राज्यले व्यवसायीमाथि संका गर्यो

नागरिक र नीजि क्षेत्रलाई शंकाको दृष्टिले हेर्ने सरकारको नीतिको कारण नेपाली अर्थतन्त्र ओरालो लागेको राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति समशेर जबरा र डा। प्रकाशचन्द्र लोहनीले बताएका छन् ।

नीजि क्षेत्रलाई अत्याउने, अविश्वास गर्ने सरकारी नीतिले नेपाली अर्थतन्त्र गम्भीर मोडमा आइपुगेको राप्रपा संयुक्तका अध्यक्ष राणाले बताए । “अर्थतन्त्र संकटपूर्ण अवस्थामा छ । विदेशी मुद्रा संचितिले पाँच महिनाको आयात मात्र धान्ने अवस्था छ । तर सरकार, नेपाल राष्ट्र बैंकले जिम्मेवारी बहन गरेको छैन, यस सम्बन्धमा कुनै नीति छैन,” राणाले भने ।

“हामी उदारवादमा विश्वास गर्दछौं । उदारवादी अर्थतनीतिका आधारमा सरकारले केवल नियमकको भूमिका निर्वाह गर्ने हो । सरकार स्वयमले उद्योग व्यवसाय संचालन गर्छु भन्न’ गल्ती हो । यसकारण उद्योग, व्यवसाय, वाणिज्य सम्बन्धी नीतिमा आमुल परिवर्तन चाहिएको छ ।”

अर्का अध्यक्ष डा लोहनीले कलकारखानामा ह्रास आएको, उत्पादन, रोजगारी घटेर गएको अवस्था चित्रण गर्दै सरकारको गलत नीतिले अर्थतन्त्र संकटको घेरामा परेको ठहर गरे ।

“आर्थिक विकासको आधार पुंजी–श्रम र प्रविधिको समीश्रणबाट ह’ने उत्पादकत्व वृद्धि हो । नेपालको कलकारखाना क्षेत्रको उत्पादकत्व घटेर जान’ चिन्ताको विषय हो ।

राप्रपा संयुक्तले वर्तमान परिप्रेक्ष्यमा उद्योग व्यवसायीसँग बुधबार अन्तरक्रिया सम्पन्न गर्यो । प्रवक्ता सगुन सुन्दर लावतीका अनुसार उद्योग व्यवसायको वर्तमान अवस्था र समस्या, आवश्यक ऐन नियम, सरकारको नीति, गल्ती कमजोरी र राप्रपा (संय’क्त) को भूमिकामा केन्द्रीत रहेर अन्तरक्रिया सम्पन्न गरिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरीष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने, “सबभन्दा शक्तिशाली सरकारको ?पमा आएको वर्तमान सरकारसँग ठुलो आशा थियो । तर व्यापार घाटा बढेको छ ।

अन्तरक्रियाको क्रममा गोल्छाले सरकारले नीजि क्षेत्रलाई विश्वास नगरेको भनाई प्रस्तुत गरे । “नीजि क्षेत्रसँगको साझेदारीमा समृद्ध नेपाल प्राप्त गर्ने भन्ने भए पनि नीजि क्षेत्रप्रति अविश्वास बढेको छ । पहिलेको तुलनामा राज्यको नियन्त्रण झन् बढेर गएको छ । जसकारण उद्योगमा भन्दा ट्रेडिङमा आकर्षण बढेको छ ।”

के।एल। द’गड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले भने, “उद्योग व्यवसाय, अर्थतन्त्र विकासको पक्षमा सरकारको दिर्घकालीन नीति छैन । निर्यातमा प्रोत्साहन छैन, काम गर्ने वातावरण ब्रेक लगाउने अवस्था विद्यमान छ । तर, वातावरण, नीति नियम, कान’नमा स’धार ल्याउने हो भने नीजि क्षेत्रसँगको साझेदारीमा उत्पादन र आर्थिक वृद्धि संभव छ ।”नेपाल उद्योग परिसंघका पुर्वअध्यक्ष हरीभक्त शर्माले आयातमुखी नभएर उत्पादनमुखी अवधारणा आवश्यक रहेको बताए ।

“नेपालको आर्थिक विकासलाई सही मार्गमा फर्काउन, उद्योग व्यवसाय फस्टाउन कान’नमा सुधार गर्नु पर्दछ । निर्यातमुखी अवधारणा अंगीकार गर्नुपर्दछ । उद्योग संचालन गर्न आवश्यक जमीन उपलब्ध गराउन’ पर्दछ । शिक्षा र प्राज्ञिक क्षेत्रमा सकारात्मक सुधार गर्नुपर्दछ ’cause मानव संशाधन जस्तो आवश्यक आधार नभएमा उद्योग व्यवसाय फस्टाउन सक्दैन ।”नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक इच्छाशक्तिको अभावमा आर्थिक विकास संभव नभएको बताए ।

“व्यवसायीलाई काम गर्न सही नीति नियम, कानुनी व्यवस्था उपलब्ध गराउने भन्दा राज्यले नै व्यवसायीमाथि शंकाको दृष्टिले हेर्ने माहोल छ । इमान्दार व्यवसायीलाई टिक्न गाह्रो छ । कर्मचारी, राजनीतिज्ञ, व्यवसायी, सबै क्षेत्रमा जसरी भए पनि छिटोभन्दा छिटो पैसा कमाउने ध्याउन्न छ,” सिंहले भने