मेरा घरबेटी
हरेक मानिशको रहर राजधानि सहर,
म भित्र गुम्सिएका बहर…,
बोकी आइपुगे काठमाडौं शहर !!
मेरो एस एल सी सक्किए संगै हराउन थाले ठुलो सहरको ठुलै सपनामा, ठुलो कम्पाउण्डले घेरिएको घरमा बस्नेछु, कति राम्रा सहयोगी हुन्छन होला है काठमाडौंमा घरबेटी माया गर्छन होला, सुख दुखको साथि बनिन्छ होला कति सजिएका हुन्छन होला त्यो सुन्दर ठाउको कोठा अनि म गएर अझै सजाउछु होला मेरा रंगिन सपनाले । कल्पनामा हराएकी म केहि थान सपना बोकेर आइपुगे काठमाडौं सहर बसबाट ओर्लेर कलंकीमा उभिदा मेरा सपनाहरुले पखेटा खोजिरहेका थिए यहि हो सहर जहा म जिम्मेबारीका साथ स्वतन्त्र भएर उड़नेछु । कोठा खोज्दै जादाँ थाहा पाए यो राजधानीमा जति घर छन् मान्छेको घुइचो नि उत्तिकै छ र अझै एउटा मात्र कोठा पाउन उत्तिकै कठिन छ । बल्लतल्ल कलंकी खड्कागाउमा एउटा कोठा पाउन सफल भइयो धन्न दुइ जना केटि बस्ने भनेर सजिलो भयो । घरबेटी रूमको नियमको दस्तावेज सुनाए जुन थिए अग्रिम भाडा, पाहुना धेरै आउन नपाइ, हो हल्ला कम, आइरन / राइसकुक्कर चलाउन नपाइ, दुइ बर्षमा भाडा बृद्दी, अरु त छदै छन् …………..! ठिक छ सपना, कल्पना जे जस्तो भएनी अब यही सिकाई हो भनेर चल्दै थिए फुपुको छोरी र म भएर बस्न थालियो ।
सुरु सुरुमा घरबेटी आन्टी राम्रै बोल्नी, सम्झाई बुझाइ राम्रो लाग्थ्यो तर हामि माथिल्लो तलाको दर्शन उही भाडा बुजाउन जादाँ मात्र गरिन्थ्यो आफु बसेपछि सफादेखि लिएर हरेक सामानको माया गरिहालिन्छ । बिना काममा यो भएन त्यो भएन भएको केहि हुदैनथ्यो सायद राम्रो लाग्थ्यो उहाहरुलाई कि म घरबेटी हो घरबेटीको सान राख्नुपर्छ । एक दिन त अंकलले हद गर्नुभयो आफ्नो कोठा हो ढोका लगाएरै बस्नी बानि हुन्छ जहिले अंकललाइ देख्नेबित्तिकै हामीले ढोका बन्द गर्छौ रे …… सुरु हुनुभयो तिमीहरुलाइ म देखि समस्या छ हो ? म चोर जस्तो लाग्यो ? कि मैले जवरजस्ती गर्छु सोच्यौ त्यस्तो नराम्रो नजरले कहिले हेरेको छु? कि म आउना साथ् मेरै घरमा कोठा बन्द न कहिले कोठामा हेरेर बस्छु । त्यसपछि कलेज टाडा भयो भनेर उही हालत दुइ महिनामा तिनकुनेमा कोठा भेटियो कोठा अधेरो ठिक छ एकछिनलाइ बसम भन्नि लागेर नया घरबेटी भेटियो ।
रातभरी हाम्रो कोठामा बत्ति खुल्ला भाको बिहान अंकलको नानीहरु रातभरी पढेको हो बत्ति खुल्ला थियोबाट थाहा हुन्थ्यो । बिजुलीको सभा मिटर छ है भन्नि मात्र सुनियो त्यो हेरेर पैसा कहिले बुझाइएन् । घरभरि मान्छे छन् तर सफा नगरेको बहानामा गालि हामिलाइ अनि कति मज्जाले सित्तैमा बसेको जस्तो मननपरे सरे हुन्छ, बसेको दुइ एक बर्षमा भाडा बढ्यो त्यहिपनि पुगेनछ अर्को बर्ष दोब्बर बढाउने लोभले आफन्त आउदैछन १५/२० दिनमा कोठा खोज्नु भनि आदेश दिइन्छ । पानि बिजुली फोहोरमा नचाइनि पैसा असुल सायद हामि बेघरबार छौ जस्तो सोच्नुहुन्छ हाम्रा राजधानी सहरमा एउटा घर ठड्याउने घरबेटी मालिक ।
एकबर्ष भयो अधेरोकोठालाइ छाडी यो रहरलाग्दो सहरमा एउटा कोठा नपाएर शंखमुलमा दुइवटा कोठा लिएर बस्न थालेको, हाम्रो नयाँ घरबेटीको नियम यसप्रकार छन्, कोठा दुइवटा तर मान्छे मात्र दुइजना पछि यता उता भन्न नपाइ, भाडा अग्रिम, दुइ बर्षमा भाडा बढ्ने,…… सायद यो हामीमात्र भोगेका छैनौ यस्ता कयौ मानिशको पिडा छ । सच्चा घरबेटीको रुप त हामीले यहाँ पायौ, पैसा तिरेर बसेको छ जसरी बसुम हप्ता हप्तामा कोठाका भिता भिता चारकुना निरिक्षण, केटि मान्छे बसेको कोठा छ…. अंकल भनाउदा पर्दा खुल्ला छ बेझिझक हेरेर बस्दिन्छन, ज्याल खुल्ला छ, के कसरी बसेको हुन्छ बिना ढकढक खुल्ला अनि त अनि हामि यता छौ आफैखुशी भान्छाकोठा छिरी निरीक्षण यो भएन त्यो भएन नियत नराम्रो भनु या आचरणको कमि तर यो हामिलाइ सजिलै सहन भएन । बसेको दुइ बर्षमा नबडाइनी भनिएको भाडा एक बर्ष पुरा नभई बृद्दी, घरको ट्वाइलेट जाम भयो उसको एक पैसा छैन लागेको भन्दा बादी पैसा भनि हामीसंगै उठाइन्छ, बाथरुममा धारोको टुटी हल्लियो हामीलाई नसोधी फेरिन्छ लागेको भन्दा दोब्बर पैसा म केहि बोल्न खोज्छु त्यसोभए कोठा सर्नुस जवरजस्ती छैन मान्छे नआउनी होइनन तिमिहरुले दिएको भन्दा ३/४ हजार बढीमा कोठा गइहाल्छ ! साचै यति हिम्मत हामि भाडामा बस्नीहरुले दिएका हौ कि यहाको अव्यवस्थित नियम ? भानिदिनुहोस् न कोहि मेरा घरबेटी साहुलाइ हामि होइनौ बेघरबार, बाध्यता, रहर, केहि थान सपना भरिएर बाधिएका छौ हामी तिम्रो कोठामा ।
भर्खर सीइइ दिएर काठमाडौं छिरेकी सानी भन्छे दिदि भन्दिनुन हामि पैसा नतिरे कसरी भात खान्छौ, गरिब त तिमीहरु हो हामि महिना महिना केहि नबोली तिम्रो बाहल तिर्न सक्छौ तिमि त आफुले उठाएको बिजुलीको बिलपनि हामिलाइ भाग लगाईदिन्छौ, आउ हाम्रो गाउघरमा हामि सित्तैमा तिम्रो मन भारुनजेल खुवाउन सक्छौ ।
लागेको पैसा लिनुहोश, सुरक्षित महशुस गरेर हरेक मानिस खासगरी बिद्यार्थी बस्न सकुन, नचाईनि कुरामा किचकिच गरेर मनस्थिति नबिगारिदिनुहोश राजधानी शहरका घरबेटी ।