कपिललाई पहिलाको जस्तो मूर्ख काम नगर्न सलमानको सुझाव

एजेन्सी – द कपिल शर्मा शोका निर्माता सलमान खानले स्टार कमेडियन कपिल शर्मालाई पहिलेको जस्तै कुनै पनि विवादमा नपर्न सल्लाह दिएका छन् ।

स्मरण रहोस्, सुनिल ग्रोवरसँग भएको विवादपछि कपिल शर्माको करियर लगातार पतनतर्फ अघि बढिरहेको थियो । न त उनको शो हिट भइरहेको थियो न नै उनी पहिलाको जस्तो चर्चामा थिए । यस्तोमा सुपरस्टार सलमान खानले उनको हात थामेर उनलाई डुब्नबाट जोगाए ।

सलमान खानले द कपिल शर्मा शोका निर्माण आफ्नो हातमा लिए र शोको पहिलो एपिसोडमा सलमानको पूरा परिवार पुग्यो । सलमान खानले कपिल शर्मालाई मात्र हिट गराएनन् सुनिल ग्रोवरलाई पनि उनको फिल्म भारतमा काम गराएर थप चर्चित बनाए ।

आइबी टाइम्सको स्रोतलाई हवाला दिँदै भन्यो, ‘कार्यक्रमले निकै राम्रो गरिरहेको छ । यसले निकै राम्रो टिआरपी पाइरहेको छ । सलमान खानले कपिललाई अब पहिलाको जस्तो मूर्ख काम नगर्न स्पष्ट पारेका छन् ।’