पढाईसंगै जोडिएको घरको जिम्मेवारी

यसरी दिनदिनै तनाब दिनु थियोभनि कसले पढाउनु भन्यो खुरुक्क घरमै जतन गरेर राखेको भए हुन्थ्यो मलाइ क कलम नसिकेकी भए मेरो ज्ञ ज्ञानको भण्डार रित्तो हुनेथियो के फरक पर्थ्यो त बुवा ?

सरिता अर्याल

घरको आधा सम्पति सक्किसक्यो यसको पढाई अझै सक्केको छैन बुवाको यो बोलीले मलाइ बिउझायो बिहानको कुखुरीबाससंगै बुवाको चर्को स्वर आमालाइ हकारेजस्तो लाग्यो म जुरुक्क उठेर माहोल नियाले, बुवाको अनुहारमा रिस आमाको अनुहारमा डर देखे । तिजको अवसरमा कलेजबाट बिदा मिलेकाले म काठमाडौंको विद्यार्थी जीवनबाट पर आफ्नो जन्मघर आएकी थिए राजधानिको अस्थब्यस्थ तनावग्रस्त सहरबाट पर आफ्नै आगनमा नाच्दै छु ।

ए आज उठीसकिस महारानी ल चिया बनाएर लिएर आइजो मलाई टुक्रुस्स पिढीमा बसेको देखेर बुवाले काम दिनुभयो, आमा चिया पिउन आउनु भनेर बुवा आमा मलाइ चिया बनाए घरमा ४ सदस्य दाइ प्रदेश यसरी पिढीमा बसेर हिजोको बासी गहुको पुरीसंगै चिया खादा दाइ तेरो धेरै झझल्को आको छ । परिक्षा आउदै छ होइन तेरो किन फेरी बिदा अहिले बुवाको रुखो स्वर सुने, अव अन्तिम परिक्षा अनि थेसिस बाकि छ अहिले दुइ चार दिन घर बस्छु भनेर आएकी बुवा अव गएपछि कोठामै बसेर पढ्छु । के पढाइ हो तेरो उता मिलनले नि काठमाडौंमै बसेर पढेको छ सेती दिदिले घरबाट एक सुको पठाउन पर्दैन आफै जागिर गरेर पढेको छ तेरो लागि ब्याचलरमा मात्र १० लाख सक्कीसक्यो तेरो जागिर गर्ने बेला अझै आएको छैन ?

बुवाले हिसाब किताब सहित ठुलो प्रश्न मतीर पस्कनुभयो दिनको कलेज हो मेरो यहि एउटा कुरा हजार चोटी सम्झाईसके मैले बीचमा यो जागिरको कुराले तनाब हुन्छ पढाइमा पनि असर गर्छ भनेर पनि कहिले यता सोचिन बुवा तपाइँले जहिले यस्तो सुनाइरहदा रातिको जागिर’bout
नसोचेको पनि होइन मैले आफु सुरक्षित महशुस गरिन अव ब्याचलर सकेसी सोच्छु भनेर जागिरतिर मन डुलाइन । घरमा यति ऋण धन छ, सवै सुनाउन लाग्नुभयो हुन त यो मेरा लागि पहिलो सुनाइ थिएनन राजधानी बसेर ब्याचलर पढ्न सुरु गरेदेखि हरेक महिना दिन पैसा पठाउदै पिच्छे सुन्दै आएकी हु तर अहिले बुवाकै अगाडी झकार्दै हुनुन्छ ।

नपुगेको छैन हजुर एउटा शिक्षक मासिक १५००० आएकै छ घर खर्चपुगिहाल्छ, यत्रो सम्पति केको लागि साचेको बुवा ? खेतबारी बिगौ छन् बेसाएर खानु कहिले पर्दैन म एकजनालाई त होनी खर्च भर्नुपरेको मान्छेको दर्जनौ छोराछोरी चुप लागेर पढाएकै छन् । दाइले कमाएको केहि भागबाट मैले पढेकी छु मेरो पालो आउछ मैले पनि गरिहाल्छु यसरी दिनदिनै तनाब दिनु थियोभनि कसले पढाउनु भन्यो खुरुक्क घरमै जतन गरेर राखेको भए हुन्थ्यो मलाइ क कलम नसिकेकी भए मेरो ज्ञ ज्ञानको भण्डार रित्तो हुनेथियो के फरक पर्थ्यो त बुवा ?

बुवा स्तब्द हुनुभयो म आफ्नो कोठामा गए पहिले कति आनन्द थियो होला न पढ्नु पर्नी न पढाउन बीचरा मेरो बुवाआमालाइ कति तनाव छ मेरो पनि जिन्दगि यो गुन कहिले तिर्नु पढ्ने इक्षा मारी जागिर गरेर पैसा कमाएर सबै घरमा दिन्छु भन्नि सोच म आफु सवल हुनु भन्दापनि एउटा अहमता भरिएको छ बुवाले सुनाएको दिनदिनको कचकचले । हेर हजुरलाइ पनि पढ्दै छ, नचाइनी कुरामा खर्च गरेको होइन तिजमा कतानो घर आकी छोरीलाइ सुनाउनु सुनाउनु भयो आमाले बुवालाइ भन्नुभयो परिक्षा आउदै छ त्यसलाई टेन्सन नदिनु ।

एकमनले सोचे बरु मेरो बिहे गर्दिनु भन्छु अनि उसलाई मलाइ पढाउनु भन्छु यो टेन्सन त हुदैन ओहो कति महान होलान फेरी मेरा हुनेवाला पति परमेश्वर एक पितालाइ आफ्नो जिम्मेवारीबाट यस्तो बोझ भइरहेको छ, खोइ बोझ पनि होइन नसक्नी होइन बुवाको पनि त कति रहर छ कति सपना छन् ममाथि तरपनि यसरि बेलाबेला दिने तनाबले मेरो दिमाग खलबलाउछ । अनेकौ नकारात्मक सोच आएको महसुश लाग्नासाथ म कोठाबाट निस्किएर आमालाइ भान्छाको काममा हात बटाउन गए ओहो ! सन्ता कहिले आएकी ? तुलसी आन्टीले बोलाउदै सोध्नुभयो नमस्ते आन्टी म अस्ति आएकी सन्चै हुनुहुन्छ ? ठिक छु नानी मनिता पनि आएकि छ जाउन यस्सो मास्तिर पनि हुन्छ म खाना खाएर निस्किन्छु आन्टी ।

खाना खाएर मनितालाइ भेट्न निस्किए, हालखबर सोधपुछपछी बिहानको घटनाको ’boutमा बेलिबिस्तार भइहाल्यो आखिर साथिसंग न हो मनदेखि खुल्न सकिनि । मनितालाइ के भयो मलाई अंगालेर रुन थालि एई के भो तलाई पिडा मेरो हो त किन रुदै छस ? उसले आफुलाई सम्हाल्न सकिन झन् डाको नै छोडेर रुन थालि केहीबेरमा उसले एक थैली औसधिहरु देखाउदै भनि दुइ बर्ष भइसक्यो डिप्रेशनको रेगुलर मेडिसिन, महिनाको २ चोटी काउन्सिलिंग लिदैछु । अहिले मैले पनि आफुलाई सम्हाल्न सकिन मनितापनि रुदै भनि बाबालाइ थाहा छैन ममीले
बुझ्नुहुन्न हामीले के कमि राखेका थियौ यसरि पागल भएर के हुन्छ अव यो अरुले थाहा पाए भन्नुहुन्छ ।

अल्ली बिसेक हुन लागेजस्तो लाग्छ फेरी ममीको ममाथि ठुलो आशा छ सान्ता, बाबाको एक पैसो कमाइ छैन ममीले नै मेरो खर्च जुटाउनु भएको छ यति ऋण छ, ब्यांकको किस्ता भाइ बहिनि तैले हेर्नुपर्छ भन्दै रुनुहुन्छ म झन् आत्तिन्छु न आफ्नो पढाइमा ध्यान दिन सकिराकी हुन्छु केहि सोच्न नसकेर तिन चोटी मैले सुसाइड गर्न खोजिसके मेरो यो तनाबलाइ ममीले जिन्दगीभरिको बिमारी एक पागलपन भनेर बुझ्नुभएको छ । म हजार चोटी सम्झाउन खोजे तर बुझाउन सकिन सान्ता म कम्जोर बनिसके मलाइ घरको स्तिथि ममीको ठुलो अपेक्षाले मलाइ दिनदिनै गलाइरहेको छ मैले आफुलाई कमजोर ठानिसकेकी छु ममीको सपना पुरा गर्न लागिपरिरहेकी छु तर उहाहरुको मप्रतिको आशाले
मलाई अत्याउछ सान्ता ।

मनिताको कुरा अनि मेरा आफ्नै घरको ब्यथा भरिएको मनले आफ्नै गाउघरको तिजको छम्कोमा पनि रमाइलो मान्न सकिन करिव एक हप्ताको बसाईपछी म पुनः काठमाडौं फर्किए अरुबेला फर्किनुपर्दा दुखि हुनी योपालि जतिसक्दो छिटो जस्तोसुकै भएनी बरु रातदिन नभनी काम गर्छु घरबाट पैसा माग्दिन भन्नि रिसको हुड्बाजीमा राजधानी ओर्लिए । कलेजबाट म्यासेज आएको रहिछ थेसिस प्रपोजलको ’boutमा छलफलको लागि, कलेजमा केहीबेरको छलफल पछी साथीहरु क्याफेतिर लागे मैले आज मेरो मन छैन म जादिन भनेर कलेज लाइबेरीमै एउटा किताब समाएर बसे।

हातमा समाएकी किताबका पाना खोइ कसरी पल्टिरहेका छन् मैले किताब होइन आफ्नै मन पढ्न थालेछु, कति रमाइलो छ है मेरा साथीहरुलाइ सबैजना यहि काठमाडौवासी छन्, महिना महिना पैसा भनेर फोन नि गर्नुपर्दैन, कोठाभाडा, घरबेटी किचकिच केहि सुन्नुपर्दैन यति कलेज फि त झन् केको पिर । कलेजमा भ्यालीबाहीरको सायद म एक्ली थिए सरकारी कलेज पढेकी भएनी हुनी बिहान कलेज गयो दिउस केहि सानोतिनो जागिर अनि मेरो सपना यस्ता ख्यालमा दुबिरहेकी मेरो सपनाले मलाइ ठेस हान्यो म झसंग भए अनि आफ्नो लक्ष सम्झीए । म संगै छेउमा मोबाइल चलाएर बसेकी सोनीलाइ ख्याल नै गरेकी रहिनछु उ मेरी कलासमेट टोलाईरहेकी जस्ती देखे सायद मोबाईलबाट गित सुन्दै छ, सोनी त यहि छस किन नगकी क्याफे सबै गएका छन् । सोनीका आखा रसिला देखे जिस्क्याउन मनलाग्यो के भयो ब्रेक अप भयो कि क्या सोनी यस्तो सेन्टिमुड ? सोनीले बररर आशु झरी मलाइ एकदम नराम्रो लाग्यो म जिस्केको ओइ सिरियस नभन सरि सोनी उ रोक्किन अनि हात समाएर आफ्नै कलासमा लगे ।

के भयो मेरो कुराले यसरी चित्त दुखाइस भने उ होइन मेरो ब्यथा अलग्गै छ सान्ता मलाई आज घर जानी मन छैन घरबाट धेरै सुनिसके कति सुन्नु कलेज पनि कहिले सक्किनी हो लास्ट यियर हो त्यहिपनि घरबाट जहिले गालि सुन्नुपर्छ कलेज छोडेर घर छोडी भाग्दिउ अनि आफ्नै तरिकाले जिउ जस्तो लाग्छ यार ।

सोनी काठामाडौं सतुंगलको लोकल नेवारकि धनि बाउको एक्ली छोरी बाबु पेसाले कलेज लेक्चरर उसले पनि मेरै जस्तो व्यथा सुनाइ जसको घरमा बाउले मोटरबाइक भइ भइ कार चढेर हिडेका छन् छोरा अस्टेलिया नसक्नी केहि छैन तर कलेज नसकिदै यसरि पिडा भोगिरहेकी रहिछ मैले जे सोच्थ्ये त्यसको ठिक उल्टो राजधानी सहरका छोराछोरीको पनि उस्तै ब्यथा भेटे।।।। सायद हाम्रा बाबुआमाले आफ्ना छोराछोरीलाइ राम्रा गुण सिकाउदा कसरी

अभिभावाकत्व निभाउनी बिद्यालयमा जसरि सजाएले सिकाइ राम्रो हुन्छ भन्नि गलत धारणा छ त्यसैगरी हाम्रा अभिभावकमा पनि घरको दुख, पिडा सुनाउदै तनाब दिईराख्यो भनि छोराछोरी बिग्रदैनन अशल बाटोमा लाग्दछन भन्नि धारणा मैले पाए । राम्रोसंग भन्यो माया धेरै गरेको हुन्छ उनीहरु बिग्रेर हिड्छन् अनि यसरि भविस्यको सहारा हो भनि बेलाबेला झकझकाइरहदा कतै तीनलाई गलत असर परेको त छैन ?

बुवालाइ नराम्रो लागेको थियो एक महिनापछी फोन गर्नुभयो, सम्झाउनुभयो राम्रोसंग पढ, पढेर आफु बन घरको केहि चिन्ता लिनुपर्दैन सब ठिक छ नभएको पछी ठिक हुनेछन अहिले तिमीले आफ्नो मनमा केमा रुची छ आफ्नो मनलगाएर गर परिक्षा राम्रो गर्नु गलत कहिले नगर्नु हाम्रा लागि होइन छोरी आफ्नोलागि गर्नु तनाब नालिग्नु दुख लाग्छ आफ्नै घरपरिवारसंग सल्लाह गर्नु छोरी । बुवाका आखा भरिएका थिए म महशुस गर्न सक्छु नानि माथि मनिताले काठमाडौं आफ्नै कोठामा आत्महत्या गरेकी रहिछ ,आज उसलाई यहाँ ल्याइदैछ तिमि राम्रोसंग बस म माथि गए भनेर बुबाले फोन काट्नुभयो ।