यौनिकतामाथि ट्रोल : करण जोहरले दिए रोचक जवाफ

एजेन्सी-बलिउड फिल्म निर्माता करण जोहरको यौनिकता सधैं नै प्रश्न चिन्ह खडा हुन्छ । ट्वीटरमा एक प्रयोगकर्ताले करणलाई उनको यौनिकताको विषयमा ट्रोल गर्ने कोसिस गरे । यद्यपि, प्रयोगकर्ताले जुन ट्वीट गरेका थिए त्यो अब डिलिट भइसकेको छ । उक्त ट्वीटमा लेखिएको थियो, ‘करण जोहरको जीवनमा एउटा फिल्म बन्नुपर्छ ।’

ट्रोलरको यो ट्वीटको करणले व्यंग्यात्मक तरिकाले जवाफ दिँदै लेखे, ‘द गे’ । करणले यसलाई रि–ट्वीट गर्दै लेखे, ‘तपाईं वास्तवमा नै ओरिजिनल जिनियस हुनुहुन्छ । यतिका दिनसम्म कहाँ लुक्नु भएको थियो ? आज ट्वीटरमा सबैभन्दा अनुकुल मुद्दा उठाएकोमा तपाईंलाई धन्यवाद ।’

केही दिन अघि अरबाज खानको शोमा करण जहोरले सोसल मिडिया ट्रोलिङ’bout भनेका थिए, ‘पहिला जब म ट्रोल हुन्थेँ तब निकै दुःखी हुन्थेँ र रिसाउँथे पनि । तर अब म यो स्थितीलाई शानदार मनोरञ्जनको रुपमा हेर्छु । आजकाल जब मलाई ट्रोल गरिन्छ तब म यसको भरपुर मज्जा लिन्छु ।’

‘तपाईं मसँग कुरा गर्न सक्नुहुन्छ तर मलाई रोग लागेको वा ममाथि केही गलत भइरहेको जस्तो देखाउन आवश्यक छैन,’ उनले भने ।कामको कुरा गर्ने हो भने करण जोहरको ब्यानर धर्मा प्रोडक्सनमा बनेको फिल्म कलंकले बक्स अफिसमा खासै कमाल देखाउन सकेन ।