अविराम छु म

विच्छिन्नतामै अविच्छिन्न छु म
विराममा नै अविराम छु म
म फुल्छु म झुल्छु नफक्री म झर्छु
तथापि छ यात्रा अविराम छु म

म विच्छन्द रम्छु म हुँ  छिन्नभिन्न
म हुँ सिलसिलामा नमिल्ने विभिन्न
म बन्छु विभ्रान्त छु साथी विभाज्य
कटु जिन्दगानी सहन्छु अभाग्य

अभिभूत हुँ म म बल्दो चिराख
म जल्छु म बल्छु  नपाई सुराख
म आखेट सस्तो म ओछो दिमाख
म हुँ ओखलीमा कुटिने खुराक

छु तिम्रो नजरमा म मनको बिरामी
सधै बिउँझैमा म गर्छु छटाइँ
करुणा दयामा लगाऊ विराम
अकेला वियोगी म हुँ यो धरामा