कश्मीरमा तनाव : शीर्ष नेता नजरबन्दमा

श्रीनगर । कश्मीरमा जारी हलचलको खबरका बीच जम्मू–कश्मीरमा सोमबार आधा रातदेखि सुरक्षा कडा पारिएको छ । श्रीनगरमा धारा १४४ लागू गरिएको छ भने जबकि जम्मूमा कर्फ्यू लागू गरिएको छ ।

श्रीनगरमा आधा रातदेखि नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यष महबूबा मुफ्ती र जम्मू कश्मीर पीपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनको घरमा नजरबन्द गरिएको छ ।

श्रीनगरमा रहेका पत्रकार माजिद जहांगीरका अनुसार श्रीनगरमा धारा १४४ लागू गरिएको छ । यसअनुसार त्यहाँ सर्वसाधारणले खुलारुपमा आवतजावत गर्न पाउने छैनन् भने सबै शैक्षिक संस्थान बन्द रहनेछन् । साथै, शैक्षिक संस्थानहरुमा छात्रहरुलाई होस्टल खाली गर्न पनि भनिएको छ ।

श्रीनगरसहित कश्मीर घाटीमा मोबाइल र इन्टरनेट बन्द गरिएको छ । श्रीनगरमा ल्यान्डलाइन फोनमा पनि सम्पर्क हुन सकिरहेको छैन । श्रीनगरमा कर्फ्यूजस्तो हालत भए पनि कर्फ्फू लागू गरिएको छैन ।

जम्मूस्थित स्थानीय पत्रकार मोहित कान्धारीका अनुसार सोमबारबाट जम्मू कश्मीर प्रहरीको तर्फबाट कर्फ्यू ऐलान गरिने तयारी गरिएको छ ।

यसबीच सबैको नजर नयाँ दिल्लीमा रहेको छ जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान ९ः४५ बजे आफ्नो निवासमा केन्द्रीय क्याबिनेट बैठक बोलाएका छन् । यद्यपि, उक्त बैठकमा कश्मीरको स्थिति ’bout चर्चा हुन्छ या हुँदैन भन्ने पक्का छैन ।

उता, पाकिस्तानको इस्लामाबादमा पनि आज दिउँसो २ बजे कश्मीर मामिलामा संसदीय समितिको बैठक बोलाइएको छ ।

भारत प्रशासित कश्मीरको स्थिति लिएर अनिश्चितताको स्थिति शुक्रबार शुरु भएको थियो । जब जम्मू कश्मीर प्रशासनले अमरनाथ यात्रा १४ दिनअघि रद्द गर्दै यात्रु र पर्यटकहरुलाई चाँडोभन्दा चाँडो घाटी खाली गर्ने निर्देशन भएको थियो ।