेरि उस्तै बन्यो जब्बरे । हो उसमा एउटा गुण छ, ऊ जोसिलो छ र आवश्यक पर्दा मारपीट गर्न पनि तयार हुन्छ । मन्त्री हुनको लागि यिनै गुण चाहिने रहेछन । मित्रलाल यस्तै तर्कना गर्दै थियो, रेडियोले मन्त्रीको नाम फुक्न थाल्यो । उसले सुन्यो ” श्री जब्बर बहादुर ” ।
मन्त्रीहरुको सपथग्रहण हुँदै छ । एकछिनमा बहाली गर्न आउँछन । सारा सिंहदरवार व्यस्त छ । सचिवहरु दौडादौड गरिरहेका छन् । उपसचिव मित्रलाल पनि व्यस्त छ । मित्रलालको मन्त्रालयको गेटमा भरिला गाग्री राखिएका छन् , दहीका कतारा सजाइएका छन् । कर्मचारीहरु हात हातमा फूल माला लिएर जम्मा भएका छन् । यस्तैमा हल्ला आयो मित्रलालको मन्त्रालयको विभागीय मन्त्रीमा जब्बर बहादुरलाई तोकियो रे । मन्त्रालयमा खैलाबैला मच्चियो । सचिव र सहसचिवहरू कडा मन्त्री आउने भयो भन्दै मलीन देखिए ।
जब्बर आइपुग्यो । ऊ अभूतपूर्व रुपमा सुन्दर र तेजिलो देखिएको थियो । सारा कर्मचारीले उसलाई झुकेर स्वागत गरे, फूलमाला टक्र्याए । कर्मचारीहरु मन्त्रीले आफूलाई हेरुन, मुस्कुराउन, केही सोधुन र आफूतर्फ आकर्षित बनुन भन्ने चाहन्थे । जब्बरे मित्रलालनेर आइपुग्यो । मित्रलालले ” स्वागत ” भन्दै जब्बरेको हातमा फूलको गुच्छा राखिदियो । जब्बर अघि बढेर तीन चार जनाको हातबाट फूलगुच्छा लिएपछि अनायास पछाडि फर्क्यो । ऊ मित्रलालको अगाडि आएर टक्क अडियो । उसले मित्रलालको लुलो हातसंग आफ्नो कसिलो हात मिलायो । जब्बरले करिव एक मिनेटसम्म हात मिलाइरह्यो । मित्रलालको आँखामा आँखा राखेर हेरिरह्यो र भेट्दै गरम्ला है भन्दै अगाडि बढ्यो ।
आज सारा कर्मचारीले अकस्मात बडो महत्वपूर्ण र सोर्सवाला व्यक्तिको रुपमा हेरे मित्रलाललाई । कतिले त ऊसंग गाढा सम्बन्ध बनाउन नसकेकोमा मनमनै पछुतो माने । यता मित्रलाल भने अचम्भित, विस्मित र प्रताडित महसुस गर्दै थियो । मन्त्रीको पदबहाली भयो । सचिवले मन्त्रीलाई विनम्रतासाथ् सोध्यो ” माननीय मन्त्रीज्यू, हजुरको सचिवालयको निजी सचिवमा उपसचिवको दरवन्दी छ । हजुरको कोही छ कि म नै तोकिदिउं हजुर ” जब्बरले भन्यो, ” मित्रलालजीलाई खटाइदिनुस्”। जब्बरेले आजभन्दा पन्ध्र वर्षअघि ठट्टै ठट्टामा मित्रलाललाई भनेको थियो ” एक दिन मन्त्री हुनेछु, अनि तिमीलाई पीए राख्नु पर्ला । यस्तो सोझो मान्छे अर्को कता पाउनु ”।