राजनीतिको नश्ल

बहुदल आयो पंञ्चायत जस्तै
गणतन्त्र आयो र पनि उस्तै
राजनीतिमा भने सँधै राजभोग
जनतालाई ढिंडो पनि निस्तै !

देशमा कोरोनाको कहर छ
त्रासमा बाँचेको गाँउ-शहर छ
देश चलाउने ठेकदारहरुलाई
केवल कुर्सीकै रहर छ !

सरकारको विवेक हरायो
न्यायालयको न्याय हरायो
रनभुल्लमा नागरिक समाज
संसदको झन् वाक्य हरायो
!

चारैतिर माफिया र तस्कर
भ्रष्ट र बिचौलियाकै लस्कर
नसुध्र्रिने भयो राजनीतिको नस्ल
लुटतन्त्र नै आँगालिन्छ अक्सर !