मृतकलाई जिबित बनाउन अस्पतालले चाल्यो यस्तो कदम !

एजेन्सी-जब कसैको मृत्यु हुन्छ तब उसलाई जिबित बनाउनु असंभव हुन्छ। तर भारतको महाराष्ट्रमा यस्तो घटना सार्वजनिक भएको छ, जसले सबैलाई चतिक पारेको छ।

घटनाका अनुसार महाराष्ट्रको जलगाउँको एक राजकीय अस्पतालको शव गृहमा दुई किशोरको शव सिधे नुनमा राखिएको थियो। उनीहरुलाई जिबित बनाउन त्यस्तो गरिएको थियो। प्रहरीले यो घटनाको पुष्टि गर्न सम्बन्धित अस्पतालको डिनलाई एक पत्र लेखेको छ।

एमआईडीसीका प्रहरी निरीषक रंजीत शिरसाथले भने–शव अस्पतालको कब्जामा थियो। त्यस कारण हामीले घटनाको पुष्टि गर्न सकेनौं।’ यद्यपी उनले यो घटनाको पुष्टि गर्न डीनलाई पत्र लेखेको भने स्वीकार गरेका छन्।

यो घटनासँग सम्बन्धित एउटा फोटो सामाजिक संजालमा शेयर गरिएको छ। जसमा दुई युवको शवलाई सिधे नुनमा डुबाएर राखिएको देखिएको छ। एक अधिकारीले उनीहरुलाई जिबित बनाउनका लागि त्यसो गरिएको हुन सक्ने आशंका व्यक्त गरे।

उनका अनुसार जलगाँउको मास्टर कोलोनीका दुई युवकको शुक्रबार पोखरीमा डेबेर मृत्यु भएको थियो। त्यसपछि उनीहरुको शवलाई त्यही रात पोस्टमार्टमका लागि पठाइएको थियो।