ह्वात्तै बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । नेपाल सुन चाँदी व्यवसायी संघले आइतबार छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँमा बिक्रि भएकाे सुन साेमबार ६७ हजार ८ सय रूपैयाँ कायम भएकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ताको आकर्षण बढेपछि नेपाली बजारमा ह्वात्तै भाउ बढेको महासंघले जनाएको छ ।पछिल्लो समय सुन महँगो भएपछि बजारमा सुन किन्न आउनेको भिड कम हुने गरेको छ ।

मूल्य आकासिएपछि पुराना सुन बिक्री गर्ने ग्राहक बढेका छन् भने नयाँ सुन किन्न आउने ग्राहक नै नभएको व्यवसायीहरु बताउँछन् ।