जागिर जाने डरले नेताको छोराले गरे आत्महत्या !

एजेन्सी -भारतीय जनता पार्टी (भाजपा) का आइटी सह–संयोजक कुमार विश्वजीतका छोराले शुक्रबार आत्महत्या गरेका छन् ।

२६ वर्षका कुमार आशिष ‘टाटा मोटर्स’ को लागि काम गर्ने कम्पनी ‘अटोमेटिक एक्सेला’ मा काम गर्थे । आत्महत्या गर्नु एक घण्टा अघिमात्र उनी श्रीमतीलाई भेट्न उनको कलेज गएका थिए । त्यसपछि उनी आफ्ना साथीसँग एकछिन घुमे ।

त्यसपछि घर फर्किए र पंखामा झुण्डिएर आत्महत्या गरे । उनलाई कथित रुपमा अटो सेक्टरमा आएको मन्दीका कारण उनको जागिर जाने हो कि भन्ने डर थियो ।

यद्यपि, उनले आफ्नी श्रीमती र साथीहरुलाई उनी तनाव भएको ’bout सानो शंका पनि दिएनन् । उनले कुनै सुसाइड नोट पनि छोडेका छैनन् । अब पुलिसले उनको आत्महत्याको वास्तविक कारण ’bout पत्ता लगाउने कोसिस गरिरहेको छ ।

जमशेदपुरका एसपी सुभाष चन्द्र जाटले बीबीसीसँगको कुराकानीमा भनेका छन्, ‘पुलिसलाई अहिले जति पनि कुरा थाहा भएको छ त्यसमध्ये एउटा कारण जब इनसिक्योरिटी (जागिरको विषयमा असुरक्षाको भावना) पनि छ । यद्यपि, उनी हिजो पनि अफिस गएका थिए । त्यसकारण आत्महत्याको मूल कारण पत्ता लगाउन केही समय लाग्नेछ ।’

के जागिर जाने डर थियो ?

आशिषका पिता कुमार विश्वजीत पनि भाजपाका सदस्य हुनुका साथै टाटा स्टिलका लागि सम्झौतामा काम गर्दथे । उनका अनुसार आशिषको टिस्को नामको कम्पनीमा पनि तालिम पछि परीक्षण भइरहेको थियो ।

‘तालिमको प्रक्रिया पूरा गर्न थोरै कठिन छ । कर्मचारीलाई डर छ कि यदि परीक्षणमा फेल भए अर्को दिन उनीहरुको गेट पास बन्छ बन्दैन भन्ने डर हुन्छ । यस्तोमा उनीहरुलाई आफ्नो जागिरको पनि चिन्ता हुन्छ ।’

कुमार विश्वजीतले बीबीसीसँग भने, ‘केही दिन अघि घरमा हामीले मेरो जागिर खोसियो भने घर कसरी चल्छ भन्ने विषयमा छलफल गरेका थियौं । त्यतिबेला मेरो छोराले उनको जागिर पनि धरापमा भएको बताएका थिए ।’

‘तर यो नै उनको आत्महत्याको कारण हो भनेर हामी किटान गर्न सक्दैनौं ’cause उनले परिवारका कोहीसँग पनि यस’bout कुराकानी गरेका थिएनन् । आशिषले आफ्नी श्रीमतीलाई समेत केही भनेका थिएनन् । त्यसकारण उनले अचानक आत्महत्या किन गरे, यो भन्न मुश्किल छ ।’

स्तब्ध छिन् आशिषकी श्रीमतीः

कुमार आशिषकी श्रीमती ज्योति स्तब्ध छिन् । एक वर्षअघि मात्रै जून २०१८ मा आशिषसँग उनको प्रेम विवाह भएको थियो । अगस्ट ८ मा उनको जन्मदिन थियो ।

ज्योति जमशेदपुरको गोलमुरी अब्दुल बारी कलेजमा काम गर्छिन् । शुक्रबार बिहान १० बजे आफ्नो अफिस जानेबेला उनका श्रीमानले नै उनलाई कलेज छोडेका थिए र दिउँसो तीन बजे केही आवश्यक स्टेशनरी दिनका लागि उनी पुनः कलेज गएका थिए । त्यो नै उनीहरुको अन्तिम भेट बन्यो ।