सेञ्चुरी बैंकको डेपुटी सीइओमा मनोज न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंक लिमिटेडको २०७६ साल श्रावण २८ गते बसेको सञ्चालक समितिको २९४ औ बैठकको निर्णयानुसार बैंकको रिक्त रहेको नायव कार्यकारी प्रमुख पदमा हाल प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत मनोज न्यौपानेलाई मिति २०७६ श्रावण २८ गते देखि लागू हुने गरी नियुक्त गरिएको छ ।

विगत २ वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत मनोज न्यौपाने लक्ष्मी बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा प्रारम्भ गर्नु भई हिमालयन बैंक लिमिटेड तथा सनराईज बैंक लिमिटेड गरी करिब १५ वर्षको विस्तृत बैंकिङ्ग कार्यानुभव हासिल गर्नु भएको छ । न्यौपाने बैंकको प्रमुख सूचना अधिकारी पनि हुनुहुन्छ ।

मनोज न्यौपान काठमाडौं विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ । उहाँको लगनशीलता, बजार पहुँच, बैंकिङ्ग तथा वीत्त बजार सम्बन्धी ज्ञान तथा प्रभावकारी नेतृत्वमा बैंक आगामी दिनहरुमा अझ गतिशिल भई सफलताका साथ अगाडि बढ्ने विश्वास छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथ १३ वटा शाखरहित बैंकिङ्ग गरी जम्मा १३५ स्थानहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।