अष्ट्रेलिया कार दुर्घटनामा दुई नेपालीको मृत्यु, तीन घाइते

अष्ट्रेलियाको कुमामा आइतबार भएको कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको ज्यान गएको छ । उक्त दुर्घटनामा तीन जना घाईते भएका छन् ।  कार दुर्घटनामा स्याङजाकाे वालिङ नगरपालिका १० का समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको ज्यान गएको हो ।

तिब्र गतीका कारण दुर्घटना भएको नेपाली  दूतावास अष्ट्रेलियाका कार्यवाहक राजदूत  दुर्पदा सापकोटाले बताइन् । गुडिरहेको कारको  अगाडि अकस्मात कँगारु आउँदा बचाउने क्रममा अनियन्त्रित हुन गई दुर्घटना भएको सापकोटाले बताइन् । उनका अनुसार दुर्घटनामा परेका विद्यार्थीहरु सिड्नीमा अध्ययनरत हुन् ।  

एवीसी न्युज अष्ट्रेलियाका अनुसार उक्त कारमा पाँच जना सवार थिए । जब कार अनियन्त्रित भई सानो विरुवमा ठोक्किन पुग्यो कारमा सवार महिला आफ्नो सिट भन्दा धेरै पर उछिट्टीएरकी थिइन् । सोही समयमा अन्दाजी २० वर्षका पुरुषको पनि मृत्यु भएको थियो । कारमा १९ वर्षका दुई पुरुष भने कार भन्दा बाहिर आएर प्रहरीलाई मद्दतका लागि बोलाउन सफल भएका थिए । उनीहरुलाई उपचारका लागि कुमा अस्पतालमा लगिएको छ । 

सञ्चार माध्यमले जनाए अनुसार १५ जनाको समूह तीनवटा कारमा विदा मनाउन जाँदै थिए । दुर्घटनामा परेका कारमा अधिकांश १९–२२ उमेरका रहेको बताइएको छ ।