विबाहपछिको प्रेम

  हरियो दुबो जस्तै मौलाएको हाम्रो यो भिन्न किसिमको मायाको खोइ के नामाकरण गरौँ । यो चोखो प्रेमको तिम्रो आफ्नै परिवार, मेरो आफ्नै परिवार । मलाई थाहा छ जीवनभरी तिमीले मलाई आफ्नो बनाउन सक्दैनौ। न म तिमीलाई कर नै गर्न सक्छु, न म आफ्नो श्रीमान र दुई छोरीलाई भुली तिमीमै हराउन सक्छु ।

-सरिता अर्याल

प्रेम एक पबित्र मन्दिर रहेछ, कसैको भक्ति त कसैको भगवान मैले प्रेममा पाए, सोच्थे प्रेम भन्ने चिज हुदैन र मलाई कसैसंग प्रेम हुदैन तर मैले प्रेम पाए, साचो प्रेम तिमीमा पाए । बाबाको साथी नरेन्द्र काकाको छोरा, प्रभाष दाइको लागि मलाइ बिवाहको प्रस्ताव आयो, तर त्यतिखेर म भर्खर १९ बर्षकि थिए.. म मानशिक / शारिरिक दुवै रुपबाट यो बिवाहको लागि तयार भएकी थिइनँ । प्रभाष दाइलाइ मैले एउटा दाइको हिसाबले मात्र हेरेकी थिए कसरी उहालाई श्रीमानको रुपमा म स्वीकार गरु ? म अहिले पढ्न चाहान्छु यो बिहे गर्दिन भनेर अस्वीकार गरे तर, केटा राम्रो छ, परिवार सबै चिनेको छ, केटो सरकारी जागिरे छ, सबैभन्दा ठुलो कुरा उसले तिमीलाई धेरै माया गर्छ भन्दै मलाई सम्झाउन लाग्नुभयो ।

बाबा आमाको सहमति भइसकेपछि मेरो केहि सिप लागेंन उहाहरुको खुशीको लागि यो प्रस्ताब उहाहरुले स्वीकार्दै म पनि उहाहरुकै सल्लाहमा सहमति भएकी थिए । मलाइ धेरै डर लागिरहेको थियो, उहा मभन्दा १० बर्षले जेठो हुनुहुन्थ्यो मलाइ साथीहरु सम्झाउन थाले पाको उमेरसंगै उहाको माया, जिम्मेवारी, आफ्नोपनमा पनि पाको हुन्छ त्यसरी मलिन नहुनु म सुनौलो सपना बोकी छुट्टै नयाँ जीवनको सुरुवात गरेकी थिए । मैले उहालाई आफ्नो मनदेखि स्वीकारिसकेकी थिइन, मैले उहालाई भने यो सम्बन्धलाइ स्वीकार्न मलाइ केहि समय लाग्छ, पहिलो रात हाम्रो नेपाली परम्परा अनुसार सुहागरात…एउटा भोको बाघले आफ्नो सिकार झम्टेको जसरी मेरो शरीरमाथि आक्रमण गर्नुभयो ।

जहाँ मैले मेरो मिर्त्यु पाए सायदै उहाले मेरो सिउदोमा सिन्द्रुर भरेसंगै मेरो सरिरमा पूर्ण हक उहाले पाइसक्नुभएको थियो । मेरो रगतको धारा बगिरहदा उहा नदेखे जस्तो गरि मलाई मुख थुनी राजि बनाउनुभयो, बाकिका दिनमा पनि म मेरो इक्षा, अनुमति भन्दापनि उहाकै इक्षाअनुरुप हामि शारिरिक सम्पर्कमा सरिक हुन्थ्यौं । मलाई यो चिजबाट झन् माया भन्दा घिर्णासंगै घिन बढिरहेको थियो, मैले मेरो भाग्य उहा त मेरो भगवान हो मैले उहाको खुशीअनुसार चल्नुपर्छ भनेर चुप रहेर यस्ता करौड़ो दिन बित्दै जादा दुइ छोरीको साथ पाएकी थिए । छोरीहरु मेरालागि दुइ देबी हुन् यिनीहरुको खुशीको लागि आजसम्म बसेकी छु, यिनी दुइको खुशीमै म रमेकी छु, यिनकै चहाना म हराएकी छु, सायद म मरेर यिनीहरुले सफलताको शिखर चुम्न सक्नेछन भनी नि म पछी हट्नेछैन धेरै माया गर्छु म मेरा दुइ छोरीहरुलाई उनिहरु नै मेरो शाहारा बनेका छन् ।

 श्रीमानबाट पाउने माया सदभाब इज्जत त मैले पाएकी छु तर जति एउटा श्रीमती खुशी हुन्छे त्यो अधर म उहामा पाउन सकिरहेकी छैन । थाहाछैन म उहाबाट के खोजिरहेकी थिए के चाह थियो सम्पति देखि दुख, सुखमा साथ् पाएकी थिए तरपपनि मनबाट म सन्तुस्ट हुन सकिरहेकी थिइन् । समय बित्दैजादा उहालाई माया गर्न थाले दुइ छोरी उहा म हाम्रो सानो खुशी परिवारमा म रमाइरहेकी थिए । तिमीबाहेक मेरो अरु को नै छ र भनी माया गर्नुहुन्थ्यो म त्यसमै लिप्त हुन्थे । सोचे मेरो जीवनको प्रेम तिमी हौ, मेरो प्रेमको पुजारी तिमी, मेरो स्वस्थानी पाठ तिमी हौ प्रिय श्रीमान, म तिम्रो जीवनभर पाउ पर्नेछु यसरि म मेरा दुइ छोरी उहाको साथमा हासी खुशी रहन थालेकी थिए ।

अनलाइनमा मैले फ्रिल्यान्सिंग काम गर्दैछु, यसैक्रममा आफ्नो कम्पनीको बिज्ञापन दिने क्रममा बिबश केसी जिसंग मेरो भेट भयो, त्यो पहिलो नज़र मेरोमात्र थियो म उहामा मदुहोश भएछु अनि त्यो दोस्रो नजर जव उहाले वर्षाजी तपाइँलाइ म एड कन्टेन्टको लागि कन्ट्याक्ट गर्छु भनी मुसुक्क हास्दै हेरेको नज़रमा त म साचै पागल भए । मलाई नया साथी फेसबुकमा कहिल्यै चासो नहुनी खोइ आज मैले आफुलाई रोक्न सकिन अफिसबाट फर्कनासाथ् बिबशजी लाइ खोज्न थाले, फेसबुकमा फोटो मात्र हेर्दा मलाई उहालाई भेटेको झल्झली याद आयो ओहो म फोटोमै हराएछु ढिलो नगरी रिक्वेस्ट पठाए उहाको फेसबुकको वालबाट मनपरेको तस्बिरहरु आफ्नो मोबाइलको ग्यलरीमा सजाए अनि मनमा उहाको त्यो मुस्कान, बोलि, घायल नजरले कब्जा जमाएकी थिए ।

मलाई उहासंग कतिबेला कुरा गरौँ भएको थियो म, बेलुकाको खाना बनाउनमा व्यस्त रहे उहाले म्यासेज गर्नुभएको रहेछ अब झन् मैले आफुलाई कसरी रोक्न सक्छु होला हाम्रो कुरा राम्रो चल्दैगयो । बिबश जी मलाई झन् खाश लाग्न लाग्यो, म एक साहित्य प्रेमी उहा पनि एक साहित्य अनुरागी हुनुहुदोरहेछ, हामि एक अर्कालाइ आफ्ना कृति सुनाउदै एक अर्कामा कविता डेडीकेट गर्न थाल्यौ । उहासंग भएका हरेक कुरामा म आफूप्रति चोको माया पाउने गर्थे यसरि समय बित्दै जादा हामि फोनमा घन्टौसम्म कुरामा हराउन थाल्यौ ।

उहापनि एक बिबाहित पुरुष आफ्नो दुइ छोरा परिवारसंग हुनुहुन्थ्यो तर जव हामि भेट्यौ हामि संसार बिर्सन थाल्यौ, उहासंगको हरेक भेट प्रिय लाग्दथ्यो उहाको स्पर्शमा मैले मिठो अनुभूति पाउन थालेकी थिए । हामि धेरै भन्दा धेरै दुइजनाको साथ् खोजिरहेका हुन्थ्यौ अचानक उहाको बुवा बिरामी भएर तिकुने कान्तिपुर हस्पिटलमा एक महिनाको लागि राखिएको थियो, उहा बुबाको लागि यतै बस्न थाल्नुभयो मेरो घर तिनकुने भित्र गल्लिमै थियो । बुबाको बिमारले उहासंगै उहाको परिवार साथै मलाइ पनि चिन्ता बनाइरहेको थियो, उहाको मुड फ्रेस बनाउन बिहान मार्निंग वाक जान मलाई प्रस्ताब राखनुभयो मैले नाइँ कसरी भन्न सक्छु ।

उहा मपनि घरमा अल्ली मोटाएको बाहाना बनाएर मार्निंग वाक जानी प्रस्ताब राखे श्रीमान सजिलै मान्नुभयो…म खुशी भएर हामि तिनकुनेबाट बागमती किनार छेउ हुदैँ युए न पार्कसम्म वाक गर्न लाग्यौ । बिहानी चिसो सिरेटोसंगै उसको मिठो बोलि, न्यानो स्पर्श अनि झिसमिसे उज्यालिमा न्यानो अँगालो प्रिय चुम्बनले मलाई मात चडाउथ्यो, म उसमै हराउन थाले यति प्यारो राम्रो किन लाग्दैछ मलाई उसको बोलि, हासो, उसको चिन्ता, उसको परिवारप्रति चिन्ता, उसको खुशिसंगै मेरो हासो उसको न्यानो अंगालोमा म स्वर्ग पाउछु, उसलाई आफूसंगै पाउदा संसार जितेकी ठान्छु सायद यो अटल प्रेम नै थियो ।

हामी एक अर्काको प्रेममा हराउदै हराउदै घुम्न जानी क्रममा नगरकोट एक होटेलको सुन्दर कोठा, नगरकोटको अपरिम दृश्य कोठाको झ्यालबाट नियाल्दै चिसो हावामा सररर उडी हामि एक अर्कामा सरिर सुम्पिदै न्यानोपन साटासाट गरेछौ । उसको एक स्पर्शमै मैले मिठो अनुभूति गर्ने यसरी आज आफु उसको सरिरमा हराउदा म पागल बनेकी थिए, यसरी तिमी मभित्र र म तिमीभित्र हराउदै हामी मायासंगै सारीरिक आपसीमा पनि भिज्न लाग्यौ……. त्यो स्वर्ग यति राम्रो अनुभूति सायदै मैले अरु कुनै कुरामा पाएकी थिइन यो सन्तुस्टी म तिमीमा मात्र पाउदै छु प्रिय बिबश मेरो पहिलो प्रेम… मेरो प्रेम कथाको त्यो राजा तिमी नै हौ म तिमीसंग चोखो प्रेममा छु ।

    हरियो दुबो जस्तै मौलाएको हाम्रो यो भिन्न किसिमको माया खोइ के नामाकरण गरौँ म यो चोखो प्रेमको तिम्रो आफ्नै परिवार, मेरो आफ्नै परिवार जीवनभरी तिमीले मलाइ आफ्नो बनाउन सक्दैनौ न म तिमीलाई कर गर्न सक्छु न म आफ्नो परिवार श्रीमान, दुइ छोरीलाइ भुली तिमीमै हराउन सक्छु यो त एक अनौठो र अर्को एक प्रेम हो । यो मौलाएको दुबोमा खडेरी परेको छ प्रिय, तिमि यो हाम्रो अनौठो प्रेमलाइ बुजिरहेका छैनौ, तिमी अहिले यो प्रेम होइन सोनी यो एक आकर्षण थियो, जुन हामी एक अर्काको आकर्सणमा रुमालीरहेका छौ । मेरो मनमा असान्ती छायो, अगी जसरी उसको प्रेममा पागलसरि बौलाएकी थिए फेरी आज उसैगरी उसको यो बेवास्ता अनि हाम्रो चोखो प्रेमलाइ एक आकर्षणको उपनाम दिदा बौलाएकी छु ।

    आज प्रश्न गर्न चाहन्छु म तिमीलाई यदि तिम्रो हाम्रो माया एक आकर्सण भए कसरी मैले त्यो मिठो अनुभूति मात्र तिमिमा पाए ? तिम्रो बोलि मेरो साहस मेरो कसरि बनिरहेको छ लाग्छ कहिलेकाही हामी एक अर्कालाई प्रेम गरिरहेका छौ । यो चोखो प्रेम कसरी गलत हुन सक्छ भन्छु तर हामी गलत गरिरहेका छौ जस्तो लाग्छ अनि सोच्छु यो सबै म भुल्न सक्दिन अनदेख गरेर बस्न सक्दिन  । आफुलाई नै सिध्याउने प्रयाश गर्छु झसंग हुन्छु मेरा दुइ छोरीहरु सम्झेर मलाइ यो कुराले निकै सताईरहेको छ बिबश दिनदिनै म गलिरहेकी छु, कमजोर बनिरहेकी छु तिमी नै हो मेरो दुखेको ओखती सम्हाल मलाई तर यसरी दोबाटोमा अलमल नबनाउ प्रिय मान्छे । केहि उपाय हुन्छ होला नि हजुर, यसरी चटक्कै माया नै मारी हामि कसरी एक अर्कालाई बिर्सेर रहन सक्छौ ? मालाइ थाहा थिएँन हामी सामान्य चिनजानबाट यो प्रगाढिलो प्रेममा परिणत हुनेछौ । आज तिम्रो जन्मदिनको उपहार स्वरूप तिमीलाई यो लेखमाफर्त सुभकामाना दिन चाहान्छु सायदै अन्तिम पटक तिम्रो ’bout गुनगान गाउदै यो एक कबिता तिमीलाइ समर्पण गर्न चाहन्छु । तिमीलाई जन्म दिनको असिम शुभकामना !


तिमीसङ जोडिएका हरेक कुराहरुको लागि ।
हरेक त्यो क्षणको लागि जो तिमीले मसंग बितायौ ।
यो मुटुको लागि जुन तिम्रो लागि धड्किन्छ ।
मेरोओठमा आउने हरेक त्यो मुस्कानको लागि जुन,
तिम्रो नाम सुनेर आउने गर्छ।
हरेक त्यो शब्दको लागि जुन ,म तिम्रो लागि लेख्ने गर्छु ।

हरेक त्यो आँसुको लागि, जुन तिम्रो यादमा झर्ने गर्छ ।
हरेक त्यो कुराको लागि, जुन सोचेर म खुसी हुने गर्छु ।