वसन्तकुन्ज
भागवत खनाल
समझ के बात किजिए और अपने औकात मे रहिए, और नेपलियों को आदर करना सिखिए । नत्थु चन्द्रमोहनलाई एक टक हेर्दै छ, भन्छ आप तो बहुत अच्छा हिन्दी बोलते हैं और बात भी टके कि करते हैं । चन्द्रमोहनले पेलेर भन्छन मै बहुत टकेकी अंग्रेजी भी बोलता हुँ, बोलना है ? नत्थु पानी पानी हुँदै भन्छ हो गया साहेव आप भी ! कहाँ आप और कहाँ हम । यस्तो छ नेपालीप्रतिको कुनै कुनै हिन्दुस्थानी नागरिकको मानसिकता, तर सवै यस्ता छैनन् । नेपालमा पनि मजदुरी गरेर खाने भारतीयलाई यदाकदा हेप्ने व्यवहार हुन्छ । मजदुरको लागि आफ्नो रोजी रोटीको समस्या छ, अरु कुरा त राजनीति गर्नेको लागि हो ।
कहाँ जाना है भाइसाब हेलो, इधर देखो, कम देना, आपको जो मन मे आए देना, कोइ जवर्जस्ती नहीं है, हेलो सर ! भारतको राजधानी दिल्लीस्थित, इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको कोलाहल । अपार भिड छ विमानस्थल बाहिर, साराका सारा मानिसहरु भागाभाग गर्दै छन् । चन्द्रमोहन यताउता हेर्छन, अलि परतिर पुछताछ कक्ष लेखेको काउन्टरमा जान्छन, त्यहाँ एकजना मोटी महिला बसेकी छन्, तर टाउको उठाए पो सोध्नु, एकछिन त्यत्तिकै उभिन्छन, अलि अगाडि गएर ख्वाक्क गर्छन तर चाल नपाएजस्तो गरेपछि विस्तारै मेम साब भनेर बोलाउंछन ।
मेम साबले टाउको उठाएर चन्द्रमोहनलाई हेर्छिन, क्या है ? कुछ पुछना है क्या ? कैसे कैसे लोग आते हैं दिखने मे तीसमार खाँ लगते हैं, जानते कुछ नहीं, सर पे सवार है सव, परेसान करते हैं भनेर भुतभुताउछिन । चन्द्रमोहन हतारमा छन् मेमसाब मै काठमाडौँ से आया हुँ, उनले वाक्य पूरा गर्न नपाउंदै उनी बोलिहाल्छिन तो क्या हुवा ? यहाँ तो दुनिया भर के लोग आते है मै क्या करु, बोलो क्या बोलना है ! चंद्रमोहनले सुस्तरी भन्छन मुझे वसन्तकुन्ज जाना है, तो जाओ मुझे क्या सुना रहे हो जाओ ! जति रुखो बोले पनि आफ्नो काम लिनु छ, चन्द्रमोहन फेरि भन्छन मेमसाब दरअसल मुझे यहाँ से वसन्तकुन्ज तक का टैक्सीका किराया पुछना था । तो इतना पुछना था ? इतनी सी बात के लिए इतने देर तक परेसान किया, नही मेमसाब आप ने मौका ही नहीं दिया ना ! इसलिए नहीं पुछ पाया । बल्ल उनले ट्याक्सी किराया भनिन ।
चन्द्रमोहन दुई तीन पल्ट दिल्ली आएका थिए, तर उनले शहरको भेउ पाएका थिएनन । हिन्दुस्थानमा सके आफ्नै देशका नागीरकलाई पनि ठग्छन, तर बाहिरबाट आउनेलाई त सहजै मुर्गा बनाउंछन भन्ने सुनेका थिए उनले, अझ विमानस्थल । ठगीको लागि संसारभरका धेरै विमानस्थल बदनाम छन्, त्यसमा पनि दिल्ली किन अपवाद हुन्थ्यो ! उनी ट्याक्सीवालालाई पुछताछ कक्षकी महिलाले भनेको रेट भन्छन, ट्याक्सी ड्राइभरले सोध्यो कितने आदमी है, चन्द्रमोहनले जवाफ दिए हम दो आदमी है भाइसाब । चन्द्रमोहन र छोरा चेतन ट्याक्सीमा बसे, ट्याक्सी गन्तव्यतिर हिंड्यो । पछाडिबाट अर्को ट्याक्सीवालाले भन्दै थियो, क्या है बच्चु ! मोटा मुर्गा मिला क्या ?
बसन्त कुन्ज खासै टाढा छैन एअरपोर्टबाट तर जाम छ । छेवैमा छोरो चेतन बसेको छ, तर दुवैजना चुप छन् । काठमाडौँमा प्लेन चढेदेखि अहिलेसम्म दोहोरो बोलचाल भएको छैन । गर्नुपर्ने कुरा धेरै छन्, छातीभरि कुराको भण्डार छ, प्रश्न छन्, त्रास छ, द्विविधा छ, भरिएको भावना छ, प्रेम र वात्सल्य छ, तर बोल्ने शव्द छैन । पचपन्न बर्षको बाबु बीस बर्षको छोरो, एक प्रकारले साथी साथी जस्तो सम्बन्ध हुने समय पनि हो, तर दुवै जनाका आँखा टाढा क्षितिजतिर छन्, एक टक ! मानौं दुवैजना सुदूरमा कुनै अज्ञात आशंकातिर नियाल्दै छन् । दुवैले सायद एउटा आश्वासन खोज्दै छन्, क्षितीजमा सानो ज्योति खोज्दै छन् । जिन्दगी दिनेवालाको नि। ठुर प्रहारलाई के वसन्तकुन्जले निस्फल गराउला ? के आँटेको होला त्यो भावीले, केही दिनको परीक्षा मात्र होला कि लामो तर हार हुने कुरुक्षत्रले पर्खेर बसेको होला ?
अचानक ट्याक्सी ड्राइभरले सोध्यो, आपलोग नेपाली है ना ? चंद्रमोहनाले भने हाँ हम लोग नेपाली हैं । लगता तो था, किस काम से आए हैं दिल्ली ? बहुत खतर्नाक जगह है ये, बच के चलना पड़ता है । यहाँ कुछ लोग बडे बेइमान हैं, वही हाय तोवा मचा रहे हैं । अव बसन्तकुन्ज आनेको है साब बताइए आप को किस जगह पर छोड दुं ? चन्द्रमोहनले भने हमको फोर्टिस जाना है, फोर्टिस हस्पिटल । ट्याक्सी हस्पिटल अगाडि रोकियो । आ गया फोर्टिस उतर जाइए । चन्द्रमोहनले एअरपोर्टमा कुरा भएजति रकम निकालेर दिए, तर ड्राइभरले मानेन । चन्द्रमोहनले पहिले नै किराया तय भएको कुरा सम्झाएपछि ड्राइभरले भन्यो, हाँ आप ठीक ही कह रहे हैं, लेकिन आप अकेले तो नहीं हैं ना ? लडका भी तो है, आप क्या समझते हैं ? ये दो सालका बालक है ? चन्द्रमोहन भन्छन येह तों सरासर लुट है भाइसाब ये कौन तरिका है ? हम किसी सैर सपाटे के लिए नहीं आए हैं दवा कराने आए हैं, ऐसा मत किजिए भन्दै छन् तर ड्राइभर के सुन्थ्यो, भन्न थाल्यो किसने बुलाया था आपको ? पैसे वाले हैं तव तो आए हैं ! जल्दी से किराया दिजिए मेरे पास आपसे बहस करने के लिए वक्त नहीँ है ।
यो सबै छेवैमा उभिएका एकजना लामो लामो दारी पालेका दुब्ला पातला तर तेजिला बृद्धले देखिरहेका थिए, उनले भने देखिए यह अन्धेर नगरी है, यहाँ सब के सब ठग हैं, सब मिले हुए हैं यहाँ, प्रधानमंत्री से चपरासी तक ठग हैं, सब हरामखोर हैं, शरम नही है किसिको, होस्पिटल के आगे भी इनका दिल पसिजता नही । क्या करु मेरा हिन्दुस्थान पापियों से भरा है, जय भोले शंकर !! देख तेरे संसारकी हालत क्या हो गई भगवान, कितना बदल गया इन्सान ! कितना बदल गया इन्सान । सूरज न बदला चांद न बदला ना बदला रे आसमान ! कितना बदल गया इन्सान, कितना बदल गया इन्सान । बूढा गीत गाउँदै ओझेल भए । चन्द्रमोहनले पैसा चुक्ता गरे । अघिसम्म इमान जमानको डिंग हाक्ने ड्राइभर दुईगुना किराया लिन कत्ति संकोच मानेन । चन्द्रमोहनले आफ्नो देश सम्झे, काठमाडौँमा पनि बेला बेला ट्याक्सीले ठगी गरेको सम्झे, मनमनै सोचे यता सुध्रेको भए पो उता पनि सुध्रिंन्थे, यताका गुरु उताका चेला ।
बाबुछोरा झोला बोकेर अस्पतालतिर अघि बढ्दै छन्, अझै बोलचाल भएको छैन, एकले अर्कोलाई हेर्छन, तर अर्कोले थाहा नपाउनेगरी । चेतन भर्खर ब्याचलर पढ्दै गरेको केटो, खाउँ खाउँ लाउँ लाउँ भन्ने उमेरमा अज्ञात रोगले ग्रस्त छ । बाबु चन्द्रमोहन जवान छोराको स्वास्थ्य’bout चिन्तित छन् । उनलाई डर छ, कतै आफू कमजोर देखिन्छु कि ! त्यसैले आफ्नो गम्भीर चेहरा छोराको नजरबाट लुकाउने मिथ्या प्रयत्न गर्छन । आफूमा प्रचुर आत्मबल भएको देखाउन कोशिस गर्छन, किनकि उनी बाबु हुन, उनी लोग्ने मानिस हुन, उनले रुन हुन्न, किनकि उनको रोदनले अरु धरैलाई रुलाउन सक्छ, उनको रोदनले छोराको आत्मबल घटाउन सक्छ, उनको रोदन उनैलाई धेरै महँगो पर्न सक्छ । बाबुछोरा अस्पतालभित्र छिरे ।
यो अस्पतालमा पूर्व्निर्धा्रित समयमा आउने बिरामीले मात्र तुरुन्त सेवा पाउने सम्भावना हुन्छ । बिशेषज्ञ सेवा दिने अस्पताल हुनाले सबै डाक्टरहरुको पूर्व निश्चित सेड्युल हुन्छ । उनीहरु आफ्नो नाम भन्छन, सोधपुछ हुन्छ र कम्प्युटरमा नाम भेटेपछि उनीहरुलाई एक ठाउँमा बस्ने संकेत हुन्छ । आफै हिडडुल गर्न सक्ने नवागन्तुक बिरामी र बिरामीका सहयोगी बस्नको लागि राम्रो व्यवस्था रहेको ठूलो हल छ, त्यहा चिया नास्ता खाने प्रवन्ध छ, सरसफाइमा प्रशस्त ध्यान पुर्याइएको छ, सरसर्ती हेर्दा सबैजना अनुशासित रहेको देखिन्छ । बाबुछोरा एक ठाउँमा गएर बस्छन । बसेपछि चन्द्रमोहनले चेतनलाई सोधे तलाई भोक लाग्यो होला के खान्छस ? बल्ल बोलचाल फुकेजस्तो भयो, चेतनले भन्यो भोक त हजुरलाई पनि लाग्यो नि, हुन्छ म हेर्छु के रहेछ खानेकुरा । यत्तिकैमा अस्पतालको स्टाफ उनीहरुलाई खोज्दै आउँछ र सूचित गर्छ कि उनीहरु जुन डाक्टरसंग समय लिएर आएका थिए, उनी इमर्जेन्सी कामले चेन्नई गएका छन्, भोलि मात्र फर्कन्छन ।
नास्ता आयो । चन्द्रमोहन मनमनै गम्दै छन् एकछिनपछि साँझ पर्छ, कता बस्ने हो, कति दिन लाग्ने हो, खर्चको स्थिति के हुने हो, होटेल धेरै महंगा छन् भन्छन, अस्पतालबाट धेरै टाढा जानु पनि भएन । ठगहरुसंग कसरी जोगिने होला ! अकस्मात भाइसाब इधर सुनिए तो भन्ने आवाजले झसङ्ग हुन्छन उनी । उनी आफूलाई सम्भाल्छन् र भन्छन हाँ बोलो । उनको अगाडि एकजना कालो मोटो तर हिस्सी परेको अधबैंसे मानिस उभिएको छ, कालो अनुहारमा मिलेका सेता दाँतले उसको शोभा बढाइरहेका छन् । नेपला से आए हैं ना ? मै थोडा बैठ सकता हुँ ? भन्दै ऊ बाबु छोराको बीचमा बस्छ । मेरा नाम वृन्दावन है साब, कोइ बिमार है क्या ? चन्द्रमोहनले टाउकाको इसाराले हो भन्छन । ऊ उठ्छ र फेरी सोध्छ बिमार आदमी हस्पिटल मे भर्ति है क्या ? चन्द्रमोहनले जवाफ दिए नही, कोइ भर्ति वर्ति नही है, वैसे थोडा चेकआप कराना था ।
वृन्दावनको बोलीमा आकर्षण छ, नम्रता छ, किस डाक्टरको दिखाना है ? चन्द्रमोहन – डाक्टर धनन्जय को । वृन्दावन – वह तो भगवान है । कहाँ ठहरेंगे आपलोग ? होटलमे बुक कर चुके हैं तो कोइ बात् नहीं, पर अभि बुक नही हुवा है तो मुझे सेवा करने का मौका दिजिए । मैं आप के लिए पांच मिनट के रास्ते के अन्दर फ्लैट का जुगाड कर सकता हुँ । एक बडा कमरा, एक किचेन और एक बाथरूम का दैनिक एक हजार । विस्तर है, खाने और पकाने के लिए वर्तन हैं, नजदिक मे दुकान ह, शव्जी, रासन, गैस सब एक ही जगह मिलता है, बगल मे ही धोवी रहता है । और एक फायदा भी है आपको, उस जगह पर बहुत से नेपाली भी रहते हैं । उनीहरु फ्ल्याट भएको ठाउँतिर जान्छन । कारिव सात मिनेट पैदल हिंडेपछ फ्ल्याटमा पुग्छन, वृन्दावन ढोका खोल्छ । देखिए भाइ साब यही है, झुठ बोलने का काम नहीं, बाह्र बरस से यही काम कर रहा हुँ, गणपति कि कृपा से आज तक कोइ सिकायत नहीं मिला, सव खुस हो के जाते हैं ।
ठूलो कोठा रहेछ, दुईओटा खाटमा बिस्तरा, सानो किचेन, पकाउने र खाने भाँडा, बाथरुम सबै रहेछ । चन्द्रमोहन मनमनै खुसी भए, जे होस् यहाँ जताततै अँध्यारो मात्र छैन, सहयोगी मानिस पनि छन् । हुन त दिनको हजार ठीकै हो तैपनि बिचार गर्नको लागि उनले भने देखिए वृन्दावन साब हम भी धनाड्य आदमी नहीं हैं, लड़के की दवा कराने आए हैं, हो सके तो कुछ कन्सेसन किजिए । वृन्दावनले भन्यो, देखिए साब इससे मुझे दिन मे डेढ सौ मिलता है, ठीक है आप पचास रुपये कम दिजिएगा मै सौ ही खाउंगा, आप के लिए भी कुछ राहत मिलेगी । आप अगर पांच दिन से ज्यादा दिन ठहरे तो पचास और कम होगा ।
वृन्दावन तीन दिनको किराया पेस्की लिएर हिंड्यो । चन्द्रमोहन नजिकैको पसलमा गएर दुई किलो चामल, आधा किलो दाल, आलु, हरियो तरकारी, नून, एक पोका तेल, मसला र बेसार लिएर आए । साझको खाना कोठामै बन्ने भयो । अझै पनि बाबुछोरावीच दोहोरो कुराकानी भएको छैन । यी बाबुछोरा यस्तो चुपचाप बस्ने स्वभावका कहाँ हुन र ! साँझको समयमा एकछिन गफ गर्ने बानी नै थियो उनीहरुको । बाबुछोरा दुवै दिनभरि भएका गतिबिधि’bout चर्चा गर्थे, कहिलेकाहीं विशेष गरेर राजनीति र खेलकुद सम्बन्धमा वादविवाद नै हुन्थ्यो । एक जना नहुँदा पनि नियास्रो र के हराएजस्तो हुने दुवैलाई । तर आज दुवै चुप छन् । फ्ल्याटमा दुइजना मात्र छन् तर अकल्पनीय सन्नाटा छ ।
खाना खाइवरी दुवै जना आआफ्नो बिस्तरामा पल्टे ।
एकछिनपछि चेतनले बत्ती निभायो । कोठामा घुप्प अँध्यारो छायो । चन्द्रमोहनले बल्ल आफ्नो भावनालाई चुपचाप आफै भित्र पोख्ने अवसर पाए । उनलाई आजै जस्तो लाग्छ करिव एक महिना अघिको कुरा त हो, बिहानको समय थियो बाबुछोरा संगै बसेर गफ गर्दै थिए । चेतन बाथरूम गयो, एकछिनपछि उसले बाबुलाई इसारा गरेर बाथरुममा बोलायो, चन्द्रमोहन बाथरुमको ढोकामा पुगे, चेतनले वाश बेसिनतिर देखाउदै भन्यो बुवा हेर्नुस् त ! ओहो ! त्यहाँ त रगत छ एकदम ताजा र तातो रगत, चन्द्रमोहन थरर काँपे, के हो यो ? के भयो तँलाई ? खै बुवा केही पनि त भएको छैन, अचानक मुखबाट रगत आयो । चन्द्रमोहन, अत्यन्त शान्त, सहनशील, धैर्यवान र व्यावहारिक मान्छे । समाजले पत्याएको र कसैलाई आपद विपद पर्दा सम्झाउन र बुझाउन सिपालु मान्छे । मानिसका सारा योग्यता, ममता, समझ, धैर्य र सहनशक्ति त्यसबेला समाप्त हुन्छन जव उसको आफ्नै परिवारमा बिपत्ति आइलाग्छ । अझ त्यसमा पनि सन्तानको मायाले त मानिसको तार्किक बल र बुद्धि नै नि। फल बनाइदिन्छ । सन्तान असल होस् या खराव, स्वस्थ होस् या बिरामी, पढाइमा उम्दा होस् या कमजोर, विनम्र स्वभावको होस् या रुखो, बाबु आमालाई केही फरक पर्दैन । जस्तो अवस्थामा पनि उसको माया लाग्छ र खराव रहेछ भने पनि ऊ त खराव हैन तर परिस्थिति र परिवन्दको कारण यस्तो भएको पुष्टि गर्न खोज्दछन । सन्तान त हो नि माया मोहको मुख्य बन्धन ।
बिहानपख कुनबेला निदाएछन चन्द्रमोहन, विउझिदा त सात बजेछ । चेतनले कालो चिया बनाएको रहेछ, ल्याएर दियो । चिया लिनेदिने सिलसिलामा बाबुछोराका आँखा जुधे, दुबैका आँखामा परम मायाँ र वात्सल्यको समुद्र उर्लेको थियो, तर दुवै विवस ! त्यो विवस वात्सल्यको लागि शव्द थिएन, त्यो अगाध र गरिमायुक्त प्रेम अवर्णनीय थियो, शव्दातीत थियो । चियाको गिलास लिएर स्टूलमाथि राख्ने वित्तिकै बाबु छोरा दुवैको भक्कानो फुट्यो । आज वसन्तकुन्जको गल्लीभित्र ती बाबुछोरा रोएको सुन्ने र देख्ने कोही थिएन । त्यो रोदनमा आफ्नो हातमा केही नभएको विवसता थियो, प्रवल जिजिविषा थियो, अज्ञात तर ठूलो सम्भावित आसन्न घटनाको आशंका थियो र निर्दोषमाथि बिधाताको अन्यायप्रति ठूलो विद्रोह थियो, अनि थियो उही विधातासंग सानो भरोसा र प्रार्थना । बाबुछोरा एकछिन संगसंगै रोए तर एकले अर्कोलाई नरोउ भन्न पनि सकेनन, सम्झाउन बुझाउन पनि सकेनन, किनकि दुवैजना शव्दहीन थिए ।
बाबुछोरा सबेरै खाना खाएर अस्पताल गए । यति छिटै जानुपर्ने थिएन, तर पनि अन्यत्र जाने ठाउँ पनि त थिएन ! दुवैजना हिजो बसेकै हलमा गएर बसे । हलमा खासै भिड थिएन, केही बिरामीहरु डाक्टरको प्रतिक्षामा बसेका थिए, बिहानको चिया नास्ता गर्ने मानिसको उपस्थिति पनि पातलो थियो । सफाइकर्मीहरु सफाइ गर्दै थिए । यो अस्पतालमा सरसफाइमा खास ध्यान दिएको देखिन्थ्यो । अस्पतालमा काम परेका मानिस मात्र भित्र पस्न पाउने हुँदा शान्त थियो हल । उनीहरु बसेको ठाउँ नजिकै एकजना लगभग सत्तरी वर्षका मानिस रुँदै थिए, अत्यन्तै पीडायुक्त रोदन, तर शान्त, सौम्य र शालीन रोदन । उनी रुँदै छन् तर अस्पतालको त्यो शान्त वातावरणमा जोड जोडले रुनु हुँदैन, रुँदा पनि अनुशासन खोज्छ यो दुनिया, उनका आँखाबाट अविरल तर मौन झरना बग्दै छन् । सवैले सहानुभूतिको नजरले हेर्दै छन् उनलाई । तर यो बिरानो ठाउँमा बिरानो देशबाट आएको अपरिचित मानिसलाई कसरी सम्झाउनु, के भयो भनेर कसरी सोध्नु ? ती बृद्धसंग अर्को अलि कम उमेरका बृद्ध पनि छन्, तर उनी पनि चुपचाप भित्तातिर हेर्दै छन्, केही भन्दैनन्, उनका आँखा पनि डवडवाएका छन्, तर आँशुका ढिक्का बाहिर आउन सक्दैनन्, भित्रै दबेर जान्छन । एकजना भन्दैछ, येह होस्पिटल है भैया, यहाँ कोई रो रहा है, कोइ रो रो के थक गया है और कोइ रोने के लिए प्रतिक्षरत है । चन्द्रमोहन यो दृश्यलाई एक टक हेर्दै छन्, चेतन पनि हेर्दै छ । दुवैका आँखा हिजो आउँदाभन्दा आज झन् निरास र सुश्क छन्, दुवैको हिम्मत झन् खस्केको छ ।
वातावरण यस्तो बन्दै छ, अव त दुई बाबुछोरा आपसमा बोल्ने निहुँ नै समाप्त भएको भान पर्दै छ ।
बगलमा एउटा चिया, कफी, कुकिज बेच्ने ब्यापारी छ । उसको दुकान सानो मोबाइल खालको तर व्यवस्थित छ । उसले सहयोगीको रुपमा एउटा ठिटो राखेको छ । अर्को चाउमिन, छोले भटुरे, समोसा बेच्ने दुकान छ । त्यो दुकानमा एकजना लोग्ने मानिस र एक जना महिला छन्, सायद दम्पति हुन । दुकानमा भिड छैन, फाट्टफुट्ट मात्र बिक्री भइरहेको छ । एकजना भटुरेवालासंग गफिंदै छ, देखो भाइ अगर आस्तिक लोगों को देखना है तो मन्दिर मस्जिद नहीं, होस्पिटल जाना चहिए । भले आदमी और मीठी बोली भी होस्पिटल मे मिलते हैं । यह जो इरानी बुड्ढा रो रहा है ना, इसको भी आज अल्लाह याद आया है । इसकी बीबी अव नहीं जिने वाली, डाक्टर जवाव दे चुका है । इसका कोइ नहीं , बीबी के मर्नेके बाद येह अकेला रह जाएगा, बेचारा तीन महिने से दिल्ली मे है, बहुत खर्चा हुवा, लेकिन कोइ फायदा नहीं, वह जो इसके साथ् है, इसका छोटा भाइ है ।
चिया वाला भटुरे वालासंग भन्दै छ, देखो भैया अव इस दुकान से गुजारा नहीं होने वाला । लोग सब के सव मर गए क्या ? कि बिमार होना ही छोड गए ? कि पडोस मे इससे बडा होस्पिटल खुल गया ? अव तो जो भी बिमार आता है कि तुरुन्त मर जाता है या दो दिन मे ठीक होके वापस चला जाता है । आठ दश दिन भी बिमार होस्पिटल मे नहीं रहेगा तो कौन आएगा नास्ता करने ? अव के तो डाक्टर भी ठीक नहीं हैं, ये अपना तो दो ही दिन मे कुस्त उसूल करते हैं, इधर हम मारे जाते हैं । मर तों हम क्यान्टिनवाले रहे हैं इन को क्या ! सव स्वार्थी हैं । चन्द्रमोहन सुन्दै छन् र मन मनमा सोच्दै छन्, मानिस पैसाको पछाडि यसरी भाग्दै छ कि अव त लासप्रति पनि गुनासो छ, किनकि लास एक पैसा पनि नदिइकन चुपचाप जान्छ, यिनीहरुको लागि लास पनि नकचरो, लोभी र छुच्चो छ ।
बेलुका पांच बजे एकजना कर्मचारीले चेतन शर्मा किधर हैं भनेर सानो माइकबाट बोलायो । चन्द्रमोहन इधर हैं भन्दै चेतनलाई लिएर आवाजतार्फ गए । उनी एउटा ढोका अगाडि पुगे, कर्मचारीले उनीहरुलाई भितर डाक्टर साब से मिलो भन्दै कोठाभित्र पठायो । दुवैजना कोठाभित्र पसे, एकजना होचो कदको, दारी पालेको, तर पालेको दारी कपाललाई स्वतन्त्र छाडेको, रंग उडेको शर्ट र प्यान्ट लगाएको मानिस ठिंग उभिएर केही पढ्दै छ । चन्द्रमोहनले विस्तारै डाक्टर साहव से मिलना था भन्छन । दारीवालाले सुस्तरी टाउको उठाएर हेर्छन, र भन्छन ओह मिस्टर चेतन हाउ आर यु ? कमन बेटे मैं ही हुँ डाक्टर धनन्जय । आप लोगोंको मैने वेट कराया, इस के लिए । क्षमा चाहता हुँ । चन्द्रमोहनले सोचेका थिए, यति ठूलो नाम चलेको डाक्टर अग्लो, गोरो, आकर्ष र भव्य होला, खुव भाउ खाला, बोल्न पनि डर लाग्ला, कसरी आफ्ना कुरा भन्ने होला । तर यी डाक्टर त अर्कै पो निस्के, श्यामवर्ण, डल्लो शरीर, नस्याहारिएको दारी कपाल, खुइलिएको लुगा, तर भेट हुने बित्तिकै परिस्थितिलाई हलुका बनाइदिए डाक्टर धनन्जयले ।
सवैभन्दा पहिले उनले काठमाडौँबाट ल्याएका चेस्ट एक्सरे हेरे, अनि सिटी स्क्यान हेरे, ब्लड रिपोर्ट हेरे । अनि टाउको उठाएर पालैपालो बाबुछोरालाई हेरे । एउटा डाक्टर एक नजरले हेर्दा हाड मासुले बनेको सामान्य मान्छे हो भने अर्को नजरले हेर्दा भगवानको अवतार । संसारमा डाक्टर नै यस्तो व्यक्ति हो जसलाई मानिस आफ्नो व्यक्तिगत जीवनको हरेक कुरा भन्दछ । मानिस आफ्नो आबुआमा, पति, पत्नी र अत्यन्तै हितैसीलाई समेत नभनेको कुरा पहिलो पल्ट भेट भएको डाक्टरलाई निसंकोच भन्छ । डाक्टर धनन्जयले भने आप ने जिस डाक्टर को चेक कराया उस ने रोग तो पहिचान किया, पर उस मे जो रिस्क है, उसको नजरअन्दाज कर गया ।
येह तत्काल अपरेसन का केस है, नेपाल मे डाक्टर लोगों के वीच टिम वर्क नहीं है, उन लोगों को किसी से पुछ्ने और सिखने मे हीनता महसुस होता है । मैं इत्मिनान के लिए एक्सरे और कुछ ब्लड टेस्ट करावाता हुँ, चेतन के फेफड़े के बगल मे छोटा सा फुन्सी है, उसको तुरुन्त निकालना होगा । जव तक उस फुन्सी के नमुने कि रिपोर्ट नहीं आयेगी, एकिन से कुछ नहीं कहा जा सकता । लेकिन मेरा अनुभव कहता है ज्यादा घवाराने कि बात नहीं । चेतन का अपरेसन थोडा लेट हो चुका है, धीरज रखिए, सायद सव ठीक ही होगा । आप कल दोपहर को आइए साम को अपरेसन होगा । चन्द्रमोहनले डाक्टर साब कुछ कहना था मात्र भनेका थिए, डाक्टर धनन्जयले भने, देखिए मैं अभी आप से कोइ बात नहीं कर सकता, क्यो कि चेतन से भी सिरियस केश देखना है मुझे, अच्छा आप जा सकते हैं ।
आवश्यक टेस्ट गराएर बाबु छोरा डेरातिर जान्छन । अहिलेको ण हिजो र आज दिनभरिकोभन्दा आशाप्रद छ । डाक्टर धनन्जयले धेरै चिन्ता लिनु नपर्ने तर अहिले नै एकिन गर्न नसकिने कुरा गरेर पूरा निराशाबाट आधा आशामा ल्याएका छन् । अहिले दुवैको अनुहारमा किन्चित आशाका लहर देखिन्छन, चन्द्रमोहन भन्दा चेतनमा बढी आत्मविश्वास देखा पर्दैछ । आज धेरै दिनपछि चेतन आफ्नो स्वास्थ्य ’boutमा मुख खोल्दै छ बाबुको अगाडि । चेतनले भन्यो बुवा जव मेरो मुखबाट आलो रगत आयो मलाई केही न केही नराम्रो रोग लागेको हुनुपर्छ भन्ने लागेको थियो । सन्चो हुनै नसक्ने खालको र ज्यानमै खतरा हुने जस्तो लागेको थिएन । तर जव डाक्टर भास्करमा द्विविधा र अलमल देखें, मलाई लाग्यो कि त कुनै धेरै नै गम्भीर रोग लागेको छ कि भने डाक्टर साबमा कन्फिडेन्स छैन । उहाँले मसंग कुरा गर्दा जस्तो भाषामा गर्नुभयो त्यो सुनेर रोगी मानिसमा आशाको संचार हुने हैन उल्टै स्वस्थ मान्छे नै निराश हुने खालको थियो । उहाँले मलाई गिनी पिग जस्तो बनाउनु भयो । उहाँको हेराइ र बडी ल्यांग्वेज निराशा बढाउने र आत्मवल घटाउने खालको हुन्थ्यो ।
पांच पटकसम्म भेट्दा एकदिन पनि उहाँले हौसला दिन सक्नु भएन । नेपालकै राम्रो डाक्टरमा गन्ति हुने डाक्टर भास्करको व्यवहारले मलाई गलाउदै लग्यो, मलाई लाग्यो म एउटा अज्ञात तर खतरनाक रोगबाट ग्रसित छु । मलाई म छोटो समयको लागि यो संसारमा आएको पाहुना मात्र हुँ जस्तो लाग्न थाल्यो, मलाई चाडै नै मरिन्छ जस्तो लाग्न थाल्यो, भगवानले बेकारमा किन जन्म दिए होलान जस्तो लाग्न थाल्यो । मैले जव हजुर र ममीलाई निराश मुद्रामा देख्थें मलाई मेरो जीवनको भन्दा पनि हजुरहरुको चिन्ता लाग्थ्यो । म हजुरहरुको अगाडि एउटा अभियुक्त जस्तो भएको थिएँ, बुवा ममीको अनुहारमा हेर्ने साहस् नै हराउंदै गयो, हिम्मतले जवाफ दिंदै गयो । तर आज अचानक मेरो आत्मवल बढेको छ, म अव एउटा कुरामा निश्चित भएको छु म मरें भने पनि असाध्य रोगको कारण मर्छु, उपचारको अभावको कारण मर्दिन । आज दिउसोसम्म मलाई पच्चीस प्रतिशत् मात्र बाच्छु जस्तो लाग्थ्यो भने अहिले पचहत्तर प्रतिशत् विश्वास छ म बाच्छु, म स्वस्थ हुन्छु, आशा छ मलाई असाध्य हैन सानो तर अप्ठेरो खालको रोग लागेको छ । यी डाक्टरमा जुन कन्फिडेन्स देखिन्छ त्यसबाट मलाई कि म पूर्ण स्वस्थ भएर फर्कन्छु, कि मेरो रोगको समाधान भनेकै मृत्यु हो भन्ने निश्चित भएको छ, अव दुवै विकल्प मलाई स्वीकार छ ।
चन्द्रमोहन आश्चर्यमा परे । झन्डै एक महिनादेखि नबोलेको छोरो आज यसरी बोल्दै छ मानौ वाक कलामा स्नातक परी। ाामा प्रथम श्रेणीमा उत्तीर्ण भएर आएको होस् । उनी त बीस ’roundको भए पनि आफ्नो छोरालाई बालक नै देख्थे, जसरी अरु सबै बाबु देख्छन । आज उनमा पनि थोरै हिम्मत आएको छ, जे होस् छोरामा विश्वास जागेको छ, छोरो बोल्न थालेको छ, सायद विधाताले यस छोराको लागि लामो र स्वस्थ आयु बिधान गरेको छ । उनलाई लाग्दै छ, आफ्नै देशमा भरपर्दो स्वास्थ्य सेवा कहिले पाइने होला, कहिले सानो तर खतरनाक रोगको पहिचान हाम्रै देशको ल्याबमा हुने होला, कहिले हाम्रा डाक्टरहरुमा टिम वर्क गर्ने संस्कृतिको विकास होला, कहिले हजारौं नेपालीहरु ऋण धन गरेर उपचारको लागि हिन्दुस्थान जाने वाध्यताबाट मुक्त होलान । उनलाई लाग्यो जवसम्म नेपालका ठूला नेताहरु उपचारको लागि विदेश गइरहन्छ न, तवसम्म नेपालको चिकित्सा पद्धति यस्तै रहन्छ । उनलाई लाग्यो नेपालका डाक्टरहरु पनि उम्दा र योग्य छन्, तर । क्षमता विकासको कमी छ, धनको लोभले योग्यतालाई मर्दन गरेको छ । सरकारले उचित सुविधा दिन सकेको छैन, स्रोत साधनको कमीको कारण रोग पत्ता लगाउन गाह्रो छ । उनलाई लाग्यो नेपाल जस्तो देशमा अनियमित कमाइ गर्न उद्द्यत हुनाको कारण स्वास्थ्य सेवाको विश्वसनीयताको कमी पनि हो । बूढेसकालमा औषधि मुलोको लागि पैसा जोगाएर राख्न वाध्य छ नेपाली, जुन सेवा वास्तवमा सरकारले निशुल्क प्रदान गर्नु पर्थ्यो ।
आशा र निराशाको दोसाँधमा बाबुछोरावीच बोलचाल खुलेको छ , जे होस् उनीहरु आसन्न जस्तोसुकै घटनाको सामना गर्न मानसिक रुपमा तयार छन् । चन्द्रमोहन सोच्दै छन्, विधाताले जे अठोट गरेको छ त्यो त अवश्यम्भावी छ, तर उनलाई सन्तोष लागेको छ, असाध्य रोग लागेको अवस्था बाहेक अव गुहार नपाएर छोरा गयो, केही गर्न पाइए , बाबुको कर्तव्य निभाउन सकिएन भनेर पछुतो हुने छैन । छोरामा पनि पूरा हिम्मत छ, आजको दिन जे हुनु छ त्यो निर्णय हुन्छ । अव दोधारमा हिड्नु पर्ने छैन, कि पार भइन्छ कि वार भइन्छ । आज यो किशोरमा आध्यात्मिक भावना जागरण भएर अपार आत्मवलको विकास भएको छ । भगवान, विधाता, ईश्वर जस्ता कुरा सुन्दा हाँसेर बिताउने केटो आज पूरा धार्मिक र आस्तिक भएको छ, आज उसलाई मर्न र बाच्नमा फरक लागेको छैन, कि मस्तीले बाचिन्छ कि सर्लक्क मरिन्छ, अन्न सकिएको भए गइन्छ जहाँ अज्ञातले लैजान्छ, खाने अन्न र गर्ने जिम्मेवारी बाँकी भए बाचिन्छ ।
वसन्तकुन्ज रमाइलो पनि छ । भित्री वस्तीहरुमा भारतीय संस्कृतिका विविध पाप, धार्मिक कुराहरु, राजनीतिक चेतनाका विषयहरु, छिमेकी वीचको प्रेम र घृणा मिश्रित सम्बन्ध, रिस इबी, गरिवी र अभावका रुपहरु देख्न सकिन्छ । आज बाबुछोरा बिहान छ बजे नै डेरा बाहिरको पेटीमा बसेर बाहिरको नजारा हेर्दै छन् । एउटा बिहानको चिया नास्ता बेच्ने पसल बाहिर आठ दश जनाको भिड लागेको छ । चियापानको वीचमै केही छिमेकीवीच भनाभन चल्दै छ । त्यसै त भारतको बिहार र उत्तरप्रदेशको मैदानी भागमा बस्ने मानिसहरुको एकान्तमा गरिएको सल्लाह समेत पांच घर परसम्म सुनिन्छ भन्छन, अझै यो त सार्वजनिक ठाउँमा सरेआम भैरहेको झगडा । खासमा बाहिर गल्लीमा केटाकेटी खेल्दा भएको झगडाको संक्रमण भएर ठूला मान्छेसम्म पुगेको रहेछ । झगडा यस्तो अवस्थामा पुगेको थियो कि सबैलाई आफ्नो भन्नेमा मात्र ध्यान थियो, सुन्ने फुर्सद कसैलाई थिएन । धन्न सबै सुन्दैनथे, सुने पनि कुन गाली कसको लागि हो भन्ने छुट्याउन गाह्रो थियो ।
एकजना अधबैंसे पुरुष भन्दै थियो अवे चमगादड़ के दुम् ! अपने पिल्ले को ठीकाने मे रक्खो नहीं तो पाउभर मिट्टी का तेल काफी है, ऐसे जला डालुङ्गा, राख भी नसिव नहीं होगा । अर्को भन्दै थियो अब्बे गधे के बच्चे पिछले जनम मे गैंडा था क्या ? ऐसे ही तेवर दिखाता रहा तो तेरे टङ्गरी तोडकर गुल्लीडण्डा नहीं खेला तो मेरा नाम कल्लु नहीं । अर्की काली महिला एकसरो धोती माथि सार्दै भन्दै थिई अरे ओ दो कौडीका आदमी ? तुम्हे इतना मारुंगी कि टुटेहुए हड्डी गिनते गिनते रात कट जायेगी, लेकिन गिन्ती पूरी नहीं होगी । यस्तो हुलहालमा केटाकेटी झन् के कम हुन्थे, एउटा फुच्चे भन्दै थियो अबे ओ साली किचन कि छिपकली ? अपने आपको क्या समझती है तु ? तु तो कौवेकी औलाद से भी काली है, तेरा ऐसा हाल करुंगा, तेरा बाप नहीं पहचान पायेगा कि कौन हाथ है और कौन पैर ! कहिले काहीं नराम्रो कुराको पनि सकारात्मक परिणाम हुँदो रहेछ, यो सबै गालीगलोज सुनेर यी नेपाली बाबुछोरा पनि हाँसे, एक महिनापछि । यही हल्लावीच कताबाट एक हुल पुलिस आएर लाठा चलाएपछि सबै भागाभाग भए ।
अहिले भर्खर सात बजेको छ । तीन बजेसम्म अस्पताल पुग्नु पर्छ । आज चेतनले पानी मात्र खान हुन्छ । चंद्रमोहनले पनि खाना पकाएनन, नजिकैको ढावामा तन्दुरी रोटी, दाल, दही र शव्जी खाए । उनले पैसा सोधे ठूलो दुई गोटा तन्दुरीको आठ रुपैयाँ, सादा दालको पांच रुपैयाँ, दहीको सात र शव्जीको सात रुपैयाँ गरी जम्मा सत्ताइस रुपैयाँको खानाले टन्न भयो । हिन्दुस्थानमा पैसाको क्रयशक्ति छ । मानिसहरु किफायती पनि छन् । जाँडरक्सी खाने उस्तो चलन छैन । कसैलाई खान मन लाग्यो भने तीनपुस्ते लेखाएर मात्र किन्न पाइन्छ । निरन्तर उत्पादकत्व बढ्दै छ, जनता खुसहाल हुँदै छन् । चंद्रमोहनले खानाको पैसा तिरे । अव पांच छ घण्टापछि मात्र अस्पताल गए हुन्छ । ढावामा खासै भिड छैन, फाट्ट फुट्ट ग्राहक छन् आउंदै खाँदै जाँदै छन् । ढावाको काउन्टरमा एउटा मोटो मान्छे बसेको छ, सातदिने दारीले उसलाई फोहोरी देखाउंछ ।
अझै मुखभरि राखेको श्यामबहारले त उसलाई राम्रोसंग बोल्ने सुविधा पनि दिंदैन, तैपनि नबोली बस्नु छैन ऊ कराउंदै छ, अबे कहाँ मर गए सव, ओए गोरे, अबेओए खिम बहादुर ! मोटे साहुले चन्द्रमोहनतिर हेर्छ, लाग्छ उसले नेपाली केटाहरुलाई नोकर राखेको सान दिन उनीहरुलाई नै नाम लिंदै बोलाउंदै छ । उसले चंद्रमोहनलाई हेर्दै सोध्छ तुम भी नेपाल से हो ना ? उनले सकारात्मक टाउको हल्लाउछन् । उच्च तहका र शिक्षित हिन्दुस्थानीहरु नेपालीसंग यसरी बोल्दैनन, तल्लो तहका मजदुरहरु नेपालीलाई पाएसम्म ठग्छन तर हेपेर बोल्दैनन । तर निम्न पुँजी भएका यस्ता ससाना व्यापारी, कर्मचारी र सार्वजनिक यातायातका स्टाफहरु दम्भ देखाउछन् । मोटे साहुको टेवलमा एकठाउँमा प्रो. नत्थुलाल लेखेकोबाट थाहा हुन्छ उसको नाम नत्थु रहेछ । नत्थुले चन्द्रमोहनतर्फ हेर्दै भन्छ , कोइ अपना है क्या दिल्ली मे ? किस होटल मे काम करता है ? चंद्रमोहनलाई यसबाट किन्चित आश्चर्य लागेको छैन, मजा लागिरहेको छ, यो नत्थु हिन्दुस्थानमा काम गर्ने नेपाली कामदारप्रतिको धारणाको प्रतिनिधि पात्र पनि हो ।
उनी जवाफ दिन्छन, मेरा यहाँ कोइ नहीं है, वैसे तो हिन्दुस्थान मे जितने भी नेपाली हैं, वह सब मेरे भाइ बहन हैं, सव के प्रति मेरा प्यार है और मेरे लिए सव के सव नेपाली मेरे प्राण से भी प्यारे हैं । नत्थु चंद्रमोहनलाई चाखलाग्दोगरी हेर्दै भन्छ, देखो भैया नेपाल के बहुत ज्यादा लोग अपने रोजीरोटी के लिए भारत मे आतें हैं, नेपाल मे खानेको भी नहीं मिलता है क्या ? एउटा सानो फोहोरी व्यापारी यसरी आफ्नो अहंकार वाक्दै छ , तर चन्द्रमोहन शान्त रहन्छन, उनी सोध्छन, नत्थुजी आप कभी नेपाल गए हैं ? नत्थु भन्छ नेपाल मे क्या है जो मैं उधर जाउँ ? नही गया और नहीं जाऊंगा । चन्द्रमोहन भन्छन अच्छा ! आप बडे दिलचस्प आदमी हैं, आप से मिलके बडा आनन्द आ रहा है, नत्थुले आफ्नो जुंगामा तीन महिनादेखि नकाटेका नङ समेतको हातले ताउ दिन्छ । तो आप और कितने देश गए हैं ? नत्थु भान्छ मैं क्यों जाउँ विदेश ? मुझे पागल कुत्ता काटा है क्या ? बेकार के सैर सपाटे मे क्यों खर्चा करु ? चंद्रमोहनले अलि कडा शव्दमा भन्छन जव अपने देश से बाहर ही नहीं गए हैं तो कैसे कह सकते हैं कि नेपाल मे कुछ नहीं है ? अपनी येह संकरी सीमा से जरा बाहर आइए नत्थुजी, और दम्भ मत किजिए । यहाँ नेपाली काम कर रहे हैं नेपाल मे हिन्दुस्थानी काम कर रहे हैं ।
आप को मालुम है नेपालमे कवाड कौन साफ करता है ? पुराने बोतल और कागज कौन जमा करता है ? सडक मजदुर कौन है ? शव्जी कौन घर घर पहुचाता है , और सडक गली मे माग माग के कौन खाता है । दो नेपाली को काम मे क्या रक्खा आपका तेवर इतना हाइ हो गया । समझ के बात किजिए और अपने औकात मे रहिए, और नेपलियों को आदर करना सिखिए । नत्थु चन्द्रमोहनलाई एक टक हेर्दै छ, भन्छ आप तो बहुत अच्छा हिन्दी बोलते हैं और बात भी टके कि करते हैं । चन्द्रमोहनले पेलेर भन्छन मै बहुत टकेकी अंग्रेजी भी बोलता हुँ, बोलना है ? नत्थु पानी पानी हुँदै भन्छ हो गया साहेव आप भी ! कहाँ आप और कहाँ हम । यस्तो छ नेपालीप्रतिको कुनै कुनै हिन्दुस्थानी नागरिकको मानसिकता, तर सवै यस्ता छैनन् । नेपालमा पनि मजदुरी गरेर खाने भारतीयलाई यदाकदा हेप्ने व्यवहार हुन्छ । मजदुरको लागि आफ्नो रोजी रोटीको समस्या छ, अरु कुरा त राजनीति गर्नेको लागि हो ।