भैंसीको अपहरण: अपहरणकर्ताले मागे लाखौं फिरौती

एजेन्सी-भारतको मध्य प्रदेशस्थित उज्जैन भन्ने ठाउँमा एउटा रोचक घट्ना घटेको खबर भारतीय संचारमाध्यममा प्रकाशन गरिएको छ।

जहाँ एउटा भैंसीको अपहरण भएको छ। यो घटना पहिलो पटक भने होइन, यसअघि पनि यस्तो घट्ना घटिसकेको जनाइएको छ। उज्जैन भन्ने स्थानमा बसोबास गर्दै आएकी अंगूरबाला हाडा नाम गरेकी महिलाको घरमा यो घट्ना घटेको हो।

भारतीय संचार माध्यम आज तक मा उल्लेख गरिएको समाचारका अनुसार पहिलोपटक भैंसी अपहरण हुँदा मालिकले अपहरणकर्तालाई एक लाख ३५ हजार रुपैयाँ दिएर फिर्ता ल्याएको जनाइएको छ।

त्यसको करिब एक वर्षपछि आफ्नो २८ जुनमा फार्ममा हेर्दा पुनः ४ वटा भैंसी हराएको थियो। पछि फार्ममा लगाइएको सिसिटिभी फुटेज हेर्दा केही व्यक्तिहरुले भैंसी लगेको दृश्य देखिएको र चेकजाँच गर्दा पुरानै अपहरणकर्ता भएको खुल्न आएको छ।

अपहरणकारीले उनीसँग लाखौं फिरौती मागेको बताइएको छ। तर भैंसी मालिक हाडाले यसपटक भने प्रहरीकोमा उजुरी दिएपछि बल्ल यो घटना सार्वजनिक भएको हो। उजुरीसँगै भैंसी लग्ने व्यक्तिहरुको खोजी कार्यमा प्रहरी लागि परेहेको जनाइएको छ।