लकडाउनमा खोलिएको पुरानो सन्दुक

सरिता अर्याल

बेलुकाको खाना बनाउदै थिए, मोवाइलमा कसैको फोन आइरहेको थियो । तेस्रो पटकसम्म बजिरहेको सुनेपछि ढिला नगरी पक्कै घरबाट आमाको कल हो भनी अन्दाज लगाएर म पल्लो कोठामा गएर कल उठाए । कुन कुनामा कोच्चेर बस्याथीइस लन्ठू ! फोन उठाउन यत्तिका समय किन लगाइस ? आमा सुरु भइहाल्नुहुन्छ है फेरी बिहान, दिउस बोलेकै त हो कति फोन गरेको त । ए महाशयलाइ अव आमाको फोनले दिक्क बनायो ! खाना खाइस ? छैन पकाउदै छु, त्यहि भान्छामा थिए ! अनि फोन अरु कसैको होला एकछिनमा हेरौला भनेर ढिला गरे । रातको १० बजिसक्यो अझै खाना बनाउनै छस् ? आफ्नो ख्याल नगरेपनि भाइको त गर । तपाइको जस्तो होइन के आमा यो शाहर हो यहाँ दिनमा सपना देक्खछन् रातमा काम गर्छन् । भयो भयो तेरो त्यो नचाईदो साहित्य नसुना बाबु बरु सुन्त तलाई खासमा किन फोन गरेको त्यो बिर्सेछु ! संसार अहिले कोरोना कि के जाति भाइरसले रोइरहेको छ, त्यसले गर्दा हाम्रो देशमा नि अव पर्सिबाट बन्द कि के को हल्ला चल्दै छ ! बरु ढिला नगर भाइलाइ लिएर खुरुक्क भोलि बिहानको गाडी समात्नु । हया आमा आउन मन छैन, त्यस्तो बन्द केहि हुदैन तपाइँ धेरै नआत्तिनु हामी यहि सुरक्षित बस्छौ काम पनि सकिन्छ बरु यो फुर्सदमा । भन्दै थिए, आमा मेरो पुरा कुरा नि नसुनी भोलि बेल्कासम्म घर भेट्किनु पर्छ मलाइ अरु केहि थाहाछैन भनेर फोन काटिहाल्नु भएको थियो ।

           मलाइ खासै घर जान मन थिएन, राति कलेजबाट कलेज केहि दिनका लागि बन्दको म्यासेजले घर जाने निधो गरेको थिए । तर खुशी भएर घर जादै थिइन, आमाको जित लाइ नकार्न नसकेर मात्र ! साझको पाँच बजे घर आइपुगेका थियौ । आमाको मन न हो छोराहरु पक्कै आउनेछन् भनेर दिउसैदेखि हाम्रा मनपर्ने परिकारहरु बनाउनमा व्यस्त हुनुहुदो रहेछ, सायद यो आपतकालीन अवस्थामा छोराहरु घर आएको खुशी अरु दिनको भन्दा दोब्बर थियो । दशैँमा आउदा पनि घरको माहोल यति महत्त्व थिएन, आमा-बुबा, साथै सबै परिवारमा एक बेग्लै कान्ति छाएको थियो । जे जसो भनेपनि आफ्नो घर कसलाइ प्यारो लाग्दैन र ! खाना खाइवरी आफ्नै कोठामा आइपुगे, मलाइ मेरो कोठाको सुगन्धले दिनभरिको थकानमा मलाम लगाएको थियो ।

               लकडाउनले गाउँमा पनि निकै प्रभाब पारेको थियो ! स्कुल, कलेज, संस्था, ब्यांकहरु सबै बन्द भइसकेको थियो । शुरुको एक, दुइ दिन यसै घरमा सबैजना गफगाफ, टिभी हेर्ने, मोबाइल चलाउने अनि संगै बसेर मिठो परिकार बनाउदैमा बित्यो । तर मलाइ यो दैनिकीले अल्छिपना सृजना भइसकेको थियो, अनि केहि दिन मलाइ साहित्य पढ्न रुची लाग्ने भएकाले बाबाको किताबी दराज धुनमुनाउदा कृष्ण धाराबासिको राधा पुस्तक फेला पारे, त्यहि पुस्तकले मेरो दुइ दिनको समय खपत गरेको थियो । कथाकी पात्र राधा, मैले पनि मेरो जीवनमा राधाको चाह पलाउन थालेको थिए ! मेरी पनि राधा भएकी भए अहिले हामी कति प्रेम गर्थ्यौ होला ! एक अर्कालाइ समय दिन पाउथ्यौ भनेर हुदैँ नभएकी मेरो जीवनको काल्पनिक राधाले पनि केहि छीन मलाइ निकै सताएकी थिइ । जीवनमा कोहिको साथ चाहिने रहेछ ! माया प्रेमको रसपान गर्ने, कसैको आगमनको एउटा बेग्लै रहर जगाएको थियो मेरो मनमा ।

              आमा-बाबा लाइ पनि यसरी दिन काटेको खासै रमाइलो लागेन छ ! आमाले आज बरु सबै मिलेर घर सरसफाइमा लाग्नुपर्ला भन्दै हामिमाझ प्रतक्ष प्रस्ताब राख्नुभयो । हामीहरुलाइ पनि सबै क्रियाकलापबाट अल्क्षी लागिसकेकाले सजिलै प्रस्ताब स्विकार्य भयो । म घरको प्राय काममा आमालाइ सघाउन रुची राख्थे, खाना बनाउन अल्ली सास्ती भएको थियो आमालाइ मेरो आगमनपछी खाना खाइसकेपछी दिउसोको समय करिब दुइ दिन हामि घर सर-सफाइमा नै बितायौ । एक दिन घरका कोठा, कुना, काप्चा, कसेर, जाला-जाली र समानहरुको सहि ढंगले राखन धारण अनि केहि फर्निचरलाइ ठाउँ परिबर्तन गर्दै बित्यो । अर्को दिन भनी, घरको माथिल्लो आटी भन्छौ हाम्रा घरतिर कतै यसलाइ भण्डार घर पनि भनिन्छ । मलाइ घरको माथिल्लो आटीमा सामन / खाधान्न राखेको तरिका मन नै परेको थिएन, बाबासंग मिलेर मैले मकैको सुली बनाउन सिके त्यो छुट्टै आकर्षित देखिएको थियो । धानहरुलाइ बोरा-बोरामा कोचेर राखेको राम्रो लागेन, माथि सिरानमा कोचारेको भकारी निकाले, घरको भकारी अल्ली कम पर्नी भएपछी गुन्द्रीबाट अरु थप भकारी बनायौ त्यसमा धानलाइ सुरक्षित रुपमा राख्यौ ।

               हाम्रो घरमा पुरानो सन्दुकहरु (टिन या काठको बाकस ) दुइ चारओटा थिए, तर त्यसमा के राखिएको थियो मलाई भने अत्तोपत्तो थिएन । आमालाइ कतिपटक यो नचाईनि हो जस्तो छ, यो ढड्यान राख्नुभन्दा खोलामा लगेर फ्याकीदिनु भन्दा चाहिनी नै सामान छन् तलाई किन टाउको दुखाइ भनेर हप्काउनुभएको थियो । तर बाबाले छेउबाट जिस्किदै भन्नुभाको थियो सम्पति लुकाएकी होलि के तेरी आमाले अर्को पोइ खोजेर जान भनेर हा हा हा सबै एकछिन खित्का छोडेर हास्यौ ! माहोल रमाइलो भयो । ठिक छ नि त तर यसलाई यसरी लथालिङ्ग भन्दा एकमाथि अर्को खापेर राख्न त मिल्छ नि आमा राखुम राम्रो र अल्ली खुल्ला देखिन्छ भनेपछी आमाको मन्जुरीसंगै  सबै मिलेर त्यसलाइ मिलाएर एक कुनामा राखियो । त्यसदिन भने सबैलाइ धेरै थकानले लत्रक्क पारेको थियो ! कान्छाले खासै काममा सघाएन त्यसैले उ अल्ली फुर्तिलो देखिन्थ्यो, सायद हामि सबैको अनुहारमा मलिनता देखेर उ आफै आज म खाना बनाउछु भनेर तात्तिएको थियो । दिनभरिको कामले आज सबलाइ भोक अल्ली बेसी लागेकाले होला, नुन कम भएको तरकारीले पनि स्वाद मिठै बनाएको थियो । आज घरको टिभीले नि छुट्टी पायो, खाना खानुलगत्तै सबै आ-आफ्नो कोठामा आराम गर्न तिर नै लागियो ! थकानले जिउ त लत्रक्क नै भइसकेको थियो तर खाटमा पल्टीरहेको थकित शरीरमा पनि एउटा छुट्टै स्पुर्त थियो कि जाउ माथिल्लो आटीमा अनि खोलम आमाको त्यो सन्दुक ! आखिर के छ त त्यो सन्दुकमा जो आमा यसरी जोगाएर राखीरहनु भएको छ यस्तै जिजासा गर्दा गर्दै कुनबेला निन्द्रा देबीले च्याप्प अंगालीछीन् पत्तै पाइन ।

        भोलिपल्ट अबेरसम्म सुतिरहेछु ! बाबु ए काले उठ कति सुतेको त ? सन्चो छ नि ज्यानमा ? हजुर कति बज्यो भन्दै अझै बिउझिंन नमानेका आँखा मिच्दै ओक्ष्यान छोड्छु । उठेको केहि छिनमा सबैजना खाना खान बस्नुभयो मैले एकछिनमा खाने जनाए, खाना खाएपछि केहि छिनको आराम पछी, बाबाले आज खासै घाम चर्केको छैन बरु यस्सो करेसाबारीमा गोडमेल गर्ने होकी भनुभयो । ठिक छ ! अरु कामकाज नै के भयो र, हुन्छ जाऊ भनेर बुबाले गोठबाट कुटो, कोदालो निकाल्नु भयो । आमाले आज जेठालाइ खासै जागर छ जस्तो छैन, खाना पनि खानै छस खाना खाएर एकछिन आराम गर अनि जागर चलेछ भनी आइजो तल बारीमा भनेर आमा पोट्का कस्नुभयो मैले हुन्छ भनेर टाउको हल्लाए ।

           घरमा कोहि छैन, म एक्लै छु ! हिजैदेखि लाएको कुतकुती मलाई भोक होइन तिर्खा लागेको थियो एक रहस्य जान्नुको, मौका यहि हो मेटिहाल मनको प्यास भनेर आफै हौशला बढिरहेको थियो । मैले आफुलाइ रोक्न सकिन र म घरको माथिल्लो आटिमा उक्लिए ! खुट्टा कापीरहेको थियो, कदम गलत थिएन तर आमाको अनुमति प्राप्त थिएन त्यसैले पाइला अल्झीराको छ । मैले पालैपालो चारवटा सन्दुक उचाल्दै तल भुइँमा राखेर एक एक सन्दुक खोल्दै गए जति जति खोल्दै त्यसभित्रका सामानहरु देख्छु मेरा गह भरिदै जादै थियो । त्यसभित्र यति महत्वपूर्ण सामान रहिछ र पो आमाको प्राणभन्दा प्यारो भएको, कोहि कसैले दिएको उपहारहरु यसरी सम्हालेर राख्न कसरी सक्छ ?

           आज म मेरी आमाको संग्राहलयमा प्रवेश गरेको थिए । जहाँ मेरी आमाले सन्दुकमा आफ्नो बिबाहमा माइतबाट उपहार स्वरूप दिइएको तामाको गाग्री, ताउला, साथीभाईबाट प्राप्त बिहेको सुभकामाना चिठी, पत्र अनि आफ्नो श्रीमानद्वारा किनिएको पहिलो चोली जुन दस ठाउबाट च्यातिएको थियो न फेरी लगाउन मिल्छ तरपनि यसरी साच्नुभएको थियो कि त्यो जुनी जुनीसम्म लगाउन मिल्छ । मेरो बुबा पहिले केहि बर्ष बैदेशिक रोजगारका लागि साउदी जानुभएको थियो त्यो बेलादेखि बुबाले आमालाइ हरेक चोटी पठाएका पत्र, पत्र मात्र होइन त्यसको बाहिरको खाम समेत जस्ताको तस्तै साच्नुभएको रहेछ । त्यसमै सातवटा जति क्यासेटको चक्कापनि भेटेकी थिए जहाँ प्रस्टै लेखेको थियो आमाको नाममा बुबाको रेकर्ड सन्देश थियो । सायद यो क्यासेटमा अहिले समस्या आउछ तरपनि यति अनमोल छ यी चिज मेरी आमाको लागि ! यति धेरै माया गर्नुहुन्छ मेरी आमा आफ्नो श्रीमानलाइ मैले त कहिले अन्दाज लगाएको पनि थिइन । यस्तै केहि सन्दुकमा बुबाको पुरानो कपडाहरु थिए, जुन हाते बुनाइबाट निर्मित थिए, टोपी, सुइटर, गलबन्धि तर निकै पुरानो र फाटिसकेको थियो, मैले पक्कै अनुमान लगाउन सक्छु कि यो मेरो आमाको बुनाइ हो, बालापनमा मैले पनि उहाले बुनेको फुर्के टोपी यस्तै बुट्टाले बनेको थियो । अर्को सन्दुकमा मेरा पुराना अक्ष्ररहरु भेट्टाए, मलाइ राम्रोसंग याद पनि छैन कहिले यो आमालाइ दिएको थिए ? पाच / सातवटा पत्र थिए जहाँ मैले मेरी आमाको नाउमा चित्र, सानो कबिता, सानो केहि लेख लेखेर उहालाइ देखाएको रहेछु, मैले त्यो बेला यो सब एक गगृहकार्यको रुपमा करकापमा गरेको थिए । सायद त्यो कक्षा पास भइसकेपछी मेरो कापीबाट त्यो पाना च्यातेर राखी, त्यो चिज यति प्यारो लागि आजसम्म सम्हालेर यसरी सन्दुकमा साचीरहनुभएको छ ।

          आमा तपाइँ कोहि कसैलाइ पनि यति धेरै माया र एक सानो चिजलाइ यसरी सम्हालेर महत्त्व दिन सक्नुहुन्छ ! मलाइ आज निकै प्रश्नहरु उत्पन्न भइरहेका थिए । सायद यो कुरा बुबा, अनि मेरी आमाको बाबु आमालाइ कहिले थाहा हुदैन, किनकि आजसम्म यो ’bout मेरी आमाले कोहि, कसैसंग नि कुरा गरेको सुनेको छैन । बाहिर कतै नभेटिने, नसुनिने जिन्दगिको यस्तो प्रेमहरु त सन्दुकमा पो लुकेको हुनेरहेछ ! सायद आज यो लकडाउन नभएको भए, मैले आफ्नै घरमा थुप्रिएका यो सन्दुकभित्रका कथाहरु ’bout अनबिज्ञ हुन्थे । अरु कुनैदिन यो मौका पाउथे पाउदिनथे ? सायद यो फुर्सदले जुराएको भेट हो मेरो मेरी आमाको सन्दुकसंग ! आजबाट मेरो चोखो प्रेम बसेको छ, जुन एक निर्जीव छ उही मेरी प्यारी आमाको त्यो थोत्रो सन्दुक  ।