रवि लामिछानेसहित तीन जनालाई २० दिन हिरासतमा राख्न माग

चितवन प्रहरीले चितवन जिल्ला अदालतसँग रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाइ २० दिन हिरासतमा राख्न माग गरेको छ । अनुसन्धान पूरा नभएको जनाउँदै उनीहरुलाई थप अनुसन्धानको लागि २० दिन हिरासतमा राख्न माग गरेको हो ।

यसअघि शुक्रबार यी तीनै जना अभियुक्तलाई अदालत पेश गरिएको थियो । शुक्रबार थुनछेकको बहसपछि अदालतले ५ दिन अनुसन्धानको लागि हिरासतमा राख्न अनुमति दिएको थियो । त्यो समय हिजो सकिएको छ । आज प्रहरीले २० दिन हिरासतमा राख्न माग गरेको छ । आज प्रहरीले मागेको समय प्रहरीले हिरासतमा राख्न पाउने अधिकतम समय हो ।

यदि प्रहरीले आज २० दिन हिरासतमा राख्ने अनुमति पाएमा अर्को पटक अदालत पेश गर्दा अदालतले या त उनीहरुलाई छाड्ने आदेश दिनुपर्ने हुन्छ या त जेल चलान गर्नुपर्ने हुन्छ । प्रहरीले कुनै पनि अभियुक्तलाई २५ दिन भन्दा बढी हिरासतमा राख्न पाउँदैन । २५ दिन पूरा भएपछि अभियुक्तलाई छाड्ने वा जेल चलान गर्ने दुई विकल्प मात्र बाँकी रहन्छन् ।