महिला दिवस र मि टु
![](https://sadrishya.com/wp-content/uploads/2020/03/sarita-aryal.jpg)
![](https://sadrishya.com/wp-content/uploads/2019/12/80205664_2592616817624224_6123402330663550976_n-1-244x300.jpg)
मि टू कार्यक्षेत्रमा महिलामाथि हुने शारीरिक उत्पीडन, यौन दुर्व्यवहार, शारिरीक आक्रमणको बिरुद्दमा चलेको एक आन्दोलन हो । यसको शुरुवात इ.स. २००६ सालमा ताराना बर्कले (नागरिक अधिकार कार्यकर्ता ) निओर्कबाट आन्दोलन शुरु गरेकी हुन्, उनि आफैपनि एक शारिरीक उत्पीडित हुन् । मि टु कुनैपनि महिलाले आफूमाथि भएको यौनजन्य क्रियाकलापको प्रयास गर्ने ब्याक्तिको नाम लेखि त्यसलाई हयासट्याग मि टु गरि ट्वीट, सामाजिक संजालमा पोस्ट गरिन्थ्यो । आन्दोलनको मुख्य उदेश्य नियाल्दा, कमजोर महिलालाइ समानुभुती, शक्ति बढाई महिला सशक्तीकरण गर्दै, कति महिला यस्ता शारिरिक उत्पीडित हुनुपरेको छ त्यसको ’boutमा जनचेतना फैलाउनु हो ।
यसको प्रयोग हेर्दैजादा, अलिशा जेन मिलानो ( अमेरिकन कलाकार, अधिबक्ता, गायिका ) उनले आफ्नो टुइटरमा ह्यासट्याग मि टु हार्बे विन्स्टन ( अमेरिकन फ्लिम निर्माता ) का बिरुद्दमा टुइटसंगै आफ्नो सामाजिक संजालमा पोस्टयाउदा त्यो भाइरल भइ बिस्वभरी तहल्का मच्चाएको थियो । अलिशासंगै अरु ८० भन्दा बढि महिलाले हार्बे विन्स्टनका बिरुद्दमा आरोप लगाएका थिए, त्यसपछि उनलाई द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्स कम्पनीबाट निकाला गरियो । २०१८ सालमा उनिलाइ बलात्कारको अबियोग लगाई निओर्कमा हिरासत गरियो । त्यसपछि निओर्कमा करौड़ो मानिसहरु यो आन्दोलन सहभागीता बढाइरहेका थिए, यो एक रास्ट्रिय नभई अन्तर्राष्ट्रिय सफल आन्दोलन बिकास हुदैँ गयो । हरेक मानिस उसको आफ्नो युवा उमेरदेखि नै सचेत रहनुपर्दछ कि उसलाई आफ्नो शारिरिक सम्बन्धमाका बिरुद्दमा बोल्ने पुरा हक रहन्छ ।
मि टु आन्दोलनको बिकास हेर्दैजादाँ, निओर्कसंगै अरु धेरै देश,अमेरिका, इंडिया, फ्रान्स, जापान, इटाली, अनि बिदेशी मुलुकहरुले यो विषयमा छलफल, चर्चा, परिचर्चा गर्दै प्रयोगमा ल्याउदै यो क्षेत्रमा कानुनि नियमको मागमा आवाज उठाईरहेका थिए ।
मि टु लाई इंडियाले निकै चर्चामा पुर्याउन सफल भएको थियो, जहाँ इन्डियन मोडल, बलिउड मुभीकि कलाकार तनुश्री दत्तले आफ्नो कार्यक्षेत्रमा धेरैपटक यौन दुर्व्यवहारको प्रयास गरेको खण्डमा नाना पेटकर ( फ्लिम एक्टर, लेखक, फिलानथ्रोपिस्ट, फ्लिममेकर ) को बिरुद्दमा आवाज उठाएकी थिइन् । उनीसंगै अन्य कलाकारहरु, मोडल, रियालिटी स्वोको होस्ट, गायिकाहरुले आफ्नो कार्यक्षेत्रमा भोग्नुपरेको शारिरिक उत्पीडनको ’boutमा मि टु आन्दोलनमा सहभागिता जनाएका थिए ।
याम .जे . अकबर ( इन्डियन पत्रकार, राजनितिज्ञ ) २०१८ सालमा उनले आफ्नो कार्यक्षेत्रबाट राजीनामा दिनुपरेको थियो, जहा उनीमाथि पल्लभी गोगई (चिफ विजनेस इडिटर – नेसनल पब्लिक रेडियो ) ले २३ बर्ष अगी जैपुरस्थित होटेलको कोठामा आफूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा मि टु लगाएकी हुन् । त्यस्तै नम्बरौ सहकर्मी महिलाहरुले याम. जे. अकबरको बिरुद्दमा मि टु लगाएका थिए उनको महिलामाथि गरेको शारिरिक, यौन शोषणको कारण कामबाट राजीनामा लिगेका थिए । यो एक सफल मि टु आन्दोलन भन्दा फरक नपर्ला, त्यसपछि ठुला कार्यक्षेत्रका मानिस केहि हदसम्म सचेत रहेका छन् ।
मि टु अर्थात म पनि,
केहि सालअघि दुइ महिला पत्रकारले केसब स्थापित ( प्रदेस नं ३ का मन्त्रि ) माथि सारीरिक सोषणको दोषारोपण गरेका थिए, त्यस्तै रस्मिता प्रजापति ( काठमाडौं नगरपालिकाकि क्रमचारी) ले पनि केशव स्थापितमाथि मि टु लगाएकी थिइन् तर यसले कुनै असर परेको भंको पाइएन । त्यस्तै नेपालका विभिन्न पत्रपत्रिका, आर्टिकल, ब्लग पल्टाएर हेर्नी हो भनि हामि कार्यक्षेत्रमा ठुला ठुला नेता, फ्लिम निर्माता, थियटर हल, ब्यान्किंग, कम्पनिभित्र अनेकौ तवरले यौन सोषण, यौन दुर्व्यवहार, शारीरिक उत्पीडनका कथा, ब्यथा सजिलै भेट्न सक्छौ । थियटरका कलाकारहरु, नेपालि नायिका, केकी अधिकारि, रिमा बिश्वकर्माले केहि हदसम्म आफूमाथि र अरु आफ्ना सहकर्मीमाथि कार्यक्षेत्रमा हुने सोषण’bout धेर थोर बोलेका छन् तरपनि त्यो बृस्तृत रुपमा वाहिर आएर जुन पिडा दिने पीडकलाइ कुनै असर, सजाय दिलाउने प्रक्रियामा भने पुग्न सकेन ।
नम्रता शर्मा (अधिकारकर्मी) भन्नुहुन्छ, नेपालको कार्यक्षेत्रमा प्रशस्त यौनसोषण भएको पाइन्छ तर हाम्रो नेपालमा अझै महिलाहरु दबेका छन्, डराएका छन्, नेपालको समाज, गाउछिमेकको डर, साथीभाई, आफन्तको डरमा धेरै दिदिबहिनिहरु चुप रहीरहेका छन् । यहाँ पीडकको ’boutमा बोल्दा भोलि उसैले आफुलाई झन् ठुलो हानि गर्न सक्छ, झन् पिडा थपिंदै जान्छ, आफु सुरक्षित नहुने डरत्राशका कारण पनि नेपालमा हजारौ हजार महिला चुप छन्, मि टु आन्दोलनले नेपालमा चर्को रुप भने लिन सकेको छैन ।
हात्ती आयो आत्ति आयो फुस्स भनेजस्तै भयो केहिछिन चर्को स्वर मच्चाउन लागेको मि टु आन्दोलन सजिलै सेलाएर गइगयो, यो त त्यस्ता यौन पिचासु, यौन सोषणकारी हरुलाई बढुवा दिएसरि भयो । नेपालि कार्यक्षेत्रमा महिलाले खेप्नुपरेको यस्ता सोषण’bout तिमि आफै आज बोल्न डराउछौ भनि सोच भोलि त्यसले के रुप लिनेछ । नेपालमा किन मि टु भित्रिएपनि त्यो गहन बिषय बन्न सकेन, नेपालको कानुनि तहबाट किन न्याय मागिन सफल भएन ? संबिधान २०१५ ऐन अनुसार कुनैपनि महिलामाथी हुने यौन दुर्व्यवहार गर्ने ब्याक्तिलाइ कानुनि तवमा सजाय दिने कानुनसंगै, कार्यक्षेत्र रोकथाम कानुन, धारा १२ का अनुसार पीडकलाइ ६ महिना बराबर जेल, ५०,००० सम्म जरिवाना उल्लेख भएपनि मि टु वास्ताको बिषय बन्न सफल भएन ।
द डिप्लोम्याटमा पाण्डे भन्छन “ यदि राज्य, राजनीतिक क्षेत्र, नागरिक समाज आन्दोलन महिलामाथि बढिरहेको यौनशोषणप्रति सम्बेदनशील बन्न सकेन भने, बाधँ जुनसुकै बेलापनि फुट्न सक्छ, जव त्यो फुट्छ तवमात्र थाहाहुन्छ कोहि ब्याक्तिको व्यक्तित्व र शक्ति कसरी अन्त्य हुन्छ । ’’