भ्यालेन्टाइन डे :सम्झनामा बिशेष मान्छे

सरिता अर्याल

फेरी तपाइको याद आयो, फेरी ति पुराना यादहरु ताजा भए तपाईले त बिर्सनु भयो होला है यो हाम्रो विषेश दिन थियो कति खुशीको पल थियो आज ७ बर्ष बितिसकेछ ।

‘माया जीवन जिउनुको अर्थ, मायाले जीवन सार्थक बनाउछ, मायाले जीवन जिउन सिकाउँछ,माया सदैव अमर रहन्छ, माया जीवनको एक सुन्दर उपहार हो ’ ।

हरेक नारीको सपना सुन्दर घरमा बिहे होस् आफुलाई धेरै माया गर्ने मान्छेको साथ मिलोस सपनाको राजकुमार उसको जीवनमा आओस, भएजस्तै मेरो पनि एक सपना थियो रुप रङ्ग जे जस्तो भएपनि मलाई धेरै माया अनि बुझ्ने कोहिको चाह थियो । थाहा छैन मेरो पहिलो प्रेम को हो या कोहि थियो वा जीवनमा मनपराउने हिसाबले  धेरै मन परे होला, तर ति सव क्षणीकमै सिमित रहे, बालापनमा संगीताको करेसाबारीमा ममीको पछ्यौरी चोरी सारी लगाई भाडाकुटी खेल्दा सुमितसंग बिहे गरेको याद अझै ताजा छ म धेरै सानी भए भनेर ढुंगामाथि बसेर उचाई मिलाएको यो एक रमाइलोको एक भाग थियो । माया अलग छ, त्यसैले त खास छ, जुनसुकै सिनेमा हेरेपनि बस हिरो हिरोइनको सम्बाद याद हुन्थ्यो, सबैभन्दा राम्रो उनीहरु बिचको माया प्रेम मिलन लाग्थ्यो।

उमेर वृद्धिसंगै हाम्रो भाडाकुटी खेल्ने, बिहे गर्ने चलन पनि फेरियो, कोहि केटासाथीहरु हामीसंग खेल्न मान्दैनथे हामी केटि साथीहरुको समुहमा खेलेको खेल बिताएका पलहरु धेरै सुन्दर छन् । एकदिन सनिबार रानिचौरमा भेला भइ मेरो बिहे गराउने तयारी गराइएको थियो, केटा पक्षबाट ४,५ जना आइपुगे र मलाइ सृंगार गरि केटा केटि बोल्न भनि अलि पर एकान्तमा लगियो केटाको पात्र निभाएकी मेरै प्यारी साथी बिपना थिइ, हामी के कुरा गरियो याद छैन तर मैले लजाएको नाटक गर्दै सिर्फ यो सोधेकी थिए किन बिहे गर्ने तपाइसंग रु मलाइ बिहे गरेपछि कहाँ घुमाउन लग्नुहुन्छ रु बिपनाले सानले भनेकी थिइ म तिमीलाई सुखले पाल्छु दिल्ली घुमाउन लग्छु भन्दा म बिहेको लागि राजी भएकी थिए ।

जिन्दगीको गोरेटोहरु भनु या प्रेमिल यात्राहरुमा धेरै पात्रहरु भेटे तर कोहि त्यस्तो खास भेटिएनन हरेक दिन सपना बुन्थे ढिलो आओस तर खास भेटियोस । मन पराउनु, कसैलाई तिमी खास लाग्नु अलग कुरा हो तर मनदेखि अमर रहने प्रेम गर्नु अलग कुरा हो यस्तै सुन्दर सपनाहरु बुन्दै काल्पनिक प्रेममा भिजेको दौरानमा एकदिनको कुरा हो । राजधानी सहरमा कोठा पाउनु खोज्नु धेरै दुखको कुरा थियो आफ्नो अनुभव सम्झेर आफु बसिरहेको घरको दोस्रो तलाको कोठा खाली भएको जानकारी रुम फाइंडर काठमाडौंको पेजमा अवगत गराएकी थिए । त्यसैबखतमा त्यो कोठाको ’boutमा जानकारी लिनेक्रममा उहासंग सामाजिक संजालमा जोडिएकि थिए, सामान्य कुराकानि हुन थाल्यो, सामान्य साथिको नातामा गफगाफ हुने गर्थ्यो, एकचोटी चिया डेट गरियो उहाको करमा मेरो रहर थिएँन कुरा गर्नु त अलग कुरा अनुहार हेरेर सम्म कुरा गर्न सकिन ।

यस्तै कुराकानी गर्दागर्दै एकअर्काको ’boutमा धेरै जानियो थाहा छैन एक सामान्य मान्छेबाट कहिले मेरो खास बन्नुभयो । एकअर्काको कुरा राम्रो लाग्न थाल्यो करिव दुइ बर्षपछी हाम्रो भेट बाक्लिन थाल्यो । घन्टौको त्यो हाम्रो कुराकानी अनि माया कहिले अफिसियल्ली प्रेम प्रस्ताव भएन तर माया अमुल्य थियो । जति कुरा गरेपनि नसक्किनी मिठा कुरा अनि रमाइला पल हुन त माया अनि माया गर्नी मान्छेलाई शब्दमा सजाउँन सकिदैन तर त्यो आभास बेग्लै थियो । त्यो चाह ममी बाबा सुतिसकेपछि बिस्तारै घरको छतमा पुगेर अधेरी रात झिलिमिली आकाशको छहारि सिरसिर बतासको सिरेठो अनि मन्द स्वरमा हाम्रा प्रेमिल कुरा छुट्टै दुनिया हुन्थ्यो हाम्रो लाग्थ्यो यहाँ कोहि छैन छौ केवल हामी दुइ, लाग्थ्यो भर्खरै दौडेर गइ उहाकै नजिकै पुगेर भनु म तपाइँलाइ एकदम धेरै माया गर्छु ।

भ्यालेन्टाइन आइसकेछ तपाईलाई मतलव छैन है म घुर्क्यौउदै भन्छु, अम, हेरन यस्तै कता कता हुन्छु यस्तो ध्यान नै भएन ल भेटम न त आज, नाइँ म भेट्दिन । आज रोज डे, चकलेट डे कुनै दिन मलाई सम्झिनु छैन है यो भन्दा त म सिंगल हुदा नै ठिक थियो न आस न त निराश । अनि सुरु तिमी बुझ्छौनि मलाइ यस्तो चिजको मतलव लाग्दैन के गर्नुपर्छ मलाइ आउदैन बस मलाई यति थाहा छ कि म तिमीलाई धेरै माया गर्छु । अलिअलि रिसाएकी छु भन्नि थाहाभएपछि ल भोलि भेट हुने भनेर कुरा हुन्छ तर म मान्दिन अम महारानी ज्यु मलाइ सिकाउनुस के कसरि माया गर्नुपर्छ यसरी रिसाएर हुदैन । भयो जानु के तपाइँलाइ माया नै गर्न आउदैन म भेट्दिन भोलि त्यो थियो नि अस्ति मलाइ माया गर्छु भन्नि त्यहिसंग जान्छु भनेर घुर्की देखाउछु । भोलिपल्ट उहाभन्दा छिटो क्याफे पुगेर कल गर्छु कहाँ हो र आउनी होइन म आइसके । एक घन्टापछी आइपुगी हेरन यस्तो काम थियो बिजी भए ।

मलाई थाहा छ तपाइँ माया नै गर्नुहुन्न म धेरै सोजी भएर होनी बोल्दिन म भन्दै आफै नजिक जाने अचम्मको छ यो हाम्रो सम्बन्ध । न कहिले घुमाउन लग्नु छ, यसै तिमी मेरो भनेर हुन्छ उहा अरुको बोइफ्रेनले के के गर्छन ल बिजी भएरै बस्नु त्यो दिन नि म सिंगल भनेर बलाइन्ड डेट जान्छु अनि त्यहि आएको हेन्डसमवाला रोजी मेरो भ्यालेन्टाइन बनाउछु नि । उहा झोक्किएर यसरी अरुको मायालाई खुब पाइन्छ, म त तिमीलाई जसले लाग्छ त्यहि लिन आउछु नि फेरी यस्तै मिठा घुर्कीसंगै अझ प्रगाढ हुदैँ थियो हाम्रो सम्बन्ध । प्रेमिल जोडीलाइ यस्तो कुनै बिशेस दिनको आवस्यक नहुदो रहेछ हरेक दिन, हरेक पल सुन्दर लाग्नेरहेछ । जिन्दगीका रहर, त्यो सपनाको खास मान्छे आफ्नोपनको आभास, बिस्वास मैले उहाको साथमा पाएकी छु ।

यस्तो मिठो प्रेममा हराउदा हराउदै फेरी कहिँ कतै हाम्रो वास्तविकताको ठेस लाग्छ, उहा एक तराइबासी मैथिली सस्कृति, अनि म एक पहाडबासी हिन्दु सस्कृति जुन हाम्रो प्रेमको बीचमा अपबाद बनेर दिनदिनै हामीलाई हाम्रो मायालाई डसेको छ । हामी हाम्रो समाज परिवारको ’boutमा नसोचेर कदम चालिहाल्न पनि सक्दैनौ, तर हाम्रो माया त साचो छ, हाम्रो प्रेम अटुट छ जुनलाइ यहि कुराले टुक्र्याउन पनि त सक्दैनौ । मैले प्रेम गरेपछि पाउनुपर्छ नत्र त्यस्तो के प्रेम भन्ने कुराको गलत भाव उहाबाट सिके, बरु मलाइ भगाएर लग्नुस केहि दिनपछि सवै ठिक हुन्छ भनेर जित पनि गरे । यसरी परिवारको बिस्वासलाइ नटुटाउ भनेर सम्झाउनु भयो, म हमेसा तिम्रो साथमै हुनेछु तिम्रो हरेक दुखलाइ दुर गर्नेछु तिम्रो खुशी नै हाम्रो मायाको प्रतिक हो सानु । सजिलो रहेनछ माया गर्न अनि त्यहि मान्छेलाइ आफ्नो बनाउन नपाउनुको पिडा सहन ।

डियर मान्छे, आज १४ फेब्रवरी फेरी तपाइको याद आयो, फेरी ति पुराना यादहरु ताजा भए तपाई त बिर्सनु भयो होला है यो हाम्रो बिशेस दिन थियो कति खुशीको पल थियो आज ७ बर्ष बितिसकेछ । सुनेकी छु तपाई अहिले जनकपुरमै घरपरिवारसंग खुशी हुनुहुन्छ छोरा-छोरी भइसकेछन अनि तपाईकि श्रीमती मभन्दा धेरै राम्री छिन रे, मेरो हाल कहिले सोध्नु भएन र कहिले भेट्न खोज्नुभएन है, हुनत कसरि गर्नुहुन्छ मलाइ कहिले नभेटनु भनेर बाचा जो गराएकी थिए बचनको पक्का भागीदार मान्छे । मैले त भनेकी थिए म अरु कसैकी हुदिन सायद तपाईपछी जीवनमा अरुमा त्यो खास पाउन सकिन आज सिंगल मदर बनेर बसेकी छु । आजकै दिन अल्फा चाइल्ड होमबाट छोरी अड्प्ट गरेकी थिए, उसलाई अहिले एकल महिलाकी छोरी सरंजिता भनेर चिन्छन् आज उनि १० बर्ष भैसकेकी छन् । तपाइँ म बाट टाढा भएजस्तै बिन्ति यी तपाईका यादहरुलाई पनि म बाट धेरै टाढा पठाइदिनुस । आजफेरी किन तपाई मेरो यादमा आउनुभयो ? बिन्ति डियर यी यादहरुले फेरी मलाइ कमजोर बनाउने छन् रोकिदिनुस यसलाई कतै गोरेटोमै ।