अविरल चोटहरु

 

भागवत खनाल 

 

 

आज फिटिक्कै निद्रा लागेन । चाँदनीले टर्च बालेर भित्ताको घडी हेरिन, साढे बाह्र बजिसकेछ । उनी फेरी आँखा चिम्म गरेर निदाउने असफल चेष्टा गर्छिन, तर निद्रा लागेन । मनमा  झलझली पुराना सम्झना आइरहे, जान्ने बुझ्ने उमेर भएदेखि आजसम्मका सवै घटना पालैपालो मनमा आउन थालेपछि कसरी निद्रा लाग्नु ?

 

 

 

चाँदनीको जन्म पर्वतमा भयो, त्यहीं हुर्किन र एस एल सी सम्म पढिन । उनका दुईजना दाइ र एकजना बहिनी छन् । एकजना दाइ गाउँमै शिक्षक छन्, अर्को दाइ सरकारी जागिरे चितवनतिर बसाइ सरेका छन्, बहिनी पोखरामा छन् । उनी किशोर अवस्थामा हुँदा बिछट्ट सुन्दर थिइन, पढ्नमा तगडा थिइन, विनम्र स्वभाव र अनुशासित । भर्खर एस एल सी को परीक्षा दिएर बसेकी थिइन उनी, आई एस्सी पढ्न पोखरा जन चाहन्थिन र यस ’boutमा आमालाई मनाइसकेकी थिइन, तर बाबुलाई भन्ने हिम्मत थिएन । बाबु शिक्षित नभए पनि जमाना अनुसार चल्नु पर्छ भन्ने बुझेका मान्छे थिए, त्यसैले बाबुले पनि मान्लान भन्ने आशा थियो । दाइहरु पढाइको सिलसिलामा पोखरातिरै भएकोले पनि पठाउन गाह्रो थिएन ।

 

 

 

एस एल सी पछिको फुर्सदको समय थियो, चादनी त्यस दिन दौंतरीहरुसंग बजार घुम्न जाने सोचमा थिइन । उनले विहानै आमालाई भनिन, आमा म आज एकछिन बाहिर घुम्न जान्छु है ! आमाले उनलाई हेरिन, ओ हो आमाको अनुहार के भएको ? आमा त पूरा चिन्तित पो देखिनुहुन्छ ? के भयो आमा तपाइंलाई, भैगो आमा म कतै जान्न, तपाईंसंगै बस्छु चिन्ता नगर्न्नुहोस म जान्न । आमाका आँखाबाट आँशुका धारा बग्न थाले, कुनै आवाज छैन, बाहिरी रोदन छैन तर पीडा चुपचाप बाहिर पोखिंदै छ आँशुको रुपमा । आमाले भनिन नानी आज तँ कतै जान मिल्दैन, आज तँलाई माग्न आउंदै छन् । मैले धेरै भनें छोरी सानै छ, बल्ल पन्ध्र पुगी, बिहा गर्ने बेला पनि भएको छैन, अहिले हतार नगरम पछि पनि राम्रो घर पाइएला नि भनेर धेरै सम्झाएँ, तर तेरो बाले मान्दै मान्नु भएन । भन्न थाल्नु भयो मैले पनि खोज्दै हिंडेको त कहाँ हो र ? आफै आए ।

 

 

 

मलाई यो पर्वत जिल्लामा छोरी दिनुपर्यो भने कसलाई दिन्छस भनेर भगवान प्रकट भएर सोधेको भए पनि शिवलालको छोरालाई दिन्छु भन्ने थिएँ । आज तिनै शिवलाल आफै माग्न आउंदै छन्, तल परेर आउंदै छन् । तँ चुप लागेर बस, मलाई पनि छोरीको माया छ, तँलाई मात्रै छ र ? बाबु भएपछि कति भार हुन्छ तँलाई के थाहा भन्नु भयो । मैले अरु पनि त होलान नि भन्दा धेरै नबाझ, तीन तीन जना छोराको पनि लगालग बिहा गर्नु छ, यस्तो घरमा सम्बन्ध भएपछि पछिसम्म हुने व्यवहारमा आड भरोस हुन्छ, समाजमा इजेत बढ्छ, चार जनाले गन्छन, समाजमा मान मनिता हुन्छ । छोरीले सुख पाउँछे, बलियो चाँदो लिएर आएकी रहिछ हाम्री चाँदनीले भन्नु भयो । मेरो उपाय लागेन अरु केही बोल्न सकिन नानी ।

 

 

 

चाँदनी छाँगाबाट खसेजस्तो भइन । यो के हो ? सोच्दै नसोचेको ? पढ़ौंला, सरकारी नोकरी गरौंला, बा आमाको सेवा गरौंला भन्ने अभिलासा थियो, मनमा उमङ्ग थियो, उज्ज्वल भविष्यको कल्पना थियो । अहिले त उनले जताततै अँध्यारो देखिन, सारा संसार उनको लागि बिरानो र भयानक डरलाग्दो देखिन । अस्ति भर्खर त हो स्वस्थानीको ब्रत सकिएको ! गोमा ब्राह्मणीले भोग्नु परेको दुक्ख सुनेर कति रोएकी थिइन, अनि सती देवीलाई महादेवको हातमा दिएर पठाउने तर त्यही बाबुले आफ्नो छोरी ज्वाईंलाई अपमान र हेला गरेको सुनेर कति दुखी भएकी थिइन उनी । तर आज आफ्नो गत पनि उस्तै देखिन उनले, बाबुले एक आखर तँलाई माग्न आउंदै छन्, तेरो बिहा हुँदै छ पनि भनेनन । के फरक भयो त किलामा बाँधेर राखेको गाई र छोरीमा ? फुकायो, दाम्लो एकजना पराईको हातमा थमायो पठायो !

 

 

 

उनलाई खान मन लागेन, सायद आमा पनि भोकै बस्नु भयो । चाँदनी रुँदै छन्, तर कसलाई सुनाउने ? आमा बाहेक सवै त खुसी छन् । जेठा बा, कान्छा बा, छिमेकी सवै । अझ कतिलाई त डाह भएको, कान्छी काकी  आफ्ना लोग्नेको कानमा विस्तारै भन्दै थिइन हाम्री कालिका पनि के कम्ता थिई र ? तर शिवलालका फुटेका आँखाले यसैलाई देखेछन ।  अचानक चाँदनीका जेठा दाइ पोखराबाट आइपुगे । दाइले सायद बालाई सम्झाउनुहुन्छ कि ! सायद पढेलेखेको जेठो बाठो छोराले भनेको कुरा बाले खानहुन्छ कि ! उनले दाइ र बाले कुरा गरेको कान थापेर सुनिन, बाले भन्नुभयो मैले त दिने विचार गरें, हुन्छ भनिदिएँ । तँ पनि भएको मौकामा माग्न आउँन भनेर तँलाई  पर्खेको मात्र हो । बाले सल्लाह नगरिकन हुन्छ भन्नु भएछ नभन है छोरा । भाखा राखम भने हातको माछो उम्काई दुलाभित्र हात होला भनेर वचन दिएँ । दाइले भने ठीक गर्नु भयो बा ! यस्तो केटो उम्कन दिनु हुँदैन, राम्रो भयो । अव यसलाई पोखरा लगेर पढाउन पनि झन्झट हुन्थ्यो । छोरी मान्छे कता राख्नु, कता पढाउनु, फेरि अचेल पोखरामा छोरी चेली बिग्रे भन्ने हल्ला पनि छ, खर्च पनि जोगियो । पढेलेखेको दाइको कुरा सुनेर चाँदनी निराश भइन । कस्तो दाइ ? कस्तो स्वार्थी ? जेठो दाइसँग आज पनि उनको मन दुखेकै छ ।

 

 

 

आजको रात झिमिक्क नगरी बित्यो । चाँदनी सधैजस्तो चार बजे उठिन । हातमुख धोइन, एक कप कालो चिया खाइन र बाहिर निस्किन । कोटेश्वर चोकमा पुगेर कलंकी जाने टेम्पोमा बसिन । सधै बिहान बिहान उही रुटमा यात्रा गर्ने उनलाई टेम्पो ड्राइभरले चिन्छन । बिहानै धेरै भिड नहुने हुँदा भलाकुसारी पनि गर्छन । टेम्पो ड्राइभर सोध्छन अनि दिदी अचेल व्यापार कस्तो छ ? पैसा त निकै कमाउनु भयो होला दिदीले । कति वर्ष भयो तरकारी बेच्न थालेको ? दिदीलाई मान्नु पर्छ सधै बिहानै उठ्नुहुन्छ, जाडो गर्मी केही नभनी मेहनत गर्नुहुन्छ, कसैलाई दुख देखाउनुहुन्न । स्वास्थ्य पनि राम्रो छ दिदीको, कहिल्यै बिरामी भएको पनि थाहा पाइएको छैन । चाँदनी भन्छिन बिरामी हुन पनि फुर्सद हुनु पर्यो नि भाइ ! कुनै दिन फुर्सद भयो भने बेस्सरी बिरामी भएर आराम गर्ने विचार छ । अनि केको पैसा कमाउनु नि ? खानु परेन ? घरको भाडा तिर्नु परेन ? छोराछोरीको फिस तिर्नु परेन ? ड्राइभर भन्छन दिदीको छोरा त इन्जिनियर भइसके नि हैन र ? जागिर खांदैनन र ? चाँदनी भन्छिन हो पढेर भ्यायो अहिले सानोतिनो काम गर्दै छ । चार महिना त भयो नि काम पाएको, अनि छोरीको खर्च त अझै एक वर्ष बाँकी छ । यस्तैमा कालीमाटी आइपुग्यो ।

 

 

 

गए राति निद्रा नलागेको हुँदा आज उनले  सधै जस्तो अबेर रातिसम्म दुकान खुला राखिनन । अलि रातिसम्म दुकान खोल्यो भने सस्तो खोज्ने र सानातिना होटेलवाला आएर सवै तरकारी उठाइदिन्छन् । उनीहरु पनि सस्तो पाएर खुसी हुन्छन, यता आफ्नो पनि केही बासी रहन्न, फाल्नुपर्ने सामान समेत दुईचार पैसामा जान्छ । छोरीले खाना पकाउँदै थिइन, चाँदनी खाटमा पल्टिन, उनलाई थकाइ र निद्राले अत्याएको हुँदा छोरीलाई तिमीहरु खाएर सुत्नु, म पछि उठेर खान्छु, मलाई डिस्टर्व नगर्नु भनेर सुतिन । उनी जाग्दा त एक बजेछ ! उठिन, खाना तताएर खाइन र फेरि सुतिन । आज लगातार छ घण्टा सुतेको हुँदा उनको निद्रा पुगिसकेको थियो । उनी सुती सुती फेरि अतीतमा पुगिन ।

 

 

 

पन्ध्र वर्षको उमेरमा बिहा गरेर पठाए । घरमा खान लाउनको दुख थिएन, सवैले माया नै गर्थे, तर संयुक्त परिवार भएको हुँदा कहिल्यै पनि समयमा खान र सुत्न नपाइने । सोह्र पुग्दा छोरो जन्माइन । बिहा भएको चार पांच वर्षपछि देवर जेठाजुहरु झगडा गर्न थाले, ससुरा शिवलालले अंशबन्डा गरिदिए । चाँदनीको भागमा सासुससुरा पनि परे । अव उनको काँधमा साना नानीहरु हुर्काउने र बृद्ध सासुससुरा स्याहार्ने जिम्मेवारी समेत आईलाग्यो, तर उनी विचलित भइनन । श्रीमान् माध्यमिक स्कूलका निम्नमाध्यमिक शिक्षक थिए । सोझा, भलाद्मी, शालीन र मृदुभाषी । उनको सिद्धान्त थियो अरुलाई दुख नदिने, अरुको सम्पतीको लोभ नगर्ने, अरुलाई नसताउने र अरुको अन्याय पनि नसहने । केही वर्षपछि बा आमा बिते । जीवन जसोतसो सुख र संतोषमै बित्दै थियो । चाँदनी गाउमा सवैभन्दा भद्र, सहयोगी र असल महिलाको छवि बनाउन सफल भइन । उनी विशेष गरेर महिलामाथि हुने हिंसा, अन्याय, बाल विवाह जस्ता कुरीतिको विरुद्ध चेतना फैलाउने काममा खटथिन । उनी एकल महिला, परित्यक्ता र परिवारबाट अपहेलित बृद्धाहरुको हक स्थापित गर्ने काममा सहयोग गर्थिन । महिलाहरु पूर्व जुनीको कर्म भनेर अन्याय सहेर बस्नु हुन्न आफ्नो हकको लागि आफै चनाखो हुनुपर्छ भन्दै भाषण पनि गर्थिन ।

 

 

 

तर अचानक माओवादीहरु वन पसे । माओवादीहरु समाजमा हुने अन्याय, अत्याचार, अनाचार, भ्रष्टाचार, जातीय भेदभाव, सामन्ती संस्कार विरुद्ध लागे रे भन्ने हल्ला चल्यो । विस्तारै पुलिस चौकीमा आक्रमण हुन थाल्यो, गाउँ गाउँमा शोषक सामन्ती भएको आरोपमा केही त्यस्तै चरित्रका तर धेरै सामान्य मानिस पनि आक्रमणको शिकार हुन थाले । सामान्य मान्छे दोहोरो चपेटामा परे ।

 

 

 

एक दिनको कुरा हो आधा रातको समयमा चाँदनीको घरमा दुईजना युवक आए । उनीहरुले चाँदनीको पतिलाई बाँधेर लडाए र बयान लिन थाले । उनीहरु भन्दै थिए तँ फटाहा सामन्ती मास्टर, हाम्रो दुश्मनको दलाल, लौ भन अहिलेसम्म कतिचोटी पुलिसको अफिसमा गइस् ? के के भनिस ? उनीहरुले के के सोधे ? सव साफ साफ बता ! चाँदनीले रुँदै भनिन, हेर्नुस सरहरू उहाँ त्यस्तो मान्छे हैन, उहाँ सामन्ती हैन, शोषक पनि हैन । के प्रमाण छ तपाईंहरुसंग उहाँ शोषक भएको ? कसैको पैसा खानु भयो कि ? कसैलाई दुख दिनु भयो कि ? अनियमित रुपले ब्याज खानु भयो कि ? सुराकी गर्नु भयो कि ?  महिला, बृद्ध बृद्धा र पिछडिएको समुदायलाई सताउनु भयो कि के गर्नु भयो ? यसै आरोप लगाएर बाँधछांद त गर्नु भएन नि ! माओवादीहरु भन्दै छन् पख पख तिम्रो सुराकी लोग्ने अव कसरी वक्छ सुन । ल भन् तँ कुश्माको पुलिस अफिसमा गएको हो कि हैन ? चाँदनीले भनिन उहाँ किन जानुहुन्छ काम नपाएर पुलिसको अफिसमा ? त्यसै आरोप लाउन पाइन्छ ? तर मास्टरले विस्तारै हो भनेपछि चाँदनी त छक्क परिन ।

 

 

 

ओ हो यी त अर्कै पो निस्के ! सधै दुईजनावीच कुरा हुँदा आफै भन्ने गर्थे हामी साधारण दुख गरेर खाने मान्छे, ससाना बच्चा छन्, देखिनेगरी कतै पनि लाग्न हुन्न, यो माओवादी र सरकारवीचको लडाइ हो, हामी झोसिन हुन्न भनेर सम्झाउने मान्छे आज पुलिस अफिसमा गएको थिइस ? भनेर माओवादीले बयान लिंदा हो पो भन्दै छन् ! माओवादीहरुले भने त्यहाँ को कसलाई भेटिस र के के भनिस ? रिट्ठो नढाटिक्न भन्, नत्र तँलाई यही मझेरीमा गाडछौं । मास्टरले भने म कसैलाई भेट्न गएको हैन सर, मेरो कुरा सुन्नुस, म कस्तो मानिस हुँ भन्ने कुरा तपाइकै पार्टीका मान्छेहरुसँग सोध्नुस । मेरो एकजना पुरानो साथी कालीगण्डकीमा फाल हालेर आत्महत्या गरेछ । उसको लास कुश्माको प्रहरी कार्यालयमा राखेको छ भन्ने सुनेपछि मनले नमानेर लास हेर्न गएको हुँ । यस्तो कुरा घरमा किन भन्नु भनेर श्रीमतीलाई पनि भनेको थिइन । यस्तो दोष लाग्छ भन्ने थाहा भएको भए जाने पनि थिइन । राम्रोसंग बुझ्नुहोला फरक पर्यो भने फेरि आएर कारवाही गरे हुन्छ, चिन्ता नगर्नुस म भागेर कतै जाने छैन । युवकहरु अवदेखि यो गाउँ छोडेर कतै नजानु, पछि पछुताउनु पर्ला भन्दै दुई चार थप्पड हानेर गए ।

 

 

 

सानो, सुखी, सोझो र पीडितको पक्षमा काम गर्ने दम्पतीको दशा लाग्यो । एक कान दुई कान कताबाट उनीहरुको घरमा माओवादी पसेको हल्ला चल्यो गाउँमा । अव त उनीहरुको घरमा छिमेकीहरु नै आउन छाडे । देखे पनि नदेखेजस्तो गर्ने र बोल्नै परे एकदमै औपचारिक कुरा मात्र गर्न थाले । मास्टरको स्कूलका साथीहरु उनीबाट पर पर रहन थाले । दुईजना माओवादी मास्टर थिए स्कूलमा, ती दुईजनालाई यी मास्टर माओवादी हैनन् भन्ने थाहा थियो त्यसैले यिनीसंग सम्पर्कमा आउन्नथे, अरु मास्टर यिनलाई माओवादी ठानेर टाढै बस्थे । दशा यत्तिमा टुंगिएन, एक दिन मास्टरलाई कुश्मा प्रहरीबाट गोप्य खवर आयो तुरुन्त सुटुक्क प्रहरीमा हाजिर हुनु । उनले केही दिन त आलटाल गरे तर ताकेता हुन थालेपछि जानै पर्यो, गए । उनलाई शारीरिक र मानसिक रुपमा ठूलो यातना दियो पुलिसले । पुलिसले उनलाई सोध्यो तेरो घरमा माओवादी आउँछ हैन मास्टर ? उनले भने दुईजना केटा आएका थिए उनीहरुले मलाई सोधेको प्रश्न र व्यवहारबाट माओवादी हुन भन्ने बुझेको हुँ । पुलिसले के छोड्थ्यो, कतिजना थिए, को को थिए, ’emको नाम भन्, ’emको घर कहाँ हो ? ’emको कमाण्डर को हो ? के के खाए ? कति पैसा दिए या लिए ? कहिलेदेखि माओवादी बनिस ? जस्ता प्रश्न वर्षिरहे जसको एउटा उत्तर पनि मास्टरसंग   थिएन । त्यहाँ पनि उनले दुईचार लाठी खाएर ठूलो हप्की र धम्की पाएर छुटे।

 

 

 

अव त मास्टर नितान्त एक्लो र निरीह बन्दै गए । सारा छिमेक, समाज, कुटुम्ब, यहाँसम्म कि आफ्ना दाजु भाइ र मावली ससुराली समेत बिराना बने । कोही सुन्नै तयार छैन, कोही के भएको हो ? भनेर सोध्न तयार छैन, न त बिद्रोही पक्षले सुन्छ न त सरकार पक्षले । बिद्रोही त बिद्रोही नै भयो ठीकै छ रे, तर सरकारले त सुन्नु पर्छ ! तर  सुन्दैन । आरोप लगाउँछ, हैन भन्दा यातना दिन्छ, कतिले त यातना सहन नसकेर हो पनि भने । तर हो भनेपछि थुनेर राखे त हुन्थ्यो, अरु बकाउँन खोज्ने, थाहा भए पो बक्नु । कस्तो सरकार ! वास्तविकलाई फेला नै नपार्ने, निमुखालाई समातेर आतंककारी समातेको प्रचार गर्ने !

 

 

 

मास्टर अव कम बोल्न र मानिसहरुबाट पर पर बस्न थाले । उनलाई समस्त समाज, छिमेक , साथीभाइ, कुटुम्ब र यो देशको सरकारदेखि अपार घृणा लाग्न थाल्यो, तर त्यो घृणा पोख्ने र व्यक्त गर्ने ठाउँ उनीसंग थिएन । पुलिसबाट फर्केको केही दिनपछि उनलाई माओवादीहरु आएर उठाएर लागे । उनलाई धेरै कुरा सोधे तर मास्टर जड भइसकेका थिए, उनी मरे बोलेनन् । उनलाई असीम यातना दिइयो, एकान्तमा थुनियो, डर धाक देखाइयो, मार्ने धम्की दिइयो तर उनी बोलेनन । के बोल्नु, सुने पो बोल्नु, आफ्नो निर्दोषिता मानिदिए पो बोल्नु ? केही पनि थाहा नभएको विषयमा बोल्न भन्छन के बोल्नु ? अनि गाउँ, समाज, साथीभाइ, कुटुम्ब र सरकारप्रति नै भरोसा टुटेपछि के बोल्नु र किन बोल्नु ? उनले आफूलाई परिस्थिति सामु विनाशर्त सुम्पिदिए ।

 

 

 

मास्टर छुटेर त आए तर जडवत । गाउँमा फेरि हल्ला चल्यो मास्टर पहिले माओवादी भएछ, पुलिसले मारे थर्काएपछि निष्क्रिय भएको रहेछ, माओवादीले उठाएर लगेर दुईचार दिन थप्पड हानेपछि बौलाहा जस्तो भएर, अहिले एक्लै टोलाएर बस्न थालेको छ । गाउँमा यो हल्ला गलत हो, यो मास्टर माओवादी हैन र सुराकी पनि हैं भन्ने थाहा भएका र मास्टरप्रति सहानुभूति भएका पनि एकाध मानिस थिए, तर मास्टरको कुरा सुनेर, उनको घरमा गएर सहानुभूति व्यक्त गरेर जोखिम मोल्न कोही तयार थिएन ।

 

 

 

चाँदनीले यत्रो विपत्तीमा पनि होस् नागुमाएरै छोराछोरीलाई पकाएर खान दिने, लोग्नेलाई सम्झाउने र ढाढस दिने, खेत बारी हेर्ने र गाईबाख्रा स्याहार्ने गरिरहिन । उनीसंग कोही कोही मात्र बोल्थे, त्यो पनि अत्यन्त तौलेर । तर मास्टरको सन्चो विसन्चोको विषयमा त केही पनि बोल्दैनथे । छोराछोरीको स्कूल छुट्यो, मास्टरको जागिर छुट्यो, एक दुई महिनामै सारा दुनिया बिरानो भयो । यत्तिकैमा एक दिन फेरि मास्टरलाई पुलिसले उठाएर लग्यो । चाँदनी पुलिस अफिसमा गइन, पतिलाई भेट्ने प्रयाश गरिन तर सकिनन् । एक दिन मास्टरको क्षत विक्षत लास भेटियो, तर कसले मार्यो थाहा भएन । एकथरीले सरकारले मार्यो भने, अर्काथारीले हैन पुलिसकहाँ मावोवादीको सुराकी गरेको हुँदा पुलिस अफिसबाट फर्कंदा बाटैमा माओवादीले मारे भन्ने अनुमान गरे । वास्तविक कुरा अहिलेसम्म पनि थाहा छैन ।

 

 

 

जति आपद परे पनि, जत्रो शोक परे पनि, जस्तो वियोग सहनु परे पनि एक्लै सहनु पर्यो चाँदनीले । उनका पति माओवादीको नजरमा सधै सुराकी रहे, सरकारको नजरमा माओवादी । छिमेक, कुटुम्ब र समाज पनि कोही माओवादी र कोही सुराकी भन्नेमै बाँडिए, वास्तविक कुरा चाँदनीलाई थाहा छ, उनी मात्र बुझ्न सक्छिन कसरी निर्दोष मानिसहरुलाई दुवै पक्षबाट खसीबोका जस्तो मारियो । यो घटनापछि पनि उनलाई शान्तिसंग बस्न दिएनन । तेह्र वर्षको छोरालाई आफ्नो फौजमा लैजाने प्रयास भइरह्यो माओवादी पक्षबाट । सरकार पक्षबाट पनि बारम्बार केरकार भई नै रह्यो । यस्तो विकट परिस्थितिमा उनी गाउँमा बस्न सक्ने अवस्था थिएन । एक दिन आफ्नो जिउमा लगाएका लुगा, विहामा बाबु र ससुराले दिएका जो भएको गहना लिएर आधा रातमा सदाको लागि घर छोडेर हिंडेकी उनी आजसम्म गाउँ फर्केकी छैनन् । उनी कहाँ छन् र के गर्दै छन् भन्ने कुरा छिमेक, कुटुम्ब, समाज र सरकारलाई पनि भनेकी छैनन्, किनकि उनलाई यी कसैको पनि विश्वास र भरोसा छैन ।

 

 

 

छोराछोरी आमाको मर्म बुझ्दछन । बाबुले पाएको यातना, समाजबाट मिलेको तिरस्कार, दोहोरो डर र चपेटाको कारण हितैसीहरु समेत भयभीत भई सहयोग गर्न नसक्नुको वाध्यता सवै थाहा छ छोरा च्यवनलाई । छोरी चारुलाई पनि केही यादहरु ताजा छन्, यद्द्यपी घर छाडेर हिंड्दा उनी नौ दश वर्षकी मात्र थिइन । अहिले त कोटेश्वरमा बस्न थालेकै चौध वर्ष भयो । छोरा इन्जिनियर भएर सानो काम गर्दैछ भने छोरी एम बी ए को फाइनल गर्दैछ ।

 

 

 

आज चाँदनीलाई अचानक पछाडि फर्केर हेर्न मन लाग्यो । उनले आजसम्म आफ्नो जीवन’bout सोच्ने अवसर नै पाइनन् । सानै उमेरमा अन्यायपूर्ण विवाह भएदेखि नै उनले एक मिनेट पनि आफ्नो ’boutमा सोच्ने मौका पाइनन् । सोह्र वर्षको उमेरमा छोरा जन्म्यो, देवर जेठाजु भिन्न हुँदा बृद्ध सासु ससुरा भागमा परे, पतिको जागिर सानो हुनाले घरमा पनि आरामले बसेर खान पुग्ने अवस्था थिएन । यी सवै त उनले सहजै सहेकी थिइन, तर जव  निर्दोष पति द्वन्द्वको चपेटामा परे त्यसपछिका दिन त उनका यन्त्रवत बिते । उनी कुनै दिन पनि बेलुका दश बजे अघि र बिहान चार बजे पछिसम्म सुतिनन । उनी निरन्तर काममै लागिरहिन, न कसैकोमा जानु छ, न कसैको ’boutमा कुरा गर्नु छ, न कसैको ’boutमा जान्ने चेष्टा गर्नु छ, निरन्तर कर्मयोगमा जुटिरहिन जुटिरहिन । खानपानमा सधै होसियार रहने र परिश्रमी हुँदा आजसम्म कपाल दुखेको छैन । आजसम्म कसैसंग हात थाप्नु पनि परेको छैन । तर जति निरपेक्ष र निश्पृह रहन खोजे पनि आफ्नो पसलमा आउने मानिससँग त बोल्ने पर्यो, हास्नै पर्यो । यही तरकारी दुकानामा बस्दा बस्दा उनले धेरै मानिस चिन्ने मौका पाइन् । हुनत उनलाई पनि मानिसहरुले घर कता होला, पति के गर्नुहुन्छ, छोराछोरी कति कस्ता छन् भनेर सोधिरहे, तर उनले आफू पश्चिमतिरबाट आएको, पतिको मृत्यु भइसकेको भन्ने कुरा बाहेक आफ्नो कहानी कसैलाई पनि भनेकी छैनन् ।

 

 

 

उनले आफ्नो विगत त सधै संघर्षमा बिताइन । लगातार छोराछोरी पाल्न र पढ़ाउनमै समय बित्यो । तर अचेल उनलाई किन किन एक्लो महसुस हुन थालेको छ । अव यी छोराछोरीको बिहा गर्ने बेला भइसक्यो । छोराले आफ्नो जीवन संगिनी ल्याएपछि उसको दिनचर्या अहिलेजस्तो चल्दैन । छोरी त गइहाल्छे । उनले आफ्नो विगतलाई सम्झिन, नियतीले एक दिन पनि आराम गर्न दिएन , सधै दुख दिइरह्यो । आफ्नो कुनै गल्ती नहुँदा पनि विधाताले सधै चोट नै दियो । उनी आज किन किन अलि फरक मुडमा छन्, के मेरो जीवन यत्ति हो ? म अझै कति वर्षसम्म यसैगरी कालीमाटी कोटेश्वर गर्न सकौंला ? मेरा पति मारिए, छोराछोरी हुर्के, पढे, अव आफ्नो बाटो लाग्छन । त्यसपछिको मेरो जिन्दगानी कस्तो होला ? को होला मेरो भित्री मर्म र दर्द बुझ्ने ?

 

 

 

यस्तैमा उनले आफ्नो पसलमा सधै तरकारी किन्न आउने र आफूले उस्तो वास्ता नगरे पनि आफ्ना गुनासाहरु सुनाइरहने पुरुषलाई सम्झन्छिन ।  उनी दांग तिरका हुन, उनको नाम भीमनिधि हो, भीमनिधि शर्मा । उनी एकल पुरुष हुन । उनकी एउटी छोरी छन् , भर्खरै इन्जिनियरिंग पूरा गर्दै छन् । यिनकी पत्नीको बस दुर्घटनामा मृत्यु भएको दश वर्ष जति भयो । लगभग चाँदनीकै उमेरका छन्, कतै नोकरी गर्छन । यिनले पहिले पहिले मानिसहरुसंग कुरा गर्दा आफ्नो जीवनको वियोगान्त कथा सुनाउंथे र भविष्यमा बिधुर नै बस्ने, बिहा नगर्ने कुरा गर्थे  । तर विगत एक वर्ष अघिदेखि उनले अरु मानिसहरु नभएको बेला चाँदनीसंग आगामी जीवनको योजना ’bout सोध्न थालेका थिए । चाँदनी यस्तो कुरा सोच्ने फुर्सद नै छैन हजुर भनेर टार्ने गर्थिन ।

 

 

 

तर छ महिना अगाडि देखि त यी भीमनिधिले अझै निकटता देखाउन थालेका छन् । उनले देखाएको निकटताले चाँदनीलाई पनि करिव दुई महिनादेखि अलिकता तरंगित बनाएको छ । कहिले सोच्छिन छ्या मेरो मनमा पनि के के आएको होला ! अनि एकैछिनमा मनमा लाग्छ के भयो त ? उनी पनि त्यस्तो खराव मान्छे त हैनन् । फेरि लाग्छ छोराछोरीले के भन्लान ? अनि फेरी सोच्छिन के लाग्ला र उनीहरुलाई, राम्रै मान्लान , ममीले साथी पाउनुभयो भन्लान । वास्तवमा ठूलो भारी विसाएर आराम गरेको बेलामा कसैले तेरो गन्तव्य कहाँ हो ? भनेर सोधे जस्तो भान भएको छ चाँदनीलाई । अव भारी थन्क्याउने बेला भयो, छोराछोरीले पढे, अव बिहा गर्छन, तेरो भारी त सकिन्छ, अनि कहाँ जान्छेस ? उनको मनले उनैलाई सोध्दै छ । तेरो कुटुम्ब, तेरो समाज, तेरा संगीसाथी त सवै छुटे, तेरा पति पनि यो संसारमा छैनन् । तेरो हात समात्न कोही आउंदै छ र त्यो पनि तँ जस्तै विछोडको पीडामा परेको मानिस हो भने के फरक पर्छ ? उनले आफैलाई भित्र भित्रै कतै छचल्किएको महसुस गरिन ।

 

 

 

आज उनी सधैभन्दा तरोताजा भएर पसलमा बसिन । पैंतालीस वर्षकी उनी आज अझ कमलो उमेरकी देखिइन ।  दुईजना माओवादी युवक आएर आफ्नो पतिलाई बाँधेर केरकार गरेको दिनपछि आज पहिलो पल्ट उनमा मादक सौन्दर्य छायो । कता कता पुलकित र रोमान्चित भएको महसुस गरिन, आज उनी आफूसंग आफै लजाइरहिन ! आज त उनलाई भीमनिधि कतिखेर आउलान जस्तो पनि लाग्यो । भीमनिधि आए, आज चाँदनीले भीमनिधिमा पूर्ण मानव देखिन, परिपक्वता देखिन, शालीनता र विनयशीलता देखिन र थोरै भए पनि बाँकी रहेको पौरुष देखिन । आज उनी पहिलोपल्ट आफै बोलिन, अभिवादन गरिन र उनलाई हेरेर मुसुक्क हासिन । अनि फर्कने बेलामा उनलाई हेर्दै भनिन अव चाडै सल्लाह मिलाउनु पर्छ

 

 

 

आज पनि चाँदनी छिटै डेरा पुगिन । छोरा च्यवन र छोरी चारु दुवै डेरामै थिए, खाना पाक्दै थियो । च्यवन धेरै परिपक्क भएको छ । नियतीले उसलाई ठूलो थप्पड हानेको छ, तर ऊ गौरव गर्छ, उसले एउटी विरांगना आमा पाएको छ । ऊ सोच्दै छ यस संसारमा हजारौं म जस्ता नियतीको मारमा परेका युवाहरु होलान, तर सायद उनीहरुसंग मेरी जस्ती आमा छैनन्, त्यसैले ’em मभन्दा ज्यादा पीडित छन् । आज ऊ आमाको मुहार उज्यालो देखेर हर्षित भएको छ । जुनसुकै कारणले किन नहोस मेरी आमा अव खुसी हुन पाउनु पर्छ, मेरी आमा अव मुस्काएर बाच्न पाउनु पर्छ । उसले आमालाई सोध्छ, आमा तपाईंमा हाँसो, मुस्कान र उमङ्ग बाँकी छ जस्तो नै लग्न छाडेको थियो मलाई ।

 

 

मलाई लाग्थ्यो हामी छोराछोरीकै कारण मेरी आमाले यस्तो दुख पाउँदै बाच्नु पर्यो, कहिले काहीं त लाग्थ्यो मेरी आमाले दुख पाउनुको कारण मै हुँ । तर म आज अत्यन्तै खुसी छु आमा, तपाईं  जुनसुकै कारणले खुसी भएको भए तापनि म त्यो खुसी हुने कारणको बाधक बन्ने छैन, जे भए पनि मान्ने छु, पूरा गर्ने छु र तपाईंको जुनसुकै निर्णयलाई प्रफुल्ल मनले स्वीकार गर्ने छु । चाँदनीले छोराको कुरा सुनेर लामो सास फेरिन र छोराको माथमा हात राख्दै भनिन धन्यवाद, चिरन्जीवी भव छोरा ! अनि भनिन हेर बाबु अव तेरो बिहा गर्न ढिला भइसक्यो, बैनीको पनि बिहा गर्ने बेला भयो । पहिलो काम अव दुई तीन महिनाभित्र तिमीहरुको बिहा गर्नुपर्छ अनि मेरो कुरा पनि भन्नेछु । ल भन् बाबु तेरो कुनै केटीसंग सम्बन्ध छ ? छ भने त्यसैसंग बिहा गर, छैन भने म भीमनिधि अंकललाई केटी खोज्न भन्छु । च्यवनले भन्यो आमा हजुरलाई भन्छु भन्दा भन्दै हिम्मत नै आएको थिएन आज भन्छु, हजुर पनि खुसी नै हुनुहोला जस्तो लाग्छ । भीमनिधि अंकललाई केटी खोज्न भन्नै पर्दैन किनकि म भीमनिधि अंकलकै छोरीसंग प्रेम गर्छु । हामीले बिहा गर्ने कसम पनि खाएका छौं, हुन त अंकललाई थाहा छैनS, तर यो कुरा थाहा पाएपछि उहाँ पनि धेरै खुसी हुनुहुने छ ।